सीप सिकेर जीविका चलाउँदै महिला



उत्तम नेपाल, भद्रपुर ।

झापाको हल्दीबारीका महिला सिप सिकेर जीविकोर्पाजन गर्दै आइरहेका छन् । पालिकाले विभिन्न प्रकारका सीप सम्बन्धी तालिम प्रदानगरेपश्चात् महिलाहरुले तालिमलाइ व्यवसायिकता तर्फ लगेपछि सजिलो भएको हो ।

हल्दीबारीले वार्षिक रुपमा तालिमको आयोजना गरिरहेको छ । पछिल्लो समय २ नम्बर वडा कार्यालयले तीन महिने ढाका कपडाको सीप तालिम कार्यक्रम सञ्चालन जारी राखेको छ । वडाले १५ जनालाइ छनौट गरि जेठ २४ गते यताबाट तीन महिने तालिम सञ्चालन गरिरहेको छ । सीप तालिम पश्चात् ऋण लिएर भएपनि व्यवसायिक रुपमा स्वरोजगार हुने सहभागिहरुको भनाइ छ । सिकेको सीपलाइ व्यवहारमा उतार्ने लक्ष्य लिएको सहभागि आइतरानी लिम्बूले बताउँनुभयो । वेरोजगार भएर घरमा वसिरहेको वेला वडाबाट पाएको यो अवसरलाइ निरन्तरता दिने बुद्धमाया सुब्बाको भनाइ छ ।

सहभागिहरुले चासो लिएर सिकीरहेको प्रशिक्षक कोपिला श्रेष्ठ बताउँनुहुन्छ । वडा कार्यालयले छनौट गरेका सहभागिहरुले तालिम पश्चात लिएको सीपलाइ व्यवसायिक तर्फ लैजान सुझाव दिएको उहाँको भनाइ छ । गाउँपालिकाबाट एकवर्ष अघि तालिम लिएर उत्पादन शुरु गरिरहेको उहाँले बताउँनुभयो । उत्पादित सामानबाट घर व्यवहार चलिरहको उहाँले सुनाउँनुभयो ।

बजारमा माग उच्च रहेकोले आपूर्ति गर्न नसकिएको प्रशिक्षक अनु सिवाकोटी कार्कीले बताउँनुभयो । तीन वर्ष अघि सीप सिकेर शुरुमा ३५ हजार लगानीबाट एउटा तान मार्फत सामान उत्पादन गर्दै आइरहेको उहाँको भनाइ छ । हाल साडी,चौवन्दी चोला, कोट, दौरा सुरुवाल ,सल लगायतका सामग्री उत्पादन गर्दै आएको उहाँले बताउँनुभयो । यी महिला मात्र नभइ हल्दीबारी गाउँपालिकाका महिलाहरु हरेक क्षेत्रको उद्यमशीलता तर्फ आर्कषित हुदै गएका छन् । गाउँपालिकाले अघि सारेको हल्दीबारीका महिला विकासमा पहिला भन्ने अभियानलाइ व्यवहारिक वनाउन महिला विकास परिषदद्धारा सञ्चालित ढाका कपडा