भारी वर्षाले पनि रोक्न सकेन मनोजको बाँसुरी धुन



????????????????????????????????????

विक्रम संवत् २०५२ को कुरा हो, पशुपतिनाथस्थित किराँतेश्वर मन्दिरमा करिब १५ वर्षको एक बालक त्यहाँप्रस्तुत भइरहेको शास्त्रीय संगीतको धुन सुन्न पुग्छ।

पछि त्यही ठाउँमा उसले बासुरी वादन सिक्छ र आप्mनो अभ्यास गर्नुका साथै नियमितरूपमा बाँसुरी वादनको प्रस्तुति दिन थाल्छ। उनै युवा मनोज सिंह नेवाः, जो अहिले विश्वविख्यात बाँसुरीवादक भइसकेका छन्। बुधबार बेलुकी गुरु पूर्णिमाको साँझ उही किराँतेश्वरको प्रांगणमा उनी फेरि भेटिए।

उनले बाँसुरीको सुरिलो धुनले त्यहाँ जम्मा भएका संगीतप्रेमी दर्शकलाई यसरी मोहित तुल्याए कि, भारी वर्षा हुँदासमेत कोही स्रोता–दर्शक त्यहाँबाट हटेनन्। बरु रुझेर भए पनि एकाग्रताका साथ उनको बासुरीको धुनको आनन्द लिइरहे। मनोजले धेरै वर्षपछि आफूले तपस्या र मेहनत गरी गरी सिकेको उही प्रांगणमा प्रस्तुति दिने मौका पाए र श्रोताले पनि उनको बाँसुरी वादनको अभूतपूर्व प्रस्तुतिको आनन्द उठाउने अवसर चुकाएनन्। कार्यक्रममा उनलाई तबलामा प्रसिद्ध तबलावादक सरिता मिश्र र अन्य कलाकारले साथ दिएका थिए।

मनोज एक मात्र नेपाली संगीतकर्मी हुन्, जसले प्रख्यात ग्रामी अवार्डमा मनोनीत हुने अवसर प्राप्त गरेका छन्। उनी केही वर्षदेखि संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा बसेर आप्mनो सांगीतिक कार्यलाई अघि बढाइरहेका छन्। करिब २० देशमा नेपाली शास्त्रीय सांगीतिक प्रस्तुति नेपालको संगीतलाई विश्वव्यापी गर्ने अभियानलाई अघि बढाइरहेका छन्।
शब्दचित्र: विकास रौनियार

प्रतिक्रिया दिनुहोस्