आँखालाई माया गरौँ !



काठमाडौ । आँखालाई माया गरौँ भन्ने नाराका साथ अक्टोवर १३ तारिख –असोज २७ गते विश्वभरि नै विश्वदृष्टि दिवस मनाइँदै गरेको नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा.चेतराज पन्तले जानकारी गराउनुभयो ।

विश्व दृष्टि दिवसको पूर्व सन्ध्यामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पन्तले आँखा स्वास्थ्य क्षेत्रमा संलग्न संघ, संस्था तथा व्यक्ति सबैका लागि एक महत्वपूर्ण र विशेष दिन हो भन्नुभयो । उहाँले सन् १९९८ को अक्टोवर ८ गतेदेखि विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठन इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्याण्डनेस आईएपीबी ले संयुक्त रुपमा मनाउन सुरु गरेको विश्वदृष्टि दिवसले विश्वमा अन्धोपनको कारक तथा यसको न्यूनीकरणका उपायहरुका सम्बन्धमा आमजनसाधारणसम्म सूचना र जानकारीहरु प्रवाह गरी सचेतना अभिबृद्धि गर्ने कार्यमा सरोकारवाला सबैलाई अझ बढि प्रेरित र प्रोत्साहित गरेको बताउँनुभयो ।

उहाँले सन् १९८१ को पहिलो सर्वेक्षणले दृष्टिको अवस्था प्रष्ट्यो । त्यसपछि नेपाल सरकारले नेपाल नेत्रज्योति संघको नेतृत्व स्वीकार्दै जिम्मेवारी दियो । नेपालमा खासै सरकारी आँखा अस्पताल नभएपनि ग्रैहसरकारी संस्थाले नमूका काम गर्दै आँखा सेवामा उल्लेख्य उपलब्धि हासिल गरेकोछ भन्नुभयो । सरकारले लगानी नै नगरी सर्वेक्षण हुनु, नेपालमा महिला स्वास्थ्य स्वयम सेवीकाहरुद्धारा भीटामिन ए क्याप्सुल बालबालिकालाई खुवाएकै कारण बच्चामा हुने आँखाको समस्या कम हुनुका साथै राज्यको लगानी नै नपरेको पनि उहाँले जानकारी गराउँनुभयो ।

बर्षमा २ पटक भिटामिन ए खुवाउँन सरकारले क्याप्सुल मात्र उपलब्ध गराउँदा कार्यसम्पन्न भएको छ । नेपालमा ट्र्कोमा पहिलो आँखा समस्याका रुपमा रहेको छ भने मोतिबिन्दु दोस्रो स्थानमा रहेकाले नेपालमा अन्धोपन नघटेको उहाँले बताउँनुभयो । उहाँले अन्धोपनको प्रमुख कारणमा जेष्ठ नागरिकको संख्या बढ्दो र चेनताको कमी, पायक पर्ने ठाउँमा आँखा अस्पताल नहुँनु र आर्थिक अभावले टाढा सम्म गएर उपचार गराउँन नसक्नु रहेको बताउनुभयो । उहाँले अस्पताल मात्र भएर हुन्न बिरामीले सर्वसुलभ रुपमा सेवा पाउने वातावरण बन्नुपर्छ भन्नुभयो ।

कार्यक्रममा विश्वमा २ अरब भन्दा बढी आँखाका रोगी भएका र त्यसमा १ अरब भन्दा बढीले आँखाको सेवा नै नपाएको सन् २०२० मा वल्र्ड रिपोर्ट अन विश्व स्वास्थ्य संगठनको रिपोर्टमा उल्लेख गरेको डा.शैलेश मिश्रले जानकारी गराउँनुभयो । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा इनसाइड भिजन नारा अघि सारेको छ । यो नाराको मर्म सबै नागरिकको पहुँचमा आँखा स्वास्थ्य हुनुपर्ने रहेको डा.पन्तले बताउँनुभयो ।
यस दिवसको मुख्य उद्देश्य अन्तर्राष्ट्रियरुपमा स्वास्थ्य समस्याको रुपमा रहेको पूर्ण वा आँशिक दृष्टिविहिनता तथा दृष्टिदोषको न्यूनीकरणका लागि सबै सरोकारवालाहरु (सरकार, सरकारी स्वास्थ्य निकायहरु, तथा आँखा स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाहरु) लाई राष्ट्रिय अन्धोपन निवारण कार्यक्रममा अझ बढि एकतावद्ध र संगठित भएर ठोस नीति र योजनाका साथ क्रियाशील हुन अभिप्रेरित गर्नुका साथै लक्ष्यित वर्गलाई अन्धोपन निवारण कार्यक्रम बारे सचेतना अभिबृद्धि गराई उक्त कार्यक्रममा व्यापक जनसहयोग र समर्थन प्राप्त गर्न अभिप्रेरित गर्नु रहेको जानकारी गराईयो ।

नेपाल नेत्रज्योति संघका महासचिव भरत बहादुर चन्द भन्नुहुन्छ, आँखा सम्बन्धि विश्व स्वास्थ्य संगठनले दिएको मार्गदर्शन तथा नीतिहरुलाई नेपालले पनि आत्मसात गर्दै आएकोछ । नेपाल सरकारको विश्व स्वास्थ्य संगठनको महासभाद्धारा पारित इन्टरगेटेट पिपुल सेन्टर आईकेयरको उद्देश्यलाई अवलम्बन गरि आँखा स्वास्थ्य रणनीति तयार गरिसकेको छ । सन् २०३० सम्ममा विश्वव्यापी लक्षलाई प्राप्त गर्ने, राष्ट्रिय आँखा स्वास्थ्य कार्ययोजना तर्जुमा गर्ने कार्य समेत भइरहेको जानकारी गरायो ।

