लामखुट्टेले गर्दा घट्यो डेंगु संक्रमण !



जाकार्ता (एजेन्सी) ।

कोरोना संकटबीच डेगु ज्वरोको कहरसँग लडिरहेको विश्वका लागि कयौं देशका लागि खुसीको समाचार आएको छ । इन्डोनेसियाका सोधकर्ताहरुले लामखुट्टेमा एक विशेष ब्याक्टेरियाबाट संक्रमित गरेपछि ७७ प्रतिशत सम्म डेंगु संक्रमण घटेको छ । डेंगुबाट हरेक बर्ष ४० करोड संक्रमित हुने गर्छ र २५ हजार भन्दा धेरैको ज्यान जाने गरेको छ ।

इन्डोनेसियामा वैज्ञानिकहरुले वोलबचिया ब्याक्टेरियाबाट संक्रमित करोडौं लामखुट्टे छोडे । यो ब्याक्टेरिया डेंगु लामखुट्टेलाई भाइरस संक्रमित गर्न रोक्छ । जुन इलाकामा ती लामखुट्टे छोडिएको थियो त्यस क्षेत्रमा अन्य स्थानको तुलनामा ७७ प्रतिशत डेंगु संक्रमणमा कमी आएको उनीहरुले पाए । योजनाकर्ता विश्वविद्यालयमा स्वास्थ अनुसन्धानकर्ता अदी उत्तरिनीले भने-‘ यो ठुलो सफलता हो, हाम्रो र विश्वका जनताका लागि आशाको नयाँ किरण हो ।

ब्याक्टेरियाबाट सक्रमित लामखुट्टे शहरको एक दर्जन इलाकामा छोडीएको थियो । योजकार्ता सहरमा हजारौं डेंगु विरामी जाँचका क्रममा डेंगु संक्रमणको मामिलामा धेरै कमी आयो । लन्डनको हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा विशेषज्ञ निकोलस जेवेलले यो परिणाम चकित पार्ने खालको भएको प्रतिक्रिया दिएका छन् । यति ठुलो सफलता प्राप्त भएको शोधमा अहिले सम्म आफु सहभागी नभएको उनले बताए ।

संक्रमणबाट बचाउने यो स्तरको सुरक्षा कन्डमले मात्र दिन सक्ने निकोलसले बताए । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार हरेकबर्ष विश्वमा करिब ४० करोड मानिस डेंगुबाट पिडित हुन्छन् । यसमा ठुलो संख्यामा भारतका नागरिक पनि छन् । डेंगुले चर्को ज्वरो आउँछ र जोर्नीहरुमा पिडा हुने गर्छ । यस संक्रमणबा कारण हरेक बर्ष २५ हजारको मृत्यु हुन्छ । विगत ५० बर्षमा डेंगु संक्रमणमा करिब ३० गुणा बृछी भएको डब्ल्युएचओले जनाएको छ । यसको कारण लामखुट्टेको इलाकामा मानव घुसपैठ र जलवायु परिवर्तन हो ।

प्रतिक्रिया दिनुहोस्