एमसीसी सम्झौतामा के लेखिएको छ ? (८)



(निरन्तर…)

ग) नेपाल सरकारले एमसीसी सम्झौताको कुनै परिशिष्टको व्यहोरा परिवर्तन गर्न चाहेमा त्यसको व्यवस्थापन कार्यपालिकाले गर्ने कि व्यवस्थापिकासम्म लाने भन्ने कुरा खण्ड ६.२ (ख) अनुसार हुनेछ । नेपालले सम्झौताका प्रावधान संशोधनका लागि मुलुकको आवश्यकताअनुसार संशोधनको प्रस्ताव भने राख्न सक्छ ।
खण्ड ६.३ अस्थायित्व । कुनै विवाद, असमझदारी र अस्थिरता सिर्जना भएमा देहायबमोजम हुनेछः
क) संशोधनका कारण यहाँ उल्लिखित १ देखि ८ सम्मका कुनै परिशिष्ट र धारामा जहाँ–जहाँ त्यसको असर पर्छ, त्यो हेरिनेछ । वा,
ख) यस सम्झौता र यसका कार्यक्रमसँग सम्बन्धित पक्षहरूबीच भएका कुनै अन्य सम्झौताबीच विवाद वा असमझदारी भएमा यही एमसीसी सम्झौता मान्य हुनेछ ।
खण्ड ६.४ कार्यकारी कानुन । यो सम्झौता अन्तर्राष्ट्रिय सहमति हो, यसको कार्यकारी व्यवस्थापन अन्तर्राष्ट्रिय कानुनको सिद्धान्तअनुसार हुनेछ ।
खण्ड ६.५ अतिरिक्त दस्तावेज । सम्झौताका गतिविधिसम्बन्धी सन्दर्भ सामग्री, दायित्व वा अधिकार, मौजुदा प्रावधान, सम्झौतालाई प्रोत्साहित गर्ने सामग्री वा यस्तै अन्य कागजात, अभ्यास गरिएको दायित्व तथा अधिकार, कुनै सम्झौतालाई सघाउने दस्तावेज, सम्झौता र कार्यक्रमसँग सम्बन्धित कागजात ।
खण्ड ६.६ सन्दर्भसामग्रीका रूपमा एमसीसी वेबसाइट । यस सम्झौतासँग सम्बन्धित कुनै सन्दर्भसामग्री, पीआईए वा यस सम्झौतासँग सम्बन्धित अरू कुनै सहमतिपत्र, कागजात वा प्राप्त सूचना, जानकारी, कुनै कारणवश झिकिएको वा थपिएको कागजात सबै एमसीसीको वेबसाइटमा प्रविष्ट गरिन्छ, समय–समयमा अपडेट गरिएका सामग्रीलाई सन्दर्भ सामग्रीका रूपमा लिनुपर्दछ ।

खण्ड ६.७ कानुनी सन्दर्भ सामग्री, नीति–नियम, निर्देशिका, सम्झौता खारेजी वा अवधिको समाप्तिसम्बन्धी सन्दर्भ सामग्री :
क) यस सम्झौताका हरेक सन्दर्भ सामग्री, पीआईए वा यस सम्झौसँग सम्बन्धित कुनै अन्य सहमति जो कानुनसँग सरोकार राख्दछ, नियमावली, नीति, निर्देशिका, र यस्तै अन्य कागजातलाई कानुनी सन्दर्भ सामग्री मानिनेछ । पूर्व प्रावधानहरूको संशोधन, पुनरावलोकन, पुनःस्थापना वा अदलीबदली, म्याद थपघट गरिएको विषयसँग सम्बन्धित कानुन, निर्देशिका, नीति, निर्देशिकासम्बन्धी अन्य कागजात ।
ख) एमसीसी परियोजनाको अवधि पाँच वर्षको तोकिएको छ, हस्ताक्षर भएको अवधिबाट यसको समय गणना गरिन्छ । तर, खण्ड ७.४ अनुसार अगाडि नै सम्झौता भंग हुने र यसको अवधि सकिने अवस्था पनि आउन सक्छ । यस विषयसँग वा खण्ड ५.१ सँग सम्बन्धित सामग्रीलाई यसको सन्दर्भ सामग्रीका रूपमा लिइनेछ ।

खण्ड ६.८ एमसीसीको अवस्था । एमसीसी संयुक्त राज्य सरकारको प्रतिनिधिका रूपमा अमेरिकी सरकारको कर्पोरेसनले हेर्ने सम्झौता हो । उसले नै यसको कार्यान्वयनको अवस्थाको निगरानी गर्दछ । तर, यस सम्झौताभन्दा बाहिर गएर यसको असर वा प्रभावका रूपमा देखाइएका दायित्व वा दाबी वा नोक्सानलाई संयुक्त राज्य अमेरिकी सरकारले बहन गर्नेछैन । एमसीसी वा अमेरिकी सरकार, एमसीसीकै कुनै पूर्व वा वर्तमान अधिकारी विरुद्ध गरिने कुनै दाबी, नेपाल सरकारले पूरा गर्नुपर्ने तर गर्न नसकेको कुनै दायित्वको जिम्मेवारी अमेरिकी सरकारले लिँदैन । एमसीसी कार्यान्वयनका सम्बन्धमा कुनै नोक्सान, क्षति, घाइते वा मृत्युका लागि अमेरिकी सरकारले क्षतिपूर्ति बहन गर्नेछैन । यो सम्झौता ठीक किसिमले कार्यान्वयन नगरेका कारण हुने नोक्सानी वा क्षति, घाइते वा मृत्युका लागि पनि अमेरिकी सरकारविरुद्ध कुनै उजुरबाजुर लाग्नेछैन । यो सम्झौता कार्यान्वयन नभएबापत वा कुनै गतिविधि गरिएका कारण संयुक्त राज्य अमेरिकाको सरकार वा एमसीसीको कुनै बहालबाला वा पूर्व कर्मचारी वा अधिकारीलाई नेपालका कुनै अदालत, अस्थायी वा स्थायी न्यायालयमा उपस्थित गराइने छैन ।
(क्रमशः)

अघिल्लो भाग पढ्नुहोस् :

एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) मा के लेखिएको छ ? (१)
एमसीसी सम्झौतामा के लेखिएको छ ? (२)
एमसीसी सम्झौतामा के लेखिएको छ ? (३)
एमसीसी सम्झौतामा के लेखिएको छ ? (४)
एमसीसी सम्झौतामा के लेखिएको छ ? (५)
एमसीसी सम्झौतामा के लेखिएको छ ? (६)
एमसीसी सम्झौतामा के लेखिएको छ ? (७)

प्रतिक्रिया दिनुहोस्