कोरोना महामारीको जिम्मा कसले लिने ? जनता कि शासक



भगवती तिमल्सिना, काठमाडौं । 

विश्वभरि कोरोना संक्रमणका कारण १ वर्षको अवधिमा १० करोड ६९ लाख ६५ हजार ११ जना संक्रमित तथा २३ लाख ४२ हजार ८ सय ८ जनाको मृत्यु भइसकेको छ । विश्वमै स्वास्थ्य समस्या, आर्थिक र सामाजिक समस्या उत्पन्न भई रोजगारीसमेत गुमेको छ ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २ सय १५ जना सरकारको रेकर्डमै छ भने २ हजार ४७ जनाले कोरोना संक्रमणकै कारण अकल्पनीय मृत्यु वरण गरेका छन् । सरकारी पदधारी नेता र पद छोडेका नेताहरुले देश र जनसमुदायका पक्षमा यो विशाल जुलुस निकालेका छौं भनिरहँदा कोरोना नियन्त्रणका लागि कुन नेताले के–के योगदान गरे र कोरोनाविरुद्धको खोप ल्याउने के पहल गर्दै छन् उद्घोष गरेका भए पत्याउन कर लाग्थ्यो ।न त देशको सिमानामा मिचिएका सीमास्तम्भ कायम गराउने तर्क नै दिए । कोरोनाको महामारीबाट अभिभावक तथा सन्तान गुमाएर शोकमा डुबेका परिवारलाई सान्त्वनाको शब्दसम्म बोल्लने हिम्मत कसैले गरेन ।देशका नेताहरुको भूमिका भनेकै देश र जनतालाई परेको संकटमा साथ दिनु र साथ लिएर देशको विकासका लागि कानुन सम्मत ढंगले एकत्रित बनाउनु हो ।

तर नेपालका नेताहरुले भने आफ्नो दुनु सोझ्याउनका लागि साम, दाम, दण्डभेद जे पनि अपनाउन सक्छन् । जनस्वास्थ्य, जनताको गाँस, बास र कपासका विषयमा चुनावी घोषणापत्रको एजेन्डा बनाउनेबाहेक उपलब्धिमँलक काममा प्रयोग गर्न नसक्दाको विडम्बना यति बेला दातृ निकायले दान दिएको कोरोनाविरुद्धको खोप हात थापेर मेरो पनि भाग आउला कि भनेर जनताले बाटो हेर्नुपरेको छ ।नेपालका नेताहरुले यो या त्यो नाममा प्रदर्शन गर्न सडकमा देशभरिबाट जनतालाई आस र त्रासमा पारेर काठमाडौं मा उतार्दा लाग्ने खर्चले कोरोनाविरुद्धको खोप खरिद गरी गाउँगाउँसम्म पु¥याई छिटोभन्दा छिटो सबै जनतालाई पँर्ण खोपयुक्त बनाउने प्रयत्न गरेका थिए भने निकै स्यावासी र विश्वास पाउने थिए । ‘जनताको स्वास्थ्य सेवाका लागि सामान्य व्यवस्थापन गर्न ध्यान नदिने, आफु र आफ्ना परिवार बिरामी परे विदेशका सम्पन्न अस्पतालमा लगी उपचार गराउने सुविधा लिने नेताहरुले जनस्वास्थ्यका विषयमा कहिले सोच्लान् रु’ –पीडित जनताले प्रश्न गरिरहेका छन् ।

यो परिस्थितिमा कति नेपाली नागरिक रोग, भोक र शोकमा डुबेका छन् भन्ने विषयमा देश चलाउने शासकदेखि नेताहरु कसैलाई पनि चिन्ता भएको देखिन्न । कोरोना महामारी एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सामान्य श्वासप्रश्वास, हावा, छुँदा, बस्दा र बोल्दासमेत सर्ने भएकै कारण मुखमा मास्क लगाएर २ मिटरको दुरी कायम गरी बारम्बार स्यानिटाइजर लगाएर र साबुनपानीले हात धोएर सुरक्षित बस्न विश्व स्वास्थ्य संगठनले औंल्याएका मापदण्डलाई प्रधानमन्त्री स्वयम्ले समेत पालना नगर्दा भोलिका दिनमा कोरोना संक्रमणले भयावह रुप लियो भने यसको जवाफदेही कोरुराज्यको प्रमुख व्यक्तिले प्रतिस्पर्धाका नाममा सडकमा सकेजति कार्यकर्ता उतार्ने र प्रदर्शन गर्ने शैलीलाई आधिकारिकरुपमै स्विकारेको चार दिन बित्न नपाउँदै माधव, झलनाथ र प्रचण्डको नेतृत्वको समुहले ५ लाख मानिस सडकमा उतार्‍यौ, यो हो विशाल प्रदर्शन भन्दै उद्घोष गरिरहुदा हिजो कोरोना संक्रमण भएर उपचार नपाएर अस्पतालको ढोका ढकढक्याउँदा ढकढक्याउँदै मृत्युवरण गर्न पुगेका नागरिकका परिवारले नेताहरुको द्वैध चरित्रप्रति धिक्कारिरहेको स्वास्थ्य विज्ञहरुको ठम्याइ छ ।
पछिल्लो समय कोरोना संक्रमितको संख्यामा केही सुधार आएको भए पनि निर्मँल भइनसकेको अवस्थामा यसरी हुलभीड गर्नु थप चुनौतीको विषय भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारम्बार आम नागरिकमा मास्क लगाउन, हात धुन, स्यानिटाइजर लगाउन अपिल गरेकै छ ।

तर कुनै पनि नेताहरुका आफन्त कोरोनाका कारण गुमाउनुनपरेरै होला जनताका पीर मर्कामा मलमपट्टी लगाउनुको सट्टा हरेक दिनजसो सडक जाम गर्ने, लाखौं मान्छे सडकमा उतारेर सडकका दायाँबायाँ दिसा, पिसाब, खानेकुराका बट्टा, बोक्रा, कागज, फोहोर फाल्ने र सडक किनाराका घरआँगनमा समेत फोहोर गरेकोमा प्रदर्शनस्थल आसपासका स्थानीय घरपरिवार रुष्ट भएका छन् ।सत्ता सम्हालिराखेका र सत्ताबाहिर रहेका नेताहरुले पटकपटक विशाल सभाका नाममा नागरिकलाई सास्ती दिँदै सडकमा यातायातका साधन गुड्नलाई नै अवरोध पुर्‍याउँदै आएका छन् । बिरामी बोकेर आएका गाडीसमेत अस्पताल नपुग्दै अर्कै बाटोतर्फ मोडिनुपरेको छ । तर एउटै नेताले पनि जनस्वास्थ्य र कोरोनाविरुद्धको खोपका विषयमा बोलेको सुनिएन । मात्र एक पक्षले अर्को पक्षको नेतालाई सकेजति आरोप, प्रत्यारोप लगाएर काम गर्न दिएनन् भन्ने मात्र सुन्नु नेपाल र नेपाली जनताका लागि दुर्भाग्य नै हो ।

कोरोनाका विषयमा मात्र स्वास्थ्यकर्मीले बोल्ने र उपचारका लागि रातदिन, परिवारसमेत नभनी खटेका छन् भने आफै संक्रमित होउन्जेल सञ्चारकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक जनतालाई सुचना दिएर सचेत बनाउने काममा खटिरहेका छन् । यस्तो अवस्थामा जनस्वास्थ्य कसरी सुदृढ हुन्छ भन्दै स्वास्थ्यकर्मी प्रश्न गर्छन् । कोरोना संक्रमणका समयमा रातदिन खटेका स्वास्थ्यकर्मी केही दिनदेखि नेताहरुको यो व्यवहारले गर्दा भोलिका दिनमा कोरोना संक्रमणले भयावह स्थिति लियो भने कहाँ राखेर उपचार गर्ने भन्दै चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्