लमजुङको सुन्दरबजारले शव वाहनको व्यवस्था गर्ने



लमजुङ  ।

लमजुङको सुन्दरबजार नगरपालिकाले शव वाहनको व्यवस्था गर्ने भएको छ । नगरपालिका प्रमुख कृष्णप्रसाद काइरोलाले नगरभित्र शव वाहन नहुँदा घाटसम्म शव पु-याउन समस्या हुँदै आएकाले वाहन व्यवस्था गर्न लागिएको बताउनुभयो ।

कोइरालाका अनुसार बुधबार बसेको नगरपालिका कार्यपालिका बैठकले नगरपालिकामा रहेको दुई वटा बसमध्ये एउटा बसलाई तत्कालका लागि शव वाहनको रूपमा प्रयोग गर्ने निर्णय गरेको छ । त्यसका लागि शव वाहन सञ्चालनसम्बन्धी व्यवस्थाको थप अध्ययन गर्दै कार्यविधि निर्माण गर्ने निर्णय पनि भएको नगरप्रमुख कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्