दुई लिंक इन्टरनेशनलको सम्बन्ध लिक भएपछि वैदेशिक रोजगार विभागले गर्ला त कमल काफ्लेलाई कारवाही?



काठमाडौँ।

मेनपावरको आडमा ठगी गर्न पल्केका लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसका सञ्चालक कमल काफ्ले आफ्नो धन्दा छरपष्ट हुन थालेपछि सम्भावित कारवाहीबाट जोगिने उपाय खोज्न मुम्बईतिर लागेका छन् । वैदेशिक रोजगार विभागले भारतको मुम्बई शहरमा मुख्य कार्यालय रहेको र भारतमै दर्ता रहेको (BO126/MUM/PER/1000+/5/4767/96) लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस (www.linkindiamanpower.com) र नेपालस्थित लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस(www.linknepalmanpower.com)बीच कार्यगत समझदारी देखिएपछि कारवाहीको तयारी गरीरहेको सूचना पाएर काफ्ले मुम्वई हानिएका हुन् ।

यसअघि मुम्वईस्थित लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसले नेपालको लिंक इन्टरनेशनललाई विभिन्न मुलुकबाट कामदारको मागपत्र उपलब्ध गराउने र उता पुगेका कामदारको ुहेन्डलिंगु उसैले गर्दै आएको थियो । त्यसो गर्दा नेपाली श्रमिक मर्कामा परेको, उनीहरुको समस्या सामाधानका नाममा दुव्र्यवहार सहनु परेको गुनासा आएपछि वैदेशिक रोजगार विभाग कारवाही प्रक्रियामा अघि बढेको हो । एक पक्षीय रुपमा नाम र लोगो परिवर्तन गर्न विगतको सम्झौता बाधक भएकाले काफ्ले समस्या सामाधानका नाममा मुम्वई गएको उनकै कर्मचारीले बताए ।

श्रम इजाजत नम्बर ९८२१र०६६र०६७० रहेको साविकको नाईल ओभरसिज प्रा।लि।ले भारतीय दलालकै निर्देशनमा नाम परिवर्तन गरी दुरुस्त नाम राख्न लगाईएको हो । मेनपावरबीच कामको साझेदारी मात्र होइन, नाम र कम्पनीको लोगो समेत हुबहु मिल्छ । नेपालको लिंक इन्टरनेशनलले प्रतिकामदार निश्चित कमिशनमा श्रमिक उडाउने गर्दै आएको थियो । श्रमिकका सवालमा बाँकी सबै जिम्मेवारी मुम्वईको लिंक इन्टरनेशनलको हुने समझदारी भएको भएता पनि नेपाली श्रमिक बढी मारमा परेका देखिन्छन् ।

सरकारले नि: शुल्क वा न्यूनतम शुल्क तोकेको मुलुकमा समेत लिंक इन्टरनेशनलले भारतीय साझेदारको निर्देशन मुताविक प्रति कामदार साढे दुई लाखदेखि तीन लाखसम्म असुल्दै आएको छ ।समाचार स्रोतका अनुसार भारतीय कामदारले रोजगारदाताका तर्फबाट प्राप्त गर्ने सेवा(सुविधा र पारिश्रमिक नेपालीको भन्दा निकै बढी छ । र, नेपालीलाई जहाँ जस्तो काम लगाउँदा पनि कुनै गुनासो नगर्ने भएकाले लिंक इन्टरनेशनल नामको कम्पनीका तर्फबाट खाडी मुलुकका कम्पनीमा लिइएको मागपत्र अफ्ठ्यारो र गुनासो आइरहने कामको मागपत्र नेपालका लागि बनाउने गरिन्छ ।

