प्रेस स्वतन्त्रतालाई बचाई राख्ने जिम्मा पत्रकार स्वयमको हाे : भुवन केसी



काठमाडौं ।

प्रेस स्वतन्त्रतालाई बचाई राख्ने जिम्मा पत्रकार स्वयमको भएको नेपाल पत्रकार महासंघले आईतबार काठमाडौंको बानेश्वरमा फेक न्यूजका बिषयमा प्रष्ट्याउन प्रिन्ट मिडियाका पत्रकारहरुसँगको छलफल कार्यक्रममा सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष भुवन केसीले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ—पछिल्लो समय फेक न्यूज भन्ने शब्द निकै चर्चामा आयो । यो शब्द विशेष गरि अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा अमेरिकाको राष्ट्रपति चुनावका बेला बढी चर्चामा ल्याएका हुन् । नेपालमा पनि यो शब्द प्रयोग आएकोछ तर नेपालमा मिस इन्फरमेसन र डिस इन्फरमेसन भनिन्छ । यसको नियन्त्रण पत्रकार आफैले गर्ने हो । यसका लागि पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले सरकारसँग कानूनी लडाईका लागि नेतृत्वदायी भूमिका खेल्ने र पत्रकारले सही सूचना कसरी प्राप्त गर्ने, स्रोत केहो, स्रोतलाई भेरिफाई कसरी गर्ने भन्ने बिषयका साथै पत्रकारको सुरक्षा र सूचनाको हकलाई संरक्षण गर्ने कार्य गर्नुपर्ने बताउँनुभयो ।

पछिल्लो समय आम नागरिकले प्रयोगमा ल्याएको फेसबुक, टुईटर, यूटुबलाई पनि मिडिया भनिन्छ ती मिडिया हैन हरेक व्यक्तिको स्वतन्त्र अभिव्यक्ति दिने माध्यम मात्र हो केसीले भन्नुभयो ।केसीले सञ्चार गर्ने क्रममा मिथ्या खबरको प्रयोग पत्रकारिता सुरु हुनुभन्दा धेरै पहिलेदेखि नै भएको पाइन्छ । महाभारत युद्धमा द्रोणाचार्यलाई पराजित गर्न फैलाइएको अश्वत्थामा मृत्युको खबरदेखि पछिल्लो समयमा पीत पत्रकारिता वा प्रोपगन्डा भनिएका सबै सञ्चार सामग्रीलाई मिथ्या सूचनाका रूपमा लिन सकिन्छ भन्नुभयो ।

उहाँले आमसञ्चार साधनको विकासका कारण मिथ्या सूचना धेरै जनताबीच पुग्न सहज भएको हो । इन्टरनेटको विकास र विशेषगरी आममानिसले सहजरूपमा सामग्री प्रकाशन र वितरण गर्न सक्ने सोसल मिडियाको विस्तारका कारण मिथ्या सूचनाको प्रयोग अझ बढी सहज र धेरैबीच पुग्न सक्ने भएको छ भन्नुभयो ।चर्चित र भाईरल शब्दको अर्थ फरक हुन्छ । भाईरल बनाउँने नाममा कपोल कल्पीत कथा बनाएर हाल्ने गर्छन भने चर्चित भनेको सहि सत्यमा रहेर धेरै मानिसका बिच पुर्याउने सूचना सकारात्मक प्रभावका लागि गरिने भन्ने बुझ्नुपर्छ । सकारात्मक या नकारात्मक सूचना के हो भन्ने बिषयमा पत्रकारले छुट्याउनका लागि स्रोतलाई विभिन्न तहबाट भेरिफाई गर्नुपर्ने हुन्छ । अहिले सडकमा देखिएको यौन हिंसा बिरुद्धको दबाब सरकारलाई सकारात्मक नीति निमार्णका लागि दिईएको दबाबमूलक बिषय हो भन्नुभयो । यो गम्भिर बिषय भएकाले सडक, सदन, आम नागरिक, संचार माध्यमले उत्तिकै प्राथमिकता दिएका छन् । यो मिडियाका लागि पनि ठूलो बिषय बन्यो केसीले भन्नुभयो ।

कतिपय चर्चामा आएका बिषय गलत पनि हुन्छन् जस्तै केही बर्ष अघि अनुजा बानियाले लाखौ रुपैया बसमा भेटेर सम्बन्धीत व्यक्तिलाई फर्काईन भन्ने समाचार भाईरल बन्यो तर स्रोत भेरिफाई नगरि समाचार प्रकाशन गर्दा मिडियाको विश्वसनीयताका साथै राष्ट्रका प्रमुखहरु समेत लज्जित हुनुपरेको कुरा केसीले उदाहरणका रुपमा प्रस्तुत गर्नुभएको थियो । उहाँले हेर्दा ठीक ठीकै देखिने सोसियल मिडियामा आउने स्ट्याटस मिथ्या पनि हुनसक्छ । यस्तो बिषयले निकै चर्चा पायो तर भेरिफिकेसनमा आफुलाई ढुक्क लागेन भने चर्चित भएको तर अपुष्ट भनेर मिडियाले स्पष्ट लेख्नुपर्छ भन्नुभयो । यस्ता मिथ्या पोष्ट दैनिक रुपमा हजारौ हुन सक्छ । यो समाचारको स्रोत हुन सक्दैन । पत्रकारितामा कहिलेकही सधै सही सूचना दिने विस्वास पात्रबाट नै कहिलेकही गलत सूचना पनि दिन सक्छन् । चिने जानेको र विश्वासकै मान्छेबाट पत्रकारलाई फसाउँन सक्छन् त्यसैले पत्रकारले जहिले पनि सूचना र स्रोतलाई शंकाको घेरामा राखी फ्याक्ट चेक र इभिडेन्सका आधारमा सत्य, तथ्यलाई पस्कनुपर्छ भन्नुभयो ।

पत्रकारलाई द्धन्द्ध, विभिन्न महामारी, राजनैतिक चहलपहलका बेला केही व्यक्तिले चर्चामा आउँने उदेश्य वा स्वार्थ लिएर गलत सूचना दिई फसाउने प्रयत्न गर्छन यस्तो बेलामा पक्ष र विपक्षको व्यालेन्स गर्ने आधिकारिक निकायको भनाईलाई आधार मान्नुपर्छ केसीले भन्नुभयो । यस्तो अवस्थामा सामाजिक संजाल र यूटुबलाई पनि पत्रकार मान्ने जनमानसको गलत सोचले सबै पत्रकारले गलत समाचार दिन्छन् भन्ने भ्रम फैलाउँछन् । यस्तो गलत सन्देशलाई चिर्न पत्रकार स्वयम सक्षम र सजक भै समाचार सम्प्रेषणमा सचेत हुनुपर्ने नेपाल पत्रकार महासंघका सदस्य रामकृष्ण अधिकारी बताउँनुहुन्छ ।

आमनागरिक, समाज र राजनीतिमा विशेष प्रभाव देखिन थालेपछि यसको चर्चा एकाएक बढ्न पुगेको हो । अमेरिकामा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा आमअपेक्षा विपरित अप्रत्याशितरूपमा डोनाल्ड ट्रम्प विजयी भएपछि त्यसको एक कारक मिथ्या सूचना र तिनको व्यापकतालाई लिइएको छ । जसमा फेसबुक, ट्विटर जस्ता सोसल मिडियाको विशेष भूमिका थियो ।

प्रतिक्रिया दिनुहोस्