सरसफाईकर्मीको परिवारलाई खाद्यान्न सामग्री तथा स्वच्छता किट वितरण



काठमाडौं ।

सरसफाई क्षेत्रमा कार्यरत २०० सरसफाईकर्मीहरुको परिवारलाई खाद्यान्न रस्च्वच्छता सामग्री सहयोग गरेको छ ।
सरकारले महामारीको अवस्थामा सबैमा विभिन्न महत्वपूर्ण सुविधाअन्तरगत एक महत्वपूर्ण सुविधाको रुपमा उल्लेख गरेको हो । सरसफाईकर्मीहरुले प्रथम पङतीमा रहेर कोभिड संक्रमित रहेको घरहरु र सडकका फोहोर व्यवस्थापन गर्दै आएका छन् ।

सरसफईकर्मीहरुको देश स्वच्छ राख्ने मेहेनतमा साथदिन गुथि, क्यालिगरि नेप्लिज कम्युनिटी एसोसियसन क्यानडा र कोभिड १९ -यापिड याक्सन टास्क फोर्स को संयुक्त आयोजनामा २०० सरसफाईकर्मी परिवारहरुलाई खाद्यान्न र स्च्वच्छता सामग्री सहयोग गरेको छ ।

उक्त सहयोगले करिब १००० अनौपचारिक क्षेत्रका सरसफाईकर्मी र उनका परिवारहरुलाई खाद्यान्न सहयोग पुग्ने जानकारी CNCA का कोषाध्यक्ष निर्मल न्यौपानेले दिए । यसका साथै सरसफईकर्मीहरुका लागि मास्कको सही सदुपयोगका लागि जनचेतना मूलक अभिमुखि करण पनि दिइयो ।

 

सरसफाईकर्मीहरु समाजका सरसफाई दुत छन् संविधान सभाकापूर्व साँसदविमल केडियाले सरसफाईकर्मीहरुले सरसफाई क्षेत्रमा पु-याउनु भएको योगदानको सह्राना गरे । जनस्वास्थ्यमा सरसफाईको महत्वसवैले मनन गरी सरफाईकर्मीहरुको कार्यलाई सम्मान गर्नु आवश्यक रहेको कुरा बताउदै सरसफाईकर्मीहरुको सहकारी स्वाभिमानी सरसफाईकर्मी सहकारी समुहका लागि केडियाले रु ५१,००० नगदसहयोग हस्तान्तरण गरे ।

प्रत्येक दिन काठमाडौं उपत्यकामा १२०० मेट्रिक टन फोहोर उत्पादन हुन्छ भने यसको ५०% फोहोर काठमाडौं महानगरपालिकावाट उत्पादनहुने गर्दछ । कोरोनाको महामारीको समयमा संक्रमणको जोखिमको अवस्थामा पनि सरसफाईकर्मीहरुले फोहोर व्यवस्थापनको कार्य गरि रहेका छन् । प्रत्येक दिन मास्क र पन्जा आफ्नै खर्चमाल गाई सरसफाईकर्मीहरुले काम गरिहेका छन् । संक्रमण हुने भन्ने डर एकातिर छ भने काम बन्द भए कहाँबाट कमाउने र के खाने भन्ने चिन्ता अर्को तिर लिएर काम गर्न बाध्य छन । अहिले सिस्डोल बन्द हुँदा सवै सरसफाईकर्मीहरुमा चिन्ता बढेको छ ।गुथिका प्राविधिक सल्लाकार प्रकाश अमात्यले बताए ।

‘‘अधिकतम सरसफाईकर्मीहरु अनपढ छन् र उनीहरुलाई कुनै एक ठाउँमा काम गरेर जीवीका पोर्जन गर्न पुग्ने तलब पाउदैन । त्यसैले दैनिक २–३ ठाउँमा काम गर्नु पर्दछ । महामारीका कारण लकडाउनले कार्यालय,व्यवसायहरु बन्द भएपछि आयस्रोत पनि बन्द भएको स्वाभिमानी सरसफाईकर्मी सहकारी समुहका अध्यक्ष अन्जु पोडेले बताईन ।‘‘सरसफाईकर्मीहरुले दिनहु संक्रमणको सन्त्रास संगै काम गरिरहेका छन् ।

उनीहरुलाई पनि डाक्टरहरुले प्रयोग गर्ने सुरक्षा सामग्रीको जरुरी भएको कुरास्वास्थ्यमन्त्रालयलाई राख्दा डाक्टरहरुलाई त अहिले सुरक्षा सामग्रीप्रदान गर्न नसक्ने अवस्थामा सरसफाईकर्मीहरुलाई कुनै सहयोग गर्ने सरसफाई व्यवस्थापन संघ नेपालका पुर्व अध्यक्ष वासु उप्रेतिले बताए ।धेरै समय पछि जिवन सामान्यतर्फ जाँदै गरेको तर सरसफाईकर्मीहरुमा अझै त्रास रहेको स्वाभिमानी सरसफाईकर्मी सहकारी समुहका उपाध्यक्ष रामेश्वर पोखरेको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्