![](https://newsofnepal.com/wp-content/uploads/2022/06/loksewa.jpeg)
काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगको ७१ औँ वार्षिकोत्सवको उद्घाटन गर्ने भएकी छन् । आयोगले आज बिहान साढे १० बजे काठमाडौंको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गर्दैछ ।
वार्षिकोत्सवको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने कार्यक्रम तय भएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । वि.सं.२००८ असार १ गते लोकसेवा आयोगको स्थापना भएको हो ।