एउटै कम्पनी, उही काम पनि भारतीयले भन्दा नेपाली श्रमिकले कम पारिश्रमिक पाउने गर्छन् भने कतिपय अवस्थामा ओभरटाइम समेत उपलब्ध गराइँदैन । श्रमिकले कुनै गुनासो गरेको खण्डमा नेपाल फर्काइदिने, अर्को कम्पनीमा सारिदिने जस्ता धम्की मुख्य कार्यालयबाट खटाइएका कर्मचारीले नेपाली श्रमिकलाई दिने गर्छन् । जतीसुकै पेलानमा परे पनि वा पारिश्रमिकको सन्दर्भमा गुनासो रहे पनि नेपाली श्रमिकको गुनासो सम्वोधन हुँदैन । नेपाली कामदारमाथि खसीबाख्राकै शैली अपनाइन्छ । त्यतीमात्र होइन, भारतीय र नेपाली कामदार एकै ठाउँमा काम गर्दा प्राप्त हुने पारिश्रमिक र सेवा(सुविधाका बारेमा कुनै नेपालीले गुनासो गर्यो र त्यो कामदार हिन्दी र अंग्रेजी भाषा बुझ्ने र कुरा गर्न सक्ने रहेछ भने उसलाई या त तत्कालै अर्को कम्पनीमा स्तानान्तरण गरिन्छ वा नेपाल फर्काउने सम्मको हर्कत अपनाइन्छ । थुप्रै नेपाली कामदार भेदभाव बारे गरेको गुनासोकै कारण नेपाल फर्काइएको र उनीहरुले क्षतिपूर्ति समेत नपाएको पनि भेटीएको छ ।
यहीबीच, काठमाडौंस्थित लिंक इन्टरनेशनलबाट विभिन्न कामका लागि भनेर खाडी मुलुक पठाइएका महिला कामदारलाई घरेलु कामदार (हाउस मेड)का रुपमा काम लगाउने गरिएको पनि पाइएको छ । हाउस मेडका रुपमा पठाउने प्रक्रिया बेग्लै छ । कामदारको सेवा(सुविधा र उसको ग्यारेन्टी लगायतका विषयमा कम्पनीले वैदेशिक रोजगार विभागको नियम पालना गर्नु पर्दा कम्पनीका नाममा आएको डिमाण्डमा पठाउने, त्यहाँ पुराएर खसीबाख्राकै शैलीमा अक्सनुमा राख्ने गरिएको स्रोतको दावी छ ।

यता, यूरोपको पोर्चुगल र जापान समेत पठाउने भन्दै थुप्रै युवासँग एडभान्स वापत काफ्लेले करोडौं रकम असुल गरेका छन् । त्यसरी राहदानी र एडभान्स रकम बुझाएका कोही पनि पोर्चुगल र जापान नउडेको र लामो समयदेखि आफूहरुलाई अलमल्याएको भन्दै उनीहरु मेनपावरकै कार्यालयमा गएर आक्रोस व्यक्त गरिरहेको अवस्थामा केहीको भने रकम र राहदानी फिर्ता गर्न थालेको बुझिएको छ ।

यसअघि लिंक इन्टरनेशनलका कमल काफ्लेसँग आम्दानी रकम भागवण्डा गर्ने शर्तमा पोर्चुगल पठाउन भन्दै थुप्रै युवाबाट रकम उठाएर पनि कोही-कसैलाई पठाउन नसकेपछि नजिकका नाता समेत पर्ने सुजन भट्टराई पक्राउ परेर अहिले कारागार चलान भएका छन् । एजुकेशनल कन्सल्टेन्सी चलाएका भट्टराईले वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम असुलेको आरोपमा वैदेशिक रोजगार विभागमा उजुरी परेपछि उनी पक्राउ परेका हुन् । तर, उनकै साझेदार कमल काफ्ले भने मेनपावर सञ्चालक रहेकाले तत्काल पक्राउ पर्न बाट जोगिए पनि पूर्व स्वीकृती विना रकम र राहदानी बुझेको आरोपमा छानविन हुने अवस्था भने कायमै छ ।

स्मरणीय छ, लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसका सञ्चालक कमल काफ्ले काँग्रेस निकट वैदेशिक रोजगार व्यवसायी संघका महासचिव पनि हुन् । त्यही पदको आडमा उनले गर्नु-नगर्नु सबथोक गर्दै आएका छन् । शायद शुभलाभकै करामत हुन सक्छ, विभागमा उनको प्रभाव राम्रै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्