१७ वर्षे किशोरी बनिन् कार्यकारी निर्देशक

सन्दर्भ- अन्तर्राष्ट्रिय बालिका दिवस



काठमाडौं । हरेक वर्ष ११ अक्टोबरमा ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ मनाउने गरिएको छ । सन् २०११ मा संयुक्त राष्ट्र संघले हरेक वर्ष अक्टुबर ११ लाई बालिका दिवस घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बालिका दिवस सन् २०१२ देखि संसारभर मनाउन थालिएको हो ।

बालिका दिवस सुरु भएको एक दशक पुरा भएको सन्दर्भमा यस वर्ष अझ विशेष बनेको छ । समाजमा जकडिएको लैंगिक विभेदका कारण बालकको तुलनामा बालिका तथा किशोरीहरू बढी विभेद, हिंसा, दुव्र्यवहारको जोखिममा हुने भएकोले यो दिवसको परिकल्पना गरिएको हो । यस वर्षको बालिका दिवसको नारा अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य रहेको छ।

गर्ल्स टेक ओभर अभियान

बाल अधिकार त्यसमा पनि विशेषतः बालिकाहरूलाई केन्द्रमा राखी कार्यरत संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ अर्थात ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम आयोजना गर्दै आएको छ । यो किशोरी सशक्तिकरणको एक नियमित अभियान हो ।

नेपालमा बालिका केन्द्रित विभिन्न नागरिक समाजहरूसँगको हातेमालोमा हामी दाजुभाइ संस्थाको प्राविधिक सहयोगमा विगत झैं यस वर्ष पनि संघीय र जिल्लास्तरमा अभियानलाई निरन्तरता दिएको छ ।

यस वर्ष संघीयस्तरका संघसंस्थाहरूका साथसाथै जुम्ला, कालिकोट, डोल्पा, मकवानपुर, धनुषा, सिन्धुली, सुर्खेत जिल्लामा अक्टुबर र नोभेम्बर महिनामा विभिन्न सरकारी निकाय, सघंसंस्था, मिडिया, दुताबास, शैक्षिक संस्था लगायतमा प्रमुख व्यक्तिको कार्यभार एक दिनका लागि एक किशोरीलाई हस्तान्तरण गरिने छ ।

यस अभियानलाई निरन्तरता दिँदै आज अक्टोबर १२ का दिन नेपालमा ४ दशक पार गरिसकेको थिंक ट्यांक संस्था इन्स्टिच्युट फर इन्ट्रीग्रेटेड डेभलबमेन्ट स्टडिजको कार्यकारी निर्देशक डा बिश्वाश गौचनले आफ्नो भूमिकामा एक दिनका लागि सिन्धुली जिल्ला गोलञ्जोर गाउँपालिकाकी १७ वर्षे किशोरी गरिमा थापालाई नेतृत्व हस्तान्तरण गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय बालिका दिवसको शुभकामना दिँदै साथै आफ्नो पद हस्तान्तरण गर्दै डा बिश्वाश गौचन भन्छन्, ‘गर्ल्स टेक ओवर जस्तो अभियानको अवधारणा नै एकदम राम्रो छ । यो अभियानको बालिका तथा किशोरीहरूको विकासमा निकै महत्वपूर्ण भूमिका छ ।’

एक दिनको लागि कार्यकारी निर्देशकको भूमिकामा रहेको किशोरी आफ्नो पदभार ग्रहणको अनुभव सुनाउँछिन्, ‘म १७ वर्षको किशोरी यो ५० वर्ष पुरानो संस्थाको कार्यकारी निर्देशकको कुर्सीमा बस्न पाउँदा आँफूलाई निकै भाग्यमानि महसुस छु।’

पद ग्रहण गरेसँगै उक्त किशोरीले यस्ता संस्थाहरुले अर्थतन्त्रको कुरा गर्दा बाल विवाहका कारण अर्थतन्त्रमा पर्ने असर, सुशासनको कुरा गर्दा किशोरी, युवा महिलाका राजनीतिक अधिकारका बारेमा पनि अध्ययन, अनुसन्धान गर्ने पर्ने र सरकार तथा अन्य निकायलाई यस विषयमा सुझाव दिनु पर्ने कुरा उठाउनु भएको थियो ।

साथै आइआइडीएसले गर्ने अनुसन्धानहरूमा किशोरी तथा युवा महिलाहरूको सहभागिता, यस संस्थाले लैगिंक समानताको लागि गरेको कार्यहरू लगायतका किशोरीहरू तथा बालिकाहरू सम्बन्धी थुप्रै विषयहरू छलफल गर्नुभएको थियो ।

विभिन्न जिल्लाका किशोरीहरू मिली तयार पारिएको नौं बुँदे ज्ञापन पत्र गरिमा थापाले परिषद्का कार्यकारी निर्देशकलाई हस्तान्तरण गर्नुभयो ।

यस बाहेक, गल्र्स टेक ओभर आज तथा अक्टोबर १२ देशभरका ९ जिल्लामा १०० जना किशोरीहरूले विभिन्न संस्थाहरूमा १०० पदको नेतृत्व लिइ रहेका छन् । पदभार ग्रहण कार्यक्रम ११ अक्टोबर २०२२ बाट सुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालय लैङ्गिक अध्ययन विभागका विभागिय प्रमुख, प्लान इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशक, नेपाल पत्रकार महासंघको प्रमुख लगायतको भूमिकामा एक दिनका लागि विभिन्न जिल्लाहरूबाट आएका किशोरीहरूले नेतृत्व हस्तान्तरण भएको छ ।

“गल्र्स टेकओभर एक उत्कृष्ट अवसर होजसलेबालिका तथा किशोरीहरूलाई निर्णायक भूमिकामा राखि उनीहरूको विचार तथा जीवनमा भोगेका चुनौतिका बारेमा जानकारी लिन संघ संस्थाहरूलाई अवसर प्रदान गर्दछ ।

यसले बालिका तथा किशोरीहरूका साझा सवालमा निर्णायककर्ता, नेता तथा परिर्वतनका संवाहकहरूको दृष्टिकोण परिवर्तन गर्दछ,” राम किशन, राष्ट्रिय निर्देशक, प्लान इन्टरनेशनल नेपाल ।

गत वर्ष कालिकोट, जम्ला, सिन्धुली, बाँके, बर्दिया र मकवानपुरका किशोरीहरूले मेयर र उपमेयरको जिम्मेवारी सम्हालेका थिए । प्रायः यस अभियान अन्तर्गत विभिन्न जिल्लाका किशोरीहरूले स्थानीय, जिल्ला र सङ्घीयस्तरका प्रमुख तथा उपप्रमुखको भूमिका निर्वाह गर्छन् ।

प्रसेन खाति, प्रभाव, सञ्चार तथा अभियानका निर्देशक भन्नुहुन्छ, “गल्र्स टेक ओभर किशोरीहरूलाई सशक्त महसुस गराउन, उनीहरूका रोल मोडेलसँग साक्षात्कार गराउन र आफ्नो भविष्यका लागि प्रेरित गर्नका लागि एक उत्कृष्ट अवसर हो ।”

जिल्ला, प्रदेश,संघीयस्तरमा हुने प्रत्येक पदभार ग्रहणको समयमा किशोरीबाट पदीय जिमेवारीमा रहि किशोरीमाथि लगानी, समावेिशतामा आधारित किशोरी लक्षित कार्यक्रम र किशोरी तथा युवा महिलाकोशक्ति र नेतृत्वको बारेमा संस्थाको प्रतिबद्धता रहने र हुनुपर्ने कुरामा छलफल भइरहेको छ ।

अधिकांश समय राजनीतिलाई पार्टिगत रुपमा मात्र हेरिएको तर संरचनागत विभेद, शक्ति र अवसरसँग नजोडिएकोले यस पटक बालिका दिवसको अवसरमा किशोरीको राजनीतिक अधिकारको विषयमा आवाज उठाएको कुरा आयोजक संस्थामध्येका हामी दाजुभाइका उपाध्यक्ष पूजा श्रेष्ठले बताउनु भयो ।

साझेदारी

गल्र्स टेक ओभर बालिका अधिकारका लागि क्रियाशिल संस्थाहरू, हामी दाजुभाइ, प्लान इन्टरनेशनल नेपाल, ग्रामीण महिला सेवा केन्द्र, मकवानपुर, जनजाती समाज विकास समिति, सिन्धुली, सामुदायिक समाज उत्थान केन्द्र, सुनसरी, मानवअधिकार तथा वातावरण केन्द्र, कालिकोट, स्याक नेपाल, बाँके, आत्मसम्मानका लागि सहकार्य, जुम्ला, बी–गु्रप बाँके, बर्दिया लगायतका संस्थाहरूको साझा अभियान हो ।

प्लान इन्टरनेशनल नेपालको बारे

प्लान इन्टरनेशनल बालबालिकाको अधिकार र किशोरीहरूको समानताका लागि क्रियाशील विकास र मानवीय सहायतासम्बन्धी एक स्वतन्त्र संस्था हो । बालबालिकाको शक्ति र सामथ्र्यमा विश्वास गर्दै किशोरी र बालिका केन्द्रित कार्यक्रम यस संस्थाले ८० वर्षदेखि संसारभर आवाज उठाउँदै आइरहेको छ । हाल संसारका ७५ वष देशमा क्रियाशील प्लान इन्टरनेशनल नेपालमा भने विगत ४४ वर्ष देखि कार्यरत रहके ोछ । बालिका अधिकारका लागि स्थानीय, संघीय हुँदैविश्वस्तरमा यस संस्थालेआवाज उठाउँदै आइरहेको छ ।

हामी दाजुभाइ बारेः

हामी दाजुभाइ’ लैंगिक समानता र सामाजिक न्यायको लागि काम गर्ने एक गैरसरकारी संस्था हो । पुरुष र पुरुषत्वमा केन्द्रित रहेर काम गर्ने यस संस्था सन् २०१९ मा स्थापना भइ क्रियाशील रहँदैआएकोछ । फेिमनिज्म र पुरुष सम्मेलन, वी मेन क्लब, स्कुल अफ फेमिनिज्म यसका प्रमुख कार्यक्रमहरू हुन् ।

प्रतिक्रिया दिनुहोस्