एमसीसी सम्झौतामा के लेखिएको छ ? (७)



(निरन्तर…)
खण्ड ५.२ खारेजी, स्थगन र अवधि समाप्ति ।
क) परियोजना समाप्ति वा खारेजी समारोहमा दुवै पक्ष सौहार्द रूपमा सहभागी हुनेछन् र खण्ड ५.१ (क) अनुसारको प्रक्रिया अघि बढाउने छन् ।
ख) एमसीसीलाई जुन कारणले सम्झौता भंग वा खारेजी गरिएको हो त्यसमा सुधार आयो भन्नेलागेमा, सरकार वा अन्य सरोकारवाला व्यक्ति वा निकायको प्रतिवद्धतामा विश्वस्त भएमा एमसीसीले सम्झौतालाई पुनः निरन्तरता दिनसक्नेछ ।
ग) यो सम्झौता सम्पूर्ण वा आंशिक रूपमा स्थगित वा खारेजीमा परेमा वा अवधि समाप्त भएमा खण्ड ४.२ को प्रावधान अनुसारको कार्यान्वयन सम्झौताका एमसीसी कोष, सम्बद्ध शीर्षकमा छुट्याइएको खर्च वा कार्यक्रमको सम्पत्तिलाई स्थगन वा खारेजी पछिको खर्च वा सम्पत्तिका रूपमा हेरिने र अभिलेख बनाइने छ । आंशिक स्थगनका अवस्थामा परियोजनाको निर्दिष्ट खण्ड स्थगनमा परे पनि बाँकी सबै खण्डहरू पूर्ण गतिका साथ कार्यान्वयनमा आउनेछन् ।

खण्ड ५.३ फिर्ता, उल्लंघन
क) एमसीसीको कुनै कोष, ब्याज रकम वा आम्दानी वा कार्यक्रमको सम्पत्ति सम्झौताविपरीत वा शर्तहरूको उल्लंघन गर्दै खर्च गरिएमा एमसीसीले पत्र लेखी सो रकम, सम्पत्ति र त्यसको ब्याजसमेत ३० दिनभित्र संयुक्त राज्य अमेरिकालाई नेपाल सरकारले डलरमा फिर्ता गर्नुपर्छ । सरकारले एमसीसी कोष, प्रक्रियागत रूपमा रहेको रकम, कार्यक्रमको सम्पत्ति प्रयोग गर्दै त्यस्तो रकम फिर्ता गर्न पाउनेछैन ।
ख) यसरी फिर्ता गर्नुपरेको कारण देखाई सरकारले परियोजनाका कुनै पनि गतिविधि समयमा पूरा नगर्न वा अन्यथा गर्न पाउने छैन । खण्ड ५.३ (क) अनुसारको एमसीसीको अधिकार ऊसँग सुरक्षित रहनेछ । यसरी रकम फिर्ता गर्नुपर्ने अवस्था परियोजना अवधिभित्र मात्र सीमित हुनेछैनः
१. परियोजना समाप्तिको पाँच वर्षभित्र वा २. शर्त उल्लंघन भएको बारे एमसीसीको जानकारीमा आएको एक वर्षभित्र– यी दुई अवस्थामा जुन पछिल्लो अवधि हुन्छ, त्यस बेलासम्म फिर्ता माग्नसकिने छ ।
खण्ड ५.४ ब्याज भुक्तानीमा ढिलाइ । यस सम्झौताअनुसार नेपाल सरकारले कुनै पनि रकम भुक्तानी गर्न असमर्थ भएमा वा कार्यक्रम कार्यान्वयन सम्झौता खण्ड २.८ (ग) र ५.३ (क) अनुसार बक्यौता रहेमा ब्याज रकम बाँकी सरह मानिनेछ । भुक्तानी नगरेको रकमको ब्याजको दर निर्धारण अमेरिकी कोष (युएट्रेजरी करेन्ट भ्यालु अफ फन्डस् रेट) ले निर्धारण गरेअनुसार हुनेछ । बक्यौता रकमको ब्याजको हिसाब गर्दा ३६० दिनको वर्ष मानेर भुक्तानी गर्ने दिनसम्मको दैनिक ब्याजको अंक निकालिनेछ । यस्तो रकमको ब्याजलाई सर्वप्रथम ऋणका रूपमा रूपान्तरित गरिनेछ र त्यसमा ब्याज लगाइनेछ ।
खण्ड ५.५ उत्तरजीवन । यो खण्ड र खण्ड २.७, २.८, ३.२ (च), ३.७, ३.८, ५.२, ५.३, ५.४ र ६.४ समाप्तिबाट १२० दिनसम्म सुरक्षित रहनेछन् वा उत्तरजीवन पाउनेछन् ।

धारा ६
सम्झौताको परिशिष्ट, संशोधन, सञ्चालन कानुन
खण्ड ६.१ परिशिष्ट । हरेक परिशिष्ट यस सम्झौताका अभिन्न अंग हुन् । कुन परिशिष्ट कुन धारा र खण्डसँग सम्बन्धित छ भन्ने प्रष्ट खुलाइएको छ ।
खण्ड ६.२ संशोधन तथा सुधार ।
क) यस सम्झौतालाई पक्षहरूले लिखित सहमतिका आधारमा संशोधन गर्नसक्नेछन् । यस्ता सहमति कसरी कार्यान्वयन गर्ने भन्ने सम्बन्धमा त्यहीं उल्लेख गरेअनुसार हुनेछ ।
ख) यद्यपि उपखण्ड (१) नेपाल सरकार र एमसीसीले लिखित रूपमा सहमति गर्नसक्ने छन्, त्यो दुवै पक्षले हस्ताक्षर गरेपछि लागुहुनेछ, त्योसँग सम्बन्धित परिशिष्ट पनि सोहीअनुसार परिमार्जन गरिनेछ (क) स्थगन, खारेज वा कुनै परियोजना वा क्रियाकलापको परिमार्जन (ख) परिशिष्टमा लगानी वितरणमा परिवर्तन (ग) परिशिष्ट १ मा व्याख्या गरिएअनुसार कार्यान्वयन प्रावधानमा सुधार । (घ) कुनै संकेत, आधाररेखा वा लक्ष्य वा एमसीसी नीतिअनुसार परिशिष्टमा व्यहोरा सच्याउनु, सुधार गर्नु वा थप्नु पर्दछ । (ङ) परिशिष्ट ७ मा एमसीसी कोषको करबाट मुक्त गर्ने प्रक्रियामा परिमार्जन गरिनेछ ।
यस प्रकारको परिमार्जन गर्दा देहायका कुरामा ध्यान दिइने छः
(१) परियोजनाको उद्देश्यमा परिवर्तन हुनेछैन ।
(२) परियोजनाका लागि निधारित गरिएको लगानी अंक जो खण्ड २.१ मा उल्लेख गरिएको छ, भन्दा बढी हुनेछैन ।
(३) खण्ड २.(क) मा उल्लेख गरिएको कम्प्याक्ट सीडीएफ अंकभन्दा अधिक हुनेछैन ।
(४) नेपाल सरकारले गर्ने लगानी रकम जो २.६ (क) मा उल्लेख छ, घटाउने गरी परिमार्जन हुनेछैन ।
(५) परियोजनाको समयावधि बढाउने गरी परिमार्जन हुनेछैन ।
(क्रमशः)

अघिल्लो भाग पढ्नुहोस् :

एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) मा के लेखिएको छ ? (१)
एमसीसी सम्झौतामा के लेखिएको छ ? (२)
एमसीसी सम्झौतामा के लेखिएको छ ? (३)
एमसीसी सम्झौतामा के लेखिएको छ ? (४)
एमसीसी सम्झौतामा के लेखिएको छ ? (५)
एमसीसी सम्झौतामा के लेखिएको छ ? (६)

प्रतिक्रिया दिनुहोस्