२ सय ५० करोड वायु प्रदूषणको चपेटामा



लन्डन, (एजेन्सी) ।

द लान्सेट प्लानेटरी हेल्थ जर्नलमा प्रकाशित भएको एक नयाँ अनुसन्धानका अनुसार संसारभरिका शहरमा रहेका करिब २ सय ५० करोड मान्छे वायु प्रदूषणको चपेटामा छन् । यही कारण सन् २०१९ मा यी शहरमा १८ लाखभन्दा बढीको मृत्यु भएको थियो ।

लेन्सेटकै अर्को अध्ययनमा वैज्ञानिकहरुले मानेका छन् कि २०१९ मा वायु प्रदूषणबाट २० लाखभन्दा बढी बच्चा दमको रोगको शिकार भएका थिए । विश्वको ५५ प्रतिशतभन्दा बढी जनसंख्या शहरमा रहेका छन्, जहाँ वायु प्रदूषण एक आम समस्या हो । पहिलो अनुसन्धामा यो उल्लेख गरेको छ कि पीएम २.५ संसारमा बढ्दो मृत्युको प्रमुख कारण हो । यो वायुमा हुने यस्तो कण हो जसको आकार २.५ माइक्रोमिटर या त्योभन्दा कम हुन्छ । जब यो कण मानव शरीरभित्र जान्छ, तब मुटु र श्वाससम्बन्धी रोग हुने खतरा बढ्छ । यसले समयभन्दा पहिले नै मृत्यु पनि हुन सक्छ ।

यो अनुसन्धानमा वैज्ञानिकहरुले संसारका १३ हजार शहरहरुमा सन् २००० देखि २०१९ सम्मको पीएम २.५ को बढ्दो मात्राको तथ्यांक निकालिएको हो । यसमा सबैभन्दा धेरै बढ्दो प्रभाव दक्षिणपूर्वी एसियामा पाइएको छ । यहाँ वायु प्रदूषणबाट हुने मृत्युको दर ३३ प्रतिशतदेखि ८४ प्रतिशतसम्म बढेको पाइएको छ ।

लेन्सेट जर्नलको अर्को अनुसन्धानअनुसार हावामा बढ्दो नाइट्रोजन डाइअक्साइड (एन–०२) को मात्राले बच्चालाई दमको रोगी बनाइरहेको छ । एन–०२ एक वायु प्रदूषक वस्तु हो जुन गाडी, पावर प्लान्ट्स, औद्योगिक निर्माण र कृषिबाट निस्कन्छ । अनुसन्धानको अनुसार २००० देखि २०१९ सम्म संसारमा १३ हजार १ सय ८९ शहरी क्षेत्रमा बच्चा दमको रोगी भएको देखिएको छ । दम रोगी हुने बच्चामा करिब २० लाख मामिला एन–०२ कै देन रहेको छ । साथै हरेक वर्ष यसमा ८.५ प्रतिशत नयाँ केस जोडिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्