हवाइजहाज चढेर लामखुट्टे हिमाल पुगे

हिमालमा समेत औंलोको त्रास



काठमाडौं । 

औलोको भार क मगर्न नयाँपनमा जोड दिऔं र जीवन बचाऔं’ भन्ने मूल नाराका साथ यसबर्षको विश्व औंलो दिवश २०२२ यहि अप्रिल २५ मा नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाईदैछ ।

उच्च पहाडी र हिमाली भेगमा पनि लामखुट्टे हवाइजहाज र गाडि चढेर जानथालेपछि औलो नियन्त्रणमा चुनौती बढेको स्वास्थ्य सेवा विभाग अन्र्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।हाल नेपालमा ५ सय भन्दा कम प्रयोगशालबाट औंलोका बिरामी निदान हुने गरेको छ । औंलो रोग संक्रमित एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने हुँदा लामखुट्टेको टोकाईबाट बच्नुनै औलो रोकथामको उचित उपाय हो । औलोबाट विशेषगरी गर्भवती महिला तथा पााच बर्ष मुनिका बालबालिका बढी जोखिममा हुने पनि जानकारी गराईयो । विश्वमा ४ सय जातका एनोफील्ज जातका लामखुट्टेले औलो सार्ने गर्छ । जसमा नेपालमा ४ प्रकारका लामखुट्टे औलो सार्न सक्रिय भएको पनि जानकारी गराईयो ।

सन् २०२५ सम्म नेपाललाई औलोमुक्त राष्ट्र बनाउँनका लागि देशक सबै निकाय, आम नागरिकको एक बिचार भए सफलता मिल्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले बताउँनुभयो । वास्तवमै औलो उन्मुलन गर्नेहोभने सबैजना एकजुट हुनुपर्छ । औलोको जोखिम क्षेत्रमा थप अध्ययन अनुसन्धान गरि क्रस बोर्डर सुदृढ र सम्बद्र्धनका लागि सरोकारवाला निकायको ध्यान पुग्नु जरुरीछ । यति गर्न सकियो भने मात्र औलो नियन्त्रणमा सफलता मिल्छ । सरुवारोगको निगरानी र पहिचान सरुवारोगको अन्तिम विकल्प निवारण नै हो । सबै मिले रोग नियन्त्रणमा सफलता मिल्छ भन्नुभयो ।

नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रममा समावेश गरिएको विश्व औलो दिवस २०७९ का बिषयमा आइतवार टेकूमा आयोजित संचारकर्मीहरुसँगको अन्र्तक्रिया कार्यक्रममा डा. सिंहले बताउँनुभयो । सन् १९७८ मा एकीकृत स्वास्थ्य प्रणालीमा औलो नियन्त्रण कार्यक्रमका रुपमा राखी १२ जिल्लाबाट शुरु गरिएको विश्व औलो दिवस हाल देशव्यापी रुपमा एकसाथ मनाईदै आएको पनि उहाँले जानकारी गराउँनुभयो । उहाँले औलो १,३ र ७ को नीति अनुरुप पहिचान भएको दिन एसएमएस गर्ने १, मलेरिया लागेको परिवारका सदस्यलाई ३ दिन भित्र परिक्षण गरि सक्ने र लामखुटै खोजी अभियान ७ दिन भित्र भन्ने जनाउँने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.सुमनलाल दासले जानकारी गराउँनुभयो ।

सन् १९९३ मा गहन अध्ययन र पुनरावलोकन गरि औंलो नियन्त्रण कार्यक्रम रणनीतिहरुमा विश्व स्वास्थ्य संगठनले गरेको आग्रहलाई पछ्याउँदै, रोल ब्याक मलेरिया इनिसेटि लागु गरिएको हो । यो नीति अनुरुप जंगल र आसपासका क्षेत्रहरु, भीत्री मधेश तथा पहाडी क्षेत्रहरु, भित्री मधेश तथा पहाडी उपत्यकाहरुमा औलो नियन्त्रण कार्यक्रम प्रभावकारी रुपमा गर्दै आएको जनाएकोछ ।

प्रदेश अनुसार औलोको बढी प्रभाव भएको क्षेत्रहरुमा सुदुर पश्चिम, लुम्बीनी र कर्णाली, बागमतीमा बढी औलो प्रभावित भएको पाईयो । नेपाल सरकारले सन् २०२२ सम्ममा स्थानिय तहमा औंलो सून्यमा झार्ने रणनीती तय गरेको छ ।

तर आर्थिक बर्ष २०७८-०७९ मा २८ जनामा स्थानिय स्तारको र ३ सय २ जनामा आयातित औंलोका बिरामी प्रमाणित भैसकेका छन् । लुम्बिनी, कर्णाली र सुदुर पश्चिममा आयातित औंलोका बिरामी धेरै भएको डा.सुमनलालले बताउँनुभयो । नेपाल औलोको जोखिममा बढी छिमेकी मुलुक भारतको महाराष्ट्र, गुजरातबाट आएका बिरामी धेरै भएको पनि उहाँले जानकारी गराउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्