रोकिएन लिंक इन्टरनेशनल मेनपावरमा कमल काफ्लेको बदमासी, के हेर्दैछ वैदेशिक रोजगार विभाग ?



काठमाडौं । मलेसिया पठाउन लागिएका कामदारसँग जनही दुई(दुई लाख असुल गरिरहेको खबर पाएपछि दुई दिनअघि वैदेशिक रोजगार विभागले मेनपावर क्षेत्रका डनका रुपमा चिनिने रघु पुरीको गौशलास्थित दि रिभर मेनपावर कम्पनीमा छापा हानेर असुल गरेको रकम फिर्ता गराएको भएता पनि बसुन्धारास्थित कमल काफ्लेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसमा भने उही प्रकृतिको बदमासी भइरहँदा पनि वैदेशिक रोजगार विभागले आँखा चिम्लेरै बसेको छ ।

फरक यती हो कि मेनपावर व्यवसायी रघु पुरी एमाले निकट व्यवसायी हुन् भने काफ्ले कांग्रेस निकट । त्यतिमात्र नभएर काँग्रेस निकट वैदेशिक रोजगार सँघ लोकतान्त्रिक फोरमका महासचिव पनि हुन् कमल काफ्ले । वैदेशिक रोजगार विभागमा काँग्रेस निकट कुनै पनि व्यवसायी सञ्चालक रहेको मेनपावर विरुद्ध उजुरी परेको खण्डमा मिलाउनेु भन्दै मेनपावर नेताको हैसियतमा काफ्लेलगायतको टोली विभागमा उपस्थिति हुन्छन्, महानिर्देशक(निर्देशकलगायतसँग छलफलमा बस्छन् । यस्ता व्यक्तिकै मेनपावर विरुद्ध उजुरी कसले गर्ने ? कुनै पिडीतले उजुरी गरिहाले कसले न्याय दिने ? यस्तो अवस्थामा विचरा पिडीतले उनीहरुले नै भनेको सुन्न, अनी मान्नै पर्ने हुन्छ ।

सरकारले खाडीका साउदी, कतार, यूएई, बहराइन, कुवेत मलेसिया जस्ता नेपाली श्रमिकका लागि प्रमुख गन्तब्य मुलुकमा निःशुल्क वा न्यूनतम शुल्क लागू गरेको छ । तर, लोकतान्त्रिक फोरमका महासचिवसमेत रहेका बसुन्धारास्थित लिंक इन्टरनेशनल मेनपावर कम्पनीका सञ्चालक कमल काफ्ले खुलेआम ती मुलुकमा जान इच्छुक कामदारसँग साढे दुई लाखदेखी तीन लाखसम्म असुल गरिरहेका हुन्छन् । त्यसरी अवैद्यरुपमा रकम असुल गरीएको जानकारी वैदेशिक रोजगार विभागलाई भएर पनि उक्त मेनपावर कम्पनीमाथि कुनै कारवाही भइरहेको देखिन्न ।

त्यतीमात्रै हो र ? त्यत्रो रकम बुझाएर खाडीका मुलुक पुगेर भनेअनुसारकै काम, सेवा्स-विधा र पारिश्रमिक समेत फरक परेको खण्डमा पठाउने कम्पनीमा गुनासो गर्दा समेत सुनुवाई हुँदैन । अहिलेलाई त्यही काम भए पनि गर्दै गर्नु, मिलाउँदै छौं, मिलीहाल्छ । यही हो लिंक इन्टरनेशनल मेनपावरका सञ्चालक काफ्लेले दिने तयारी जवाफ । लामो समयसम्म पनि समस्याको सामाधान नहुने र फरक परेको काम गर्न अस्वीकार गर्ने कामदार नेपाल फर्केर आउँदा समेत क्षतीपूर्ति पाउँदैनन् । बरु, फिर्ता गर्ने बेलामै आफूखुसी फर्केको भन्ने कागजातमा सहीछाप गराउने गरिन्छ ।

नेपालबाट उडे लगत्तै राहदानीसमेत खोसेर खसीबाख्रा शैलीमा क्याम्पमा राख्ने र त्यहाँका एजेन्टले खटाएको ठाउँमा काम गर्नु पर्ने बाध्यता हुन्छ, यहाँबाट जाने श्रमिकलाई । क्याम्पमा राखिएका कामदारलाई ड्यूटी खटाउनका लागि भारतको मुम्वईस्थित लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसले एजेन्ट नै खटाएको हुन्छ । नेपालको लिंक इन्टरनेशनल प्लेसमेन्ट त नेपाली कामदारबाट असुलेको मोटो धनको निश्चित कमिशन खाने दलाल मात्र बनीरहेको देखिन्छ । भारतीय कामदारलाई तोकिएकै काम लगाउनु पर्ने, सेवा(सुविधा र पारिश्रमिक पनि तोकिएअनुसार नै उपलब्ध गराउनु पर्ने भएकाले नेपाली श्रमिकलाई एउटा काममा स्वीकृती लिएर पठाउने र त्यहाँ अर्कै काममा लगाउने गरिन्छ । अझै दुस्खको कुरा त भारतीय कामदारको पनि दाश जस्तै बन्नु पर्ने अवस्थामा हुन्छन्, नेपाली कामदार ।

