जुंगे भट्टराईको अपूरो यात्रा



काठमाडौं । कानभन्दा माथि अनि घाँटीभन्दा तलसम्म पैmलिएको विशाल जुँगाका कारण जुँगे भद्मराईका उपनामले ख्याति कमाएका कला निर्देशक, ड्रेस म्यान, ड्रेस डिजाइनर, कलाकार तथा देउडा गायक उद्धवराज भट्टराईको ६६ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि क्षयरोग र दमको समस्याबाट पीडित उनको उपचारका लागि बैतडीबाट काठमाडौं आउने क्रममा चितवनमा बसमै निधन भएको हो ।
शय्यामा डझेसम्यान र त्यसपछि डझेस डिजाइनर, कला निर्देशक, कलाकार हुँदै जीवनभर नेपाली फिल्म क्षेत्र र यसमा सलग्न कलाकारको सेवा गर्दै आएका भट्टराई केही वर्षअघि रोगले च्यापेपछि र धुवाँ धूलोका कारण समस्या थपिएपछि आप्mनो गृहक्षेत्र बैतडीमा बस्दै आएका थिए। बैतडी पाटन १ का भट्टराईको आथिर्कक अभावका कारण उचित उपचार हुन सकेको थिएन। केही वर्ष अघिदेखि चलचित्र विकास बोर्डले दिँदै आएको मासिक पाँच हजार रुपियाँसमेत रोकिदिँदा भद्मराईले ६ जनाको परिवार मुस्किलले धान्दै आएका थिए ।
जमानाका बाघ निर्देशक स्व. प्रकाश थापाको फिल्म सन्तानबाट फिल्मको कला निर्देशनमा प्रवेश गरेका उनी साँढे चार दशकदेखि नेपाली फिल्म क्षेत्रमा कला तथा भेषभूषा निर्देशक तथा डिजाइनरको रुपमा सक्रिय थिए । उनी फिल्ममा प्रयोग हुने विभिन्न खालका सजावटका सामग्रीको डिजाइनसमेत गर्थे। २०१३ सालमा बैतडी जन्मिएका उनी सानै उमेरमा आप्mनो दाजुको साथ लागेर भारत छिरेर वृन्दावन स्टुडियोमा कलासम्बन्धी तालिम लिएर १८ वर्षको उमेरमा नेपाल फर्किएका थिए ।
त्यसपछि २०३२ सालतिर रेडियो नेपालमा देउडा गायकको रुपमा सक्रिय उनले चैतवा काफल, हितको कलिजस्ता देउडा गीतको एलबम पनि ल्याएका थिए। फिल्म माया पिरतीको सुटिङको बेला नेपाल समात्रारपत्रको सहप्रकाशन कामना मासिकका पधान सम्पादक स्व. पुष्करलाल श्रेष्ठले उनको अन्तर्वार्ता लिई कामना मासिकमा जुँगे भद्मराई शीर्षकमा छापिदिएका थिए ।
पर्दामा देखिने हिरो हिरोइनको मात्र समाचार आउने त्यो बेला प्राविधिकको पनि अन्तवार्ता आएपछि उनको लोकप्रियता चुलिएको थियो भने सबैले जुँगे भट्टराईको उपनामले बोलाउन थालेका थिए । जुँगा पाल्ने विशेष सोख भएका उनी जुँगे नामबाटै चिनिएपछि निकै खुसी थिए । तर, एकपटक उनी सुटिङका क्रममा भारत जाँदा जुँगाकै कारण पक्राउसमेत परेका थिए ।
भारतीय प्रहरीले उनको जुँगा को कारण कुख्यात श्रीखण्ड तस्कर विरप्पन सम्झेर पक्राउ गरेको थियो । भट्टराई बहुप्रतिभाका धनी थिए । उनी फिल्मका लागि आवश्यक पर्ने सबैजसो कुरा हातैले बनाइदिन्थे। फिल्मका निर्माता तथा निर्माण नियन्त्रकहरु कतिपय सामग्री भुलेर सुटिङ सेटमा पुग्दा भट्टराईले ती सामग्रीसमेत सुटिङस्थलमै तयार पारी काम चलाइदिन्थे ।
त्यसबाहेक निर्माता निर्देशकको मागबमोजिम जस्तोसुकै सामग्री तयार पार्न उनी माहिर थिए । फिल्मका लागि आवश्यक सजावट सामग्री प्रम्प तयार गर्ने क्रममा उनले प्रेमगीत–३ का लागि पुरानो जमानाको बन्चरो बनाइदिएका थिए भने फिल्म सेतो बाघका लागि श्रीपेच, शेषनाग, अमेरिकन ब्वाइजका लागि जरायो तथा बाघको छाला, हात्तीको दाह्रा तथा गैंडाको खाग, लोभीपापीका लागि हेलिकोप्टर निर्माण गरेका थिए ।
आफ्नो डिजाइनमा मौलिकतालाई ध्यान दिने उनलाई निर्माता निर्देशक अन्त कहीँ बन्न नसकेका सामग्री निर्माणका लागि सम्झने गर्थे भने उनी पनि आफ्नाे सीप र अनुभव प्रयोग गरी दुरुस्तै सिर्जना गरिदिन्थे। उनले नेपाली सेनाको गुर्र्जु पल्टनमा पुराना कलाकृतिको निर्माणसमेत गर्दै आएका थिए ।
आफ्नाे कामलाई कसरी पृथक र आकर्षक बनाउन भन्ने ध्याउन्नमा सम्पूर्ण जीवन नै कला क्षेत्रमा बिताएका उनले आफ्नो कलाअनुसार पारिश्रमिक नपाएको तथा कतिपय फिल्मबाट त पारिश्रमिक नै नपाएको गुनासो गर्थे । तर, सबैबाट आप्mनो कामको प्रंशासा बटुल्दा उनी सारा दुःख बिर्सने गर्थे ।
कलाकारको चरीत्र हेरेर मौलिक र ऐतिहासिक भेषभूषा तयार गर्न माहिर उनले फिल्म पृथ्वीनारायण कीर्तिपुरमा भेषभूषा निर्देशक तथा मुनामदनमा भेषभुषा डिजाइनरको रुपमा काम गरेका थिए भने साइनो, तृष्णा, सपना, पृथिवी, सिमाना, राजमती, प्रेमपिण्ड, सेतो बाघ, भाग्यरेखा, युगदेखि युगसम्म, रानीखोला, हतियार, जमिन, जय बाबा पशुपतिनाथ, श्री स्वस्थानी, लर्ड बुद्धलगायत करिब ४ सय नेपाली फिल्म, टेलिफिल्म तथा स्वदेशी र विदेशी विज्ञापनमा कला निर्देशकको रुपमा काम गरेका थिए ।
पर्दापछाडि रहेर कला निर्देशन गर्ने उनीमा अभिनयमा पनि रुचि थियो उनले जिरे खुर्सानीजस्ता टेलिफिल्मका साथमा केही विज्ञापन र फिल्ममा समेत अभिनय गरेका छन् । उनका श्रीमती तीन छोरा र एक छोरी रहेका छन्। उनको शनिबार नै पशसपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलिसहित दाहसंस्कार गरिएको छ । पहिरन, कला निर्देशनलगायत विभिन्न प्राविधिक पाटाको माध्यमबाट नेपाली फिल्म क्षेत्रमा योगदान पुर्याएवापत भट्टराईले दर्जनौं पुरस्कार, सम्मान र मानपदवी प्राप्त गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्