संयुक्त राष्ट्र संघको २०२१ को महासभामा “सबैका लागि दृष्टि” तथा दिगो विकासका लक्ष्य प्राप्तीमा आँखा स्वास्थ्यको महत्वपूर्ण भूमिका रहेको महशुस गरिएको थियो । सोही अनुरुप आगामी दिनहरुमा पनि नेपालको आँखा स्वास्थ्य सेवालाई सर्वसुलभ सबैको पहुँचमा पु¥याई दिगो विकासको स्वास्थ्य सम्बन्धि लक्ष्य प्राप्त गर्न हामी कटिबद्ध छौँ । (विश्व दृष्टि दिवसको यस महान अवसरमा हामी देशका सम्पूर्ण आँखा सेवामा समर्पित स्वास्थ्यकर्मी, समाजसेवी, सहयोगी संस्था, सहयोगी हातहरु, पत्रकार लगायतलाई उहाँहरुले पु¥याउन भएको योगदानको लागि हार्दिक आभार व्यक्त गर्दछौँ ।)

उहाँ भन्नुहुन्छ, नेपालमा पनि सन् २०१९ को सर्वेक्षणले सन् १९८१ को तुलनामा अन्धोपन तथा दृष्टि दोषको अनुपातमा कमी देखाएतापनि जनसंख्या वृद्धि र जेष्ठ नागरिकहरुको संख्यामा भएको वृद्धिले अन्धोपन तथा दृष्टिदोषको संख्यामा त्यति फरक परेको देखिँदैन ।

नेपालमा शिक्षा, गरिबी, चेतनाको कमी तथा सेवाको पहुँचको कमी आदि कारणबाट दृष्टिविहिनताको स्थिति अझै प्रमुख स्वास्थ्य समस्याका रुपमा विद्यमान छ । नेपालमा आँखा स्वास्थ्य सेवाका क्षेत्रमा गैरसरकारी संस्थाहरुको भूमिका उल्लेखनीय रहँदै आएको छ । देशका दुर्गम तथा समाजका तल्लो तहमा रहेका सर्वसाधारणसम्म सहज र सुलभ रुपमा पु¥याउने, नेपाल सरकारसँगको महत्वपूर्ण सहकार्य, निर्देशन तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरु तथा जनसमुदायको उल्लेख्य साथ र सहयोगमा आँखा स्वास्थ्य सेवालाई गाउँदेखि सहर तथा दुर्गम हिमाली क्षेत्रदेखि तराईसम्म बिस्तार गरेको र सकारात्मक परिणामहरु आएको जानकारी गराईयो ।

सन् १९८१ मा ०.८४ प्रतिशत अन्धोपनको स्थिति रहेकोमा सन् २०२२ सम्म आइपुग्दा अन्धोपनको स्थिति ०.२८ प्रतिशतमा झरेकोछ । एउटा पनि आँखा अस्पताल नरहेको र २÷४ जना नेत्रचिकित्सकहरु केन्द्रमा मात्र सीमित रहेको अवस्थाबाट आज देशभरि आँखा स्वास्थ्य संस्थाहरुको सञ्जाल स्थापना हुनु र नेपालीका साथसाथै अन्य छिमेकी मुलुकहरुबाट समेत उपचारका लागि नेपाल आउने अवस्थाको सिर्जना हुनुमा संघको चार दशकको अथक परिश्रम र सेवाभावबाट ओतप्रोत भएका समाजसेवी तथा कर्मचारीहरुको योगदानको ठूलो स्थान रहेको अध्यक्ष पन्तले बताउँनुभयो । हाल २७ आँखा अस्पतालहरु, १ सय ५० उपचार केन्द्रहरु तथा ४४ जिल्ला शाखाहरुका साथै हजारौँ  समाजसेवीहरुसहित विश्वदृष्टि दिवस मनाउन पाउँदा संघ गौरवान्वित भएको बताउनुभयो ।

विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सेवामा लामो समयसम्म सेवा गर्ने समाजसेवी तथा वरिष्ठ नेत्रविशेषज्ञहरुलाई सम्मानित गर्ने निर्णय गरेकोछ । सम्मानीत हुनेनमा विशिष्ट नेत्रज्योति सम्मानः चौधरी दाता परिवार, लहान (सगरमाथा चौधरी आँखा अस्पताल स्थापनाको लागि जग्गा दान गरेको)मा , त्यसैगरी नेत्रज्योति लाईफटाईम एचिभमेन्ट अवार्डबाट सागरप्रताप राणा, निवर्तमान सभापति, नेपाल नेत्रज्योति संघ, रुपन्देही शाखा, त्यस्तै चिजकुमार मास्के, निवर्तमान सभापति, नेपाल नेत्रज्योति संघ, चितवन शाखा, शिवदत्त जोशी, पूर्व सभापति, नेपाल नेत्रज्योति संघ, कैलाली शाखा,डा.बासु अधिकारी,डा.सुदर्शन प्रसाद धिताल रहेको जानकारी गराईयो ।

प्रतिक्रिया दिनुहोस्