भारतमा दर्ता भएको मेनपावर कम्पनीले अवैद्य रुपमा कामदार पठाउन नसक्ने भएपछि नेपालको मेनपावर कम्पनी उसको रोजाई बन्न पुगेको हो । साविकको नाईल ओभरसिजले भारतीय लिंक इन्टरनेशनलकै इच्छामा आफ्नो कम्पनीको नाम बदलेको हो । नेपालको लिंक इन्टरनेशनल प्लेसमेन्टले आफूलाई भारतीय लिंक इन्टरनेशनल प्लेसमेन्टको शाखा कार्यालयका रुपमा स्वीकारेको अवस्था छ ।

भारतबाट हाउस मेडु घरेलु कामदारका रुपमा पठाउन नपाउने भएपछि विभिन्न कामका लागि श्रम स्वीकृती लिएर पठाइएका महिलालाई ुहाउस मेडुका रुपमा सप्लाई गर्ने गरिएको गुनासो पनि आइरहेको छ । नेपालबाट हाउस मेडुमा पठाउनु पर्दा कामदारको सुरक्षा ग्यारेन्टी, तोकिएको सेवा-सुविधाका साथै कामदार नफर्केसम्म रोजगारदाताले केही रकम ग्यारेन्टी वापत डिपोजीट गर्नुपर्ने भएकाले त्यो बाटो छल्दै विभिन्न कामका नाममा स्वीकृती लिएर खाडीका विभिन्न मुलुकका क्याम्पमा पुराएर त्यहाँबाट खसीबाख्रा शैलीमा रोजगारदाताको चित्त बुझाईअनुसार सप्लाई गर्ने गरिएको भुक्तभोगीले जानकारी दिएका छन् ।

त्यसो त लिंक इन्टरनेशनल मेनपावरका सञ्चालक कमल काफ्लेले यूरोपको पोर्चुगल पठाउने भन्दै सयौं जनासँग असुलेको राहदानी र पैसा अझैसम्म फिर्ता गरिसकेका छैनन् । एजुकेशनल कन्सल्टेन्सी सञ्चालन गरी बसेका सुजन भट्टराईसँग आम्दानीको हिस्सामा साझेदार बनेका काफ्ले यतीबेला पार्टनर भट्टराई पक्राउ परेर वैदेशिक रोजगार ठगीमा जेल चलान भएपछि भने ुम पनि तानिने हो कि रुु भन्ने चिन्तामा देखिन्छन् ।

मेनपावरको आडमा व्यक्तिगत भिषामा पोर्चुगल जान १६ लाखसम्म तिर्नु पर्ने उर्दी काफ्ले इच्छुकसँग गरेका थिए । र, उनीहरुबाट राहदानी र जनही तीन लाख एडभान्स लिएको अवस्थामा लामो समयदेखि आलटाल गर्दै आएकै कारण पार्टनर पक्राउ परेका हुन भने मेनपावर सञ्चालक नै भएकाले काफ्ले भने आजका दिनसम्म जोगिइरहेका छन् ।

यद्यपि, पूर्व स्वीकृती नै नभएको मेनपावरले पैसा असुल गर्न नमिल्ने भएता पनि वैदेशिक रोजगार विभाग भने यस बारेमा मौन बस्नु नै रहश्यात्मक देखिन्छ । आफूले बुझाएको रकम र पासपोर्ट फिर्ता लिन दशैं अघिदेखि मेनपावरको कार्यालयमा केही व्यक्तिले धर्ना नै दिएका थिए भने केहीलाई दशैं लगत्तै डाकिएको थियो । अहिले पोर्चुगल जानेहरुको रकम फिर्ता गर्न जापान पठाउने भन्दै रकम असुल गर्न थालिएको मेनपावरमै कार्यरत एक कर्मचारीले जानकारी दिए ।

यस विषयमा वैदेशिक रोजगार विभागले भने उजुरी नआएको जनाएको छ । विभागका कानून निर्देशकले भने, कारवाही गर्न पिडीतले उजुरी पर्नु पर्यो, सुने भनेकै आधारमा विभागले एक्सन लिन मिल्दैन । र, कसैले आरोप लगाउँदैमा पनि कारवाही हुँदैन ।

प्रतिक्रिया दिनुहोस्