कोभिड–१९ महामारीको संकटमा सार्क राष्ट्रलाई भारतको महत्वपूर्ण सहयोग



इन्डिया न्युज नेटवर्क ।

महामारीको संकटको घडीमा पनि भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) देशहरूलाई अक्सिजन आपूर्तिदेखि लिएर कोभिड खोप, मास्क र परीक्षण किटजस्ता सबै सम्भावित तरिकाले सहयोग गरेको छ ।

भारतमा पनि महामारीको समस्या थियो तापनि भारत आफ्नो अन्तर्राष्ट्रिय जिम्मेवारी र ‘वसुधैव कुटुम्बकम्’ (संसार एक परिवार हो) को मन्त्रको पालना गर्न पछि हटेन । प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क देशहरूलाई कोभिडविरुद्ध लड्न एकजुटको आह्वान गरेका छन् ।

कोभिड–१९ महामारीको सामना गर्न भारत सार्क सहयोगको नेतृत्व गर्दै आएको छ । कोभिड स्थितिको सन्दर्भमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीको शुरुवातदेखि नै सार्क राष्ट्रका नेताहरूसँग कुराकानी प्रारम्भ गरेका थिए ।

सन् २०२० मार्च महिनाको १५ तारिखमा प्रधानमन्त्री मोदीले सार्क नेताहरूसँग भिडियो सम्मेलनको माध्यमबाट कोभिड–१९ को सामना गर्न एक साझा रणनीतिको रूपरेखामाथि कुराकानी गरेका थिए ।

सबै देशहरूको स्वैच्छिक योगदानको आधारमा, उनले सार्क देशहरूका लागि एक कोभिड–१९ आपतकालीन कोषको स्थापनाको प्रस्ताव राखेका थिए । भारतले कोषका लागि एक करोड अमेरिकी डलरको प्रारम्भिक प्रस्ताव राखेको थियो । उनले डाक्टर र विशेषज्ञहरूको द्रुत प्रतिक्रिया टोली गठन, परीक्षण किट र अन्य उपकरणहरूको व्यवस्था गरेर महामारीको सामना गर्नका लागि राष्ट्रहरूलाई तयार पारेका छन् ।

प्रधानमन्त्रीले छिमेकी देशहरूका आपतकालीन प्रतिक्रिया टोलीहरूका लागि अनलाइन प्रशिक्षण कार्यक्रमको व्यवस्था पनि गरेका थिए । साथै, उनले भारतको एकीकृत रोग निगरानी पोर्टलको सफ्टवेयर पनि साझा गरेका थिए, जसको मद्दतले सम्भावित भाइरस वाहकहरू र तिनीहरूको सम्पर्कमा आएकाको पहिचान गर्न सकिन्छ ।

यसै वर्षको फेब्रुअरी १८ मा प्रधानमन्त्री मोदीले सार्क स्वास्थ्य सचिवस्तरीय बैठकको आयोजना गरेका थिए । जसमा उनले कोभिड–१९ संकट विषयमा सम्बोधन गरेका थिए । उनले महामारीको दौरान डाक्टर र नर्सहरूका लागि एक विशेष भिसा योजना निर्माणको प्रस्ताव गरेका थिए । साथै, उनले क्षेत्रीय हवाई एम्बुलेन्स सेवा शुरू गर्ने र कोबिड–१९ खोपको सम्बन्धित अध्ययनका लागि एक मञ्चको निर्माण गर्ने पनि प्रस्ताव राखेका थिए ।

भारतले सार्क राष्ट्रहरूलाई कसरी महामारीको सामना गर्न मद्दत गरेको छ ?

नेपाल

बिहीबार भारतले कोभिड–१९ महामारीको सामना गर्न सहयोग पुर्‍याउन नेपाललाई चिकित्सा अक्सिजन प्लान्ट उपहारस्वरूप प्रदान गरेको छ । काठमाडौँस्थित भारतीय दूतावासका अनुसार यो प्लान्ट प्रतिव्यक्ति ५ एलपीएम (लिटर प्रतिमिनेट) प्रदान गर्नको लागि डिजाइन गरिएको हो, जसको कुल क्षमता ९ सय ६० एलपीएम रहेको छ ।

सन् २०२१ अप्रिल २२ मा भारतले नेपाललाई २३ टन औषधि र परीक्षण किट उपहार दिएको थियो ।

सन् २०२१ मे महिनामा भारतले नेपाललाई स्वदेश निर्मित ३० हजार कोभिड–१९ भाइरस पहिचान गर्ने क्वालिटेटिभ रिभर्स ट्रान्सक्रिप्सन पोलिमरेज चेन रिएक्सन (आरटी–पीसीआर) परीक्षण किट प्रदान गरेको थियो ।

जुन महिनामा भारतीय सेनाले नेपाली सेनालाई १८ करोडभन्दा बढीको चिकित्सा सहायता प्रदान गरेको थियो । भारतीय सेनाले भेन्टिलेटर, एम्बुलेन्स, सघन हेरचाह इकाइ श्यया, व्यक्तिगत सुरक्षा उपकरण सेट र पीसीआर परीक्षण किटसहित चिकित्सा सहायता हस्तान्तरण गरेको थियो ।

बंगलादेश

भारतले बंगलादेशलाई बिहीबार लगभग २० टन आवश्यक चिकित्सा उपकरण, जीवन रक्षक सहायक उपकरणसहित ४० एम्बुलेन्स हस्तान्तरण गरेको छ । प्रधानमन्त्री मोदीले २६–२७ मार्चमा आफ्नो भ्रमणका क्रममा बंगलादेशलाई १०९ वटा एम्बुलेन्स उपहार दिने घोषणा गरेका थिए । अहिलेसम्म, बंगलादेशले ७१ वटा एम्बुलेन्स प्राप्त गरिसकेको छ ।

दुई हप्ताअघि ढाकाले एक खरिद सम्झौताअन्तर्गत १ सय ८६ टन तरल चिकित्सा अक्सिजन बोकेको सातौं अक्सिजन एक्सप्रेस ट्रेन प्राप्त गरेको थियो । बंगलादेशका अस्पतालहरूमा कोभिड–१९ संक्रमित बिरामीको उपचारका लागि भारतले पहिलो खेप जुलाई २४ मा पठाएको थियो ।

सन् २०२१ जनवरी महिनामा भारतले बंगलादेशलाई कोभिड–१९ खोपको २० लाख खुराक पठाएको थियो ।

मार्च महिनाको २५ तारिखमा ढाकाले ३० हजार सर्जिकल मास्क र १५ हजार टोपी प्राप्त गरेका थियो । दोस्रो खेपमा ५० हजार सर्जिकल लेटेक्स पञ्जा र एक लाख हाइड्रोक्सिक्लोरोक्विन औषधि ट्याब्लेटहरू प्राप्त गरेका थियो । सन् २०२१ मे महिनामा भारतले बंगलादेशलाई आपतकालीन चिकित्सा सहायताका रूपमा ३० हजार कोभिड–१९ परीक्षण किट पठाएको थियो ।

श्रीलंका

चार दिन पहिले, भारतीय नौसेना जहाज शक्ति १०० टन तरल चिकित्सा अक्सिजन श्रीलंका पुर्‍याएको थियो । सन् २०२१ अगस्ट २५ तारिखसम्म भारतले २ सय ८० टन अक्सिजन प्रदान गरेको छ ।

सन् २०२० अप्रिल–मे महिनामा भारतले श्रीलंकालाई २६ टन आवश्यक चिकित्सा आपूर्ति उपहारस्वरूप प्रदान गरेको थियो ।

भुटान

भुटानले सर्वप्रथम कोभिड–१९ खोप उपहारस्वरूप प्राप्त गरेको थियो । हालसम्म भारतले भुटानलाई ५ लाख ५० हजार कोभिड–१९ खोप उपहारस्वरूप प्रदान गरिसकेको छ ।

अप्रिल महिनामा भारतले कोरोनाभाइरस आपतकालीन कोषअन्तर्गत भुटानलाई सहयोग गर्न चिकित्सा आपूर्तिको एक खेप पठाएको थियो ।

माल्दिभ्स

सन् २०२१ जनवरी महिनामा भारतले माल्दिभ्सका स्वास्थ्यकर्मीहरूलाई खोप लगाउन एक लाख खोप खुराक उपहारस्वरूप प्रदान गरेको थियो । भारतले माल्दिभ्सलाई भारतीय उत्पादन कम्पनीहरूबाट सस्तो दरमा खोप खरिद गर्न सहयोग पुर्‍याएको छ ।

गत वर्ष, सेप्टेम्बर महिनामा, माल्दिभ्सले कोभिड–१९ संकटमा पनि २५ करोड अमेरिकी डलरको आर्थिक सहयोगका लागि भारतलाई धन्यवाद दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्