नेपाल,भारत र बेलायतले नेपालका गर्भवतीमा भिटामीन कमीको कारण पत्ता लगाए



काठमाडौं ।

परोपकार प्रसुतिगृह नेपाल, भारत र बेलायतको संयुक्त प्रयासमा नेपालमा गर्भवती महिलामा गरेको एक अध्ययनले शाकाहारी महिलाहरुमा हुने बी १२ को कमी र त्यसबाट नवजात शिसुको दिमागी बिकासमा कस्तो असर पर्छ भन्ने बिषयमा गरिएको एक अध्ययन रिपोर्ट विशेष कार्यक्रमको आयोजना गरि सार्वजनिक गरेको छ ।

सार्वजनिक कार्यक्रममा नेपालका तर्फबाट अनुसन्धानकर्ता तथा प्रमुख डा.राजेन्द्र पन्तले रिपोर्टमाथी प्रकाश पार्दै भन्नुभयो, अनुसन्धानमा समेटिएका गर्भवती मध्ये ४० दशमल्भ ८ प्रतिशत गर्भवती महिलाहरुमा भिटामीन बीको कमी, पोषण, कम तौल, रक्त अल्पता, भिटामिन ए लगायतको कमी भएको पाईएको बताउँनुभयो । यसका साथै शिशु न्यूरो विकास सुधार गर्न शाकाहारी महिलाहरूमा बी १२ पूरकको आवश्यकता रहेको पाईएकाले प्रभावकारि रुपमा अनुसन्धान परियोजना लाई अगाडि बढाएको बताउँनुभयो ।

सन् २०१८ को अक्टोबरबाट प्रसुतिगृहमा शुरुभएको अनुसन्धान कोभिड १९ का समयमा समेत सुचारु गरि सन् २०२२ मा सम्पन्न गरेको उहाँले जानकारी गराउँनुभयो । उहाँले गर्भवतीका बेला आउने शारिरीक परिवर्तनसँगै हर्मोनमा समेत परिवर्तन हुन्छ । यतिबेला खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । कतिपय आमाहरुलाई सप्लिमेन्टको आवश्यकता पर्ने हुनाले अनुसन्धानका क्रममा आमाको स्वास्थ्य अवस्था र नवजात शिशुको समेत स्वास्थ्य अवस्थाका बारेमा प्रत्यक्ष निगरानी राखी आवश्यकता अनुसारको सप्लीमेन्ट आपुर्ति गरिएको जानकारी गराउनुभयो ।

सोही अवसरमा भारतका प्रो.मोनिका लखनपलले नेपालमा गरिएको अनुसन्धानमा ३ सय जना सहभागी भएको र कोभिड १९ का कारण केहीलाई निरन्तरता दिन नसकिएको बताउँनुभयो । नेपाल र भारतको खानपान उस्तै हुने र धेरै भिजिटेरियन र भेगन हुने हुनाले आमामा भिटामीन बी १२ को कमी देखिएको बताउँनुभयो । भिटामिन बी १२, माछा, मासु, अण्डा, दही, दुध, घिउमा प्राप्त हुने र भिजिटेरियन तथा भेगनले यस्ता खान नखाने हुँदा उनीहरुका लागि सप्लीमेन्टको आवश्यकता पर्दछ ।
सोही अवसरमा डा.जितेन्द्र नागपालले भारतको हरियानामा ७४ प्रतिशत गर्भवती महिला भिजिटेरियनमा गरिएको अनुसन्धानले उनीहरुमा भिटामिन बी १२ को कमी भएको पाईयो । यो गर्भवतीमा भएको समस्याको समयमै समाधान गरि स्वस्थ बच्चा जन्माउनका लागि सप्लिमेन्ट दिनुपर्ने बताउँनुभयो ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले भीटामीन बी १२ सधै खानुनपर्ने विकल्पको बारेमा जिज्ञासा राख्नुभएको थियो । यसरी दीर्घकालसम्म सप्लीमेन्ट खाईरहनुपर्ने त हैन भन्ने प्रश्न गर्नुभयो ।डा. अनिता शाहले सर्वेको समयमा लकडाउनले गर्दा गर्भवती आमाहरुको बसाई कहिले कता कहिले कता गर्नुपर्ने अवस्था आयो । त्यतिबेला हामीले पनि धेरै सघर्ष गरेर सप्लीमेन्ट पठाउँनुपयो । लकडाउँनका समयमा एम्बुले, खाद्य, दुधको गाडि, नीजि सवारी साधन, कुरियर लगायतका साधन अपनाएर सप्लीमेन्ट पठाउँदा सुरक्षा निकायको ठूलो साथ र सहयोग पाएको बताउँनुभयो ।

यसका साथै सम्भव भएसम्मका व्यक्तिलाई अनलाईन विधिबाट सम्पर्क गर्ने र स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएर तथ्यांकलाई चुस्त र दुरुस्त पारेको पनि जानकारी गराउँनुभयो । सूक्ष्म पोषक तत्वको कमीले बच्चाको विकासलाई असर गर्न सक्छ, जसले जीवनभर गलत नतिजा ल्याउन सक्छ ।

परोपकार प्रसूति तथा महिला अस्पताल नेपाल, सीताराम भरतिय इन्स्टिच्युट फर साइन्स रिसर्च इन्डिया, युनिभर्सिटी कलेज लन्डन, र पब्लिकका शिक्षाविद् र चिकित्सक,हेल्थ फाउन्डेसन भारतको संयुक्त प्रयासमा यो परियोजनाले तीन देशहरू बीच बहुराष्ट्रिय साझेदारी गठन ग¥यो र युके अनुसन्धान र नवीनता, न्यूटन कोष, र बायोटेक्नोलजी विभाग, जीद्वारा वित्त पोषित भएको जानकारी गराईयो ।
मातृ पोषण किन महत्त्वपूर्ण छ?

सूक्ष्म पोषक तत्वको कमीले बच्चाको विकासलाई असर गर्न सक्छ, जसले जीवनभर नकारात्मक समस्या निम्त्याउन सक्छ । यी सूक्ष्म पोषक तत्वहरू मध्ये, भिटामिन बी १२ को मस्तिष्कको सामान्य कार्यमा महत्त्वपूर्ण भूमिका हुन्छ र स्नायु प्रणालीः खराब मस्तिष्क कार्यले खराब शैक्षिक उपलब्धि र आर्थिक सम्भावनाहरू जस्ता समस्याहरू निम्त्याउन सक्छ अनुसन्धानकर्ताहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्