स्थानीय निर्वाचन–२०७९ : चापाकोटमा को बन्ला अबको प्रमुख



स्याङ्जा ।

सरकारले वैशाख ३० गते स्थानीय स्थानीय गर्ने घोषणा गरेसँगै चापाकोट नगरपालिकामा राजनीतिक चहलपहल शुरू भइसकेको छ । केही आकांक्षीले आ–आफ्नो नाम विभिन्न माध्यमबाट सार्वजनिक गर्न शुरू गरिसकेका छन् भने केहीले आन्तरिक तयारी गरिरहेका छन् ।

२०७४ सालको स्थानीय चुनावमा चापाकोट नगरपालिकामा प्रमुख र उपप्रमुख नेपाली कांग्रेसले जितेको थियो । चापाकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका शिवकुमार गिरीले ५ हजार ९ सय ८९ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका बुद्धिमान श्रेष्ठले ५ हजार ८, नेकपा माओवादी केन्द्रका हरिप्रसाद भट्टराईले ४ सय ५३, नयाँ शक्ति नेपालका रुकवीर विकले ४५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुनप्रसाद पंगेनीले ४१ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी विमला श्रेष्ठले ६ हजार ३ सय ५८ मत ल्याएर विजयी हुँदा नेकपा एमालेकी सरस्वतीदेवी भट्टराईले ४ हजार ४ सय ९६, नेकपा माओवादी केन्द्रकी सीता आचार्यले ४ सय ५३ मत ल्याउनुभएको थियो ।

चापाकोट नगरपालिकाकोे वडा नं १, २, ३, ४, ५, ६ र ८ गरी सातवटा वडामा नेपाली कांग्रेस र बाँकी रहेको ६, ९ र १० मा नेकपा माओवादी केन्द्र र एमाले विजयी भएको थियो । चापाकोट नगरपालिकाको वडा नं १ मा नेपाली कांग्रेसका टीकाराम तिवारीले ५ सय २२ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका डिलबहादुर आलेले ३ सय ७६ र नेकपा माओवादी केन्द्रका नरबहादुर आलले ५० मत ल्याउनुभएको थियो ।

त्यसै गरी, वडा नं २ मा नेपाली कांग्रेसका सूर्यबहादुर सेनले ५ सय ४८ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेकी डिलकुमारी थापाले २ सय ८१ र नेकपा माओवादी केन्द्रका लिलबहादुर कुमालले ८१ मत ल्याउनुभएको थियो । नगरपालिकाको वडा नं ३ मा नेपाली कांग्रेसका सुन्दरविक्रम खाँणले ५ सय ४९ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका लोकबहादुर सारूले २ सय १३ र नेकपा माओवादी केन्द्र का नइन्द्रबहादुर खाँणले ७ मत ल्याउनुभएको थियो ।

त्यस्तै, वडा नं ४ मा नेपाली कांग्रेसका विक्रम सारूले ८ सय ४४ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका दिलबहादुर खाँणले २ सय ३८ र नेकपा माओवादी केन्द्रका लालप्रसाद गुरुङले २६ मत ल्याउनुभएको थियो । वडा नं ५ मा नेपाली कांग्रेसका इन्द्रबहादुर शाहीले १ हजार १ सय १९ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका दालबहादुर थापाले २ सय १२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका श्रीकबहादुर थापाले ९ मत ल्याउनुभएको थियो ।

त्यसै गरी, वडा नं ६ मा नेपाली कांग्रेसका एकदेव भट्टराईले ६ सय ६४ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेले ३ सय २४, नेकपा माओवादी केन्द्रका सुकमाया विकले १९ मत र राष्ट्रिय प्रजातन्त्र पार्र्टीका घनश्याम बस्ताकोटीले १० मत ल्याउनुभएको थियो ।नगरपालिकाको वडा नं ७ मा नेकपा एमालेका रविचन्द्र बस्ताकोटीले ६ सय ३५ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिमलाल पोखरेल ५ सय ३८ र नेकपा माओवादी केन्द्रका तिलकचन्द्र ढकालले ५९ मत ल्याउनुभएको थियो ।

त्यस्तै, वडा नं ८ मा नेपाली कांग्रेस नवराज श्रेष्ठले ६ सय ८५ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका गोपालप्रसाद भण्डारीले ६ सय ७०, नेकपा माओवादी केन्द्रका विनोदप्रसाद खनालले ८३ मत र नयाँ शक्तिका खडानन्द भण्डारीले ४ मत ल्याउनुभएको थियो ।

नगरपालिकाको वडा नं ९ मा नेकपा एमालेका शंकरभक्त भण्डारीले ७ सय ५५ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टुकराज पाठकले ५ सय ८५, नेकपा माओवादी केन्द्रका महेशचन्द्र भट्टराईले १ सय ७, नयाँ शक्ति पार्टी नेपालका भरत पाठकले ९५ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका कृष्ण कुँवरले २० मत ल्याउनुभएको थियो । त्यसै गरी, वडा नं १० मा नेकपा एमालेका रामु कोइरालाले ४ सय ९० मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उदयराज श्रेष्ठले ३ सय ६१, नेकपा माओवादी केन्द्रका ईश्वरबहादुर थापा खाम्चाले २ सय ४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवन पंगेनीले १३ मत ल्याउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्