बडीमालिकाको पर्यटन गुरुयोजना : सडक, सञ्चार र आवास पहिलो प्राथमिकतामा



बाजुरा ।

बडीमालिका नगरपालिकाले बुधबार पर्यटन गुुरुयोजनाको मस्यौदा सार्वजनिक गरेको छ । सुदूरपश्चिमकै धार्मिक एबं पर्यटकीय महत्व बोकेको बडीमालिका नगरपालिका क्षेत्रभित्रका दर्जनौं सम्भाव्यताको स्थलगत अध्ययनसहितको २ सय पृष्ठ बढी पर्यटन गुरुयोजनाको मस्यौदा सार्वजनिक गरेको हो ।

पर्यटन प्रवद्र्धन विषेशज्ञ एवं टुरिजम मास्टर प्लानका सहजकर्ता डाक्टर प्रमिलकुमार उपाध्यायले प्रस्तुत गर्नुभएको मस्यौदापत्रमा विशेष गरी बडीमालिका नगरपािलकाभित्रका धार्मिक, सांस्कृतिक, ऐतिहासिक पुरातत्व, प्राकृतिक आकर्षक सम्पदा समेटिएका छन् । उक्त गुरुयोजनाले पर्यटनका सम्भावना, अवसर र चुनौतीलाई समेत प्रस्ट्याइको छ ।

बडीमालिका नगरपालिकाका नौ वटै वडाको सूचना समेटेर तयार पारिएको गूरुयोजनाका मुख्य विषहरुमा पर्यटकीय स्थान तथा अवस्थित, पर्यटकीय आकर्षण, पर्यटनका मुख्यबजार क्षेत्र, आवगमनको अवस्था, पर्यटकीय आवासको अवस्था, भइरहेको बजार, पर्यटकीय उपजको छवीलगायतका विष्यावस्तु समावेश गरिएका छन् । नगरपािलकाका नौवटै वडाका पर्यटकीय आकर्षकहरु तथा तिनको संकेत तथा उचाइसहितको छुट्टाछुट्टै नक्सा बनाइएको छ ।

कार्यक्रममा पर्यटन गन्तव्यका आन्तरिक सवल पक्ष र बाह्य अवसर तथा चुनौतीहरुको संकलन तथा विश्लेषण गरिएको थियो । ४ हजार २ सय १४ मिटर उचाइमा अवस्थित बडीमालिका मन्दिरको वर्णन तथा तीनवटा गन्तव्यस्थल मार्तडी, नाटेश्वरी पोरखेगढीबाट बाइसपाटन घुमेर त्रिवेणीधाम तथा बडीमालिका मन्दिर पुग्न सकिने आधार तय गरिएको छ ।

बाजुराको २२ पाटन त्रिबेणीधाम, बडीमालिका, वीरेखोला झरना, कालाजग्रा, बूस्ढाकोर्ध मालिका केबलकार, पोरखेगढी, गणेश गुफा, देनजुगाडा सेरी दरबार, बाउली बन्जी, जाल्पादेबी डाँडा भ्युटावर निर्माण, रजाली तरकारी पकेट, ढम्कने कोर्ध आलु पकेट, जुगाडा फलफूल पकेट, अनाइखोलादेखि कालिका हुँदै चुथीसम्म व्यस्थित पर्यटकीय पदमार्गका रूपमा रेलिङसहितको सिँढी, खाजा खाने आराम गर्ने फनपार्क सहितको भौतिक पूर्वाधार विकास गर्न सके पर्यटन प्रवद्र्धनमा दिगो विकासमा टेवा पुग्ने गोष्ठीका सहभागीले सुझाव दिएका थिए ।

त्यस्तै, गोष्ठीका सहभागीहरुले पर्यटन दिगो विकासका लागि साँफे–मार्तडी, मार्तडी–कोल्टी सडक बाह्रैमास सञ्चालन हुनुपर्ने । कफल्टा एयरपोर्ट निर्माण गर्नुपर्ने, भरपर्दो टेलिफोन सुविधा र पर्यटन बजारीकरणका साथै पर्यटन शुल्क उठाउन नीतिगत व्यवस्था गर्न सकेमात्र पर्यटन विकास गरुयोजनाले सार्थकता पाउने बताइएका थिए ।

प्रतिक्रिया दिनुहोस्