‘हाम्रो अस्पताल हाम्रै डाक्टर’ अभियानमा मैवाखोला



ताप्लेजुङ । 

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘हाम्रो अस्पताल हाम्रै डाक्टर’ भन्ने नारासहित आफैंले आवश्यक पर्ने डाक्टर उत्पादन गर्ने भएको छ । पाँच वर्ष मैवाखोला गाउँपालिकाभित्र सेवा गर्ने गरी पाँच वर्षमा कम्तीमा पनि एउटा डाक्टर उत्पादन लागेको हो ।

गाउँपालिकाभित्रै गुणस्तरीय स्वास्थ्थ सेवा दिने उद्देश्यले सो अभियानमा पालिका लागेको छ । गत शुक्रबार मैवाखोलाको ११औं गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको थियो । गाउँपलिकाले उत्पादन गरेको डाक्टर कम्तीमा पाँच वर्ष गाउँपालिकामै रहेर सेवा गर्ने गरी डाक्टर पढाउन लागेको मैवाखोला गाउँपालिकाका प्रवक्ता चन्द्रकुमार तामाङले बताउनुभयो । आगामी २०७९÷८० आर्थिक वर्षको बजेटबाट एमबीबीएस डक्टर पढाउनका लागि २० लाख रुपियाँ बजेटसमेत गाउँपालिकाले विनियोजन गरेको उहाँको कथन छ ।

गाउँपालिकाभित्रका विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्ण हुने एक विद्यार्थीलाई गाउँपालिकाले पढाइमा लाग्ने खर्च तथा खाइपाई खर्च समेत गाउँपालिको उपलब्ध गराउँने गरी डाक्टर पढाउन लागेको मैवाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापो बतानुहुसन्छ । ‘डाक्टर पढाउनका लागि गाउँपालिकाले पहिलोपटक २० लाख विनियोजन गरेको छ । प्रत्येक वर्ष वजेट विनियोजन गर्दै जानेछ ।’

–उहाँले भन्नुभयो । सुगमदेखि दुर्गममा गाउँमा डाक्टर आउन नमान्ने र आइहाल्ले पनि लामो समय नबस्ने भएकाले आफ्नै गाउँबाट डाक्टर उत्पादन गर्न तिर लागेको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो ।‘हाम्रो अस्पताल हाम्रै डाक्टर’ भन्ने नाराका साथ पालिकाभित्रका ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकका लागि प्रत्येक महिना घरमै स्वास्थ्य परीक्षण तथा निःशुल्क औंषधि उपचार गर्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका केन्द्र साँघुमा एक जना एमबीबीएस डाक्टरको पदपूर्ति गर्ने र फार्मेसी सेवा समेत सञ्चालन गर्न गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको वनेमले बताउनुभयो ।गर्भवती महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र अतिविपन्न नागरिकलाई नेपालभित्रका जुनसुकै स्वास्थ्य संस्थासम्म पु-याउन न्यूनतम सेवा शुल्कका आधारमा सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्