वीर अस्पतालको सहज स्वास्थ्य सेवा पहुँचका लागि प्रधानमन्त्री देउवाको जोड



sf7df8f}F, !@ ;fpgM jL/ c:ktfnsf] jflif{sf]T;j sfo{qmddf k|d b]pjf k|wfgdGqL z]/axfb’/ b]pjf laxLjf/ jL/ c:ktfnsf] !##cf}F jflif{sf]T;j sfo{qmdnfO{ ;Daf]wg ug'{x’Fb} . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गुणस्तरिय स्वास्थ्य सेवा आमनागरिकको पहुँचमा पुर्याउनुपर्ने बताएका छन् । उनले स्वास्थ्य सेवा संविधान प्रदत्त अधिकार भएकाले देशका आमनागरिकको सहज पहुँचमा पुर्याउनुपर्ने बताए हुन् ।

आज (बिहीबार) देशकै जेठो अस्पताल वीर अस्पतालको १३३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आमनागरिकको पँहुचमा गुणस्तरिय स्वास्थ्य सेवा पुर्याउनुपर्ने बताए । आमजनताको स्वास्थ्य उपचारको केन्द्र बनेको ऐतिहासिक वीर अस्पतालले आफ्ना सेवालाई समयक्रमसँगै सापेक्षित रूपमा स्तरोन्नती गर्दै लैजानुपर्नेमा जोडदिए । प्रधानमन्त्री देउवाले भूकम्प र कोभिड–१९ महामारीमा वीर अस्पताल र अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यमर्की, कर्मचारी र पदाधिकारीले आफ्नो स्वास्थ्यको प्रवाह नगरी सेवा प्रदान गरेकोमा प्रशंसा गरे ।

प्रधानमन्त्रीले दुवाकोट परियोजनाको काम अघि बढ्न नसकेको प्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै तत्काल काम अघि बढाउन निर्देशन दिए । सोही अवसरमा उनले वीर अस्पतालका लागि आवश्यक जनशक्तिका लागि पनि पदाधिकारीहरुले छिट्टै टुगो लगाउन निर्देशन दिए । उनले वीर अस्पताल तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले नेपालको स्वास्थ्य क्षेत्र र शैक्षिक गुणस्तरका आधारमा वीर अस्पतालले अन्तर्राष्ट्रिय रुपमै गुणस्तरिय शिक्षा र स्वास्थ्य सेवा प्रदान गरी नागरिकको आधारभूत चिकित्सा शिक्षाको नमुना थलो बनाउन समेत अनुरोध गरे ।

यी कार्य सम्पन्न गर्न नेपाल सरकार कटिबद्ध रहेको पनि उनले बताए । सरकारको मूल उदेश्य भनेकै नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउनु हो । यो अस्पतालले जनस्वास्थ्यमा विशेष ध्यान देओस् प्रधानमन्त्री देउवाले भने ।

उनले देशमा कहिले भूकम्पको त्रासदीपूर्ण अवस्था, कहिले कोभिड–१९ को महामारीले नियमित कार्यक्रम र विकासका गतिलाई अवरोध भैरहेको छ । यस्तो अवस्थामा पनि समस्यालाई समाधान गर्दै जाने क्षमता विकासको खाँचो रहेको कुरा औँल्याए । यो अस्पतालले विशेषगरि नागरिकको स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकारको पूर्ण पालना गर्दै जानु आजको खाँचो रहेको छ भने । देशमा स्वस्थ नागरिक भए भने देशको खर्च घट्छ र आर्थिक विकासमा टेवा पुग्छ, प्रधानमन्त्रीले भने ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले वीर अस्पतालमा सरकारले ठूलो लगानी गरेको छ । दूर दराजका नागरिकको आशाको केन्द्र वीर अस्पतालमा धेरै बिरामीले महिनौसम्म पालो कुरेर बसेका हुन्छन् । म आफू पनि ७२ दिन स्वास्थ्य राज्यमन्त्री भएर वीर अस्पताललाई नजिकबाट नियाल्ने अवसर पाएको थिए । सरकारले ठूलो लगानी गरेको छ यसको पूर्ण रुपमा सदुपयोग होस भने ।

कार्यक्रममा स्वास्थ्य सचिवद्वय देवकुमारी गुरागाई र डा रोशन पोखरेलले शुभकामना दिँदै स्वास्थ्य सेवामा गुणस्तर कायम गर्दै अघि बढ्न सकोस् । वीरबाट शिक्षा पाएका स्वास्थ्यकर्मी देशका गहना हुन् यीनको सही मूल्यांकन गरी देशमा पुर्याएको सेवा प्रति मुक्त कण्ठले प्रशसा गरौ भने ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका रजिष्ट्रार प्रा प्रमिला देवानले शैक्षिक कार्यक्रम र वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी प्राडा भुपेन्द्रकुमार बस्नेतले आर्थिक तथा व्यवस्थापकीय प्रतिवेदन प्रस्तुत गरेका थिए । डा बस्नेतले विसं. १९४७ बैशाख १२ गते १५ शैया स्वास्थ्य सेवाबाट शुरु भएको वीर अस्पताल आज ९ सय ६० शैयाबाट सामान्य देखि विशेषज्ञ तथा विशिष्ट स्तरका विभिन्न विधामा सेवा प्रवाह गर्ने क्षमता रहेको छ । नेपालमा पहिलो पटक मुटुको सफल शल्यक्रिया, मृगौला प्रत्यारोपण र सघन उपचार सेवा वीर अस्पतालबाट नै शुरु भएको हो, भने ।

प्रतिक्रिया दिनुहोस्