राज्यबाट पाएको १९ लाख सामाजिक कार्यमा



बैतडी ।

बैतडीको पाटन नगरपालिकाका निवर्तमान मेयर केशवबहादुर चन्दले पाँच वर्षमा आफूलेसेवा सुविधा सामाजिक काममा खर्च गरेको बताउनुभएको छ । चन्दले पाटनमा एक कार्यक्रमको आयोजना गरी आफूले गरेको कामको विवरणसार्वजनिक गर्नुभएको हो ।

गएको पाँच वर्षमा आफूले राज्यबाट १९ लाख सेवा सुविधा पाएको र त्यो सेवा सुविधा सामाजिक काममा खर्च गरेको चन्दको भनाइ छ । उहाँले भन्नुभयो–‘मैले मेयरमा उठ्ने बेला मैले पाउने सेवासुविधा सामाजिक काममा लगाउने जनतासामू प्रतिबद्धता गरेको थिएँ, सोही प्रतिबद्धताअनुसार सबै सेवा सुविधा सामाजिक कार्यमा लगाएँ ।

चन्दले विपन्न नागरिकलाई औषधि उपचार, एम्बुलेन्स सेवा सञ्चालन, मठमन्दिर, विद्यालय तथा क्याम्पस व्यवस्थापन, घाट व्यवस्थापनलगायत क्षेत्रमा आफूले खर्च गरेको बताउनुभएको छ ।यस्तै, आफूले पाएको रकमबाट एक लाख पाटन बहुमुखी क्याम्पसका एक लाख छात्रवृत्ति प्रदान गरेको, दुई लाख त्रिपुरेश्वर घाट व्यवस्थापनमा खर्च गरेको, कोरोना महामारीको बेला अढाई लाख एम्बुलेन्स सेवा सञ्चालनमा खर्च गरेको जानकारी दिनुभएको छ ।

यसका साथै विभिन्न व्यक्तिहरूलाई सहयोग, मठमन्दिरमा सहयोग गरेको बताउँदै चन्दले बाँकी रहेको रकम स्व.भानबहादुर चन्द स्मृति कोषमा जमा गरिएको छ । कोषमार्फत आफूले सामाजिक सेवालाई निरन्तरता दिने पूर्वमेयर चन्दले बताए । चन्द वि.सं. २०७४ सालमा नेपाली कांग्रेसबाट पाटन नगरपालिका प्रमुखमा विजयी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्