लागूऔषधविरुद्ध विद्यालयमा अन्तरक्रिया



जाजरकोट ।

जाजरकोटमा लागूऔषधविरुद्ध प्रहरीले अन्तरक्रिया कार्यक्रम गरेको छ । सातवटै पालिकाका माध्यामिक विद्यालयका विद्यार्थी अभिभावकसग लागूऔषध उत्पादन, ओसार–पसार र सेवनविरुद्ध प्रहरीले अन्तरक्रिया गरेको हो ।

बनाऔं लागूऔषधमुक्त गाउँ शहर मिलेर संघ प्रदेश स्थानीय सरकार, लागूऔषधले लिन्छ ज्यान, आफैं नखनौं आफ्नो ज्यान, सुखी नेपाली समृद्ध नेपालको परिकल्पना, लागूऔषधमुक्त समाजको परिकल्पना लगायतका प्लेकार्डसहित प्रहरीले अभियान थालेको छ ।

लागूऔषधको सेवन ओसार–पसामा विद्यालय समूहका बालबालिकाबाट हुने भएकाले कुलतमा फस्न नदिन नेपाल प्रहरीले सातवटै पालिकामा रहेका प्रहरी न्युनिटले लागूऔषध उत्पादन, सेवन बिक्री–वितरण ओसार–पसार दुरुपयोगसम्बन्धी सचेतनामूलक -याली, विद्यायलमा अन्तरक्रिया कार्यक्रमको अभियान संञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताउनुभयो ।

घरेलु हिंसा, चोरी डकैती, कुटपिट, बलात्कार, झगडा जस्ता जघन्य आपराधिक गतिविधि बढ्नाले शान्ति सुरक्षा नै धरापमा पर्ने भएकाले लागूऔषध न्यूनीकरण गरी सभ्य समाज निर्माण गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरेको उहाँको कथन छ । अवैध घरेलु मदिरा लागूऔषध, गाँजाका कारण समाजमा अशान्ति बढ्ने भएकाले प्रहरीले यो अभियान सञ्चालन गरेको हो ।

१५ वर्षदेखि २० वर्ष उमेरसमूहका बालबालिका लागूऔषध सेवनमा संलग्न हुने भएकाले सचेतना फैलाउन माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाका बीच कार्यक्रम गर्न थालिको प्रहरीको भनाइ छ । लागूऔषध ओसार–पसार विक्री–वितरण तथा सेवन दिन प्रतिदिन बढ्दै गएकाले अभिभावक, सरोकारवाला र विद्यार्थीका बीच विद्यालय हाताभित्र गर्दा प्रभावकारी हुने भएकाले विद्यालयमै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको प्रहरी नायव उपरीक्षक निरौलाले भन्नुभयो ।
लागूऔषध न्यूनीकरण गर्न त्रिभुवन माध्यमिक विद्यालयका २ सय जना विद्यार्थीलाई हातेपुस्तक र लागूऔषधविरुद्ध प्रशिक्षण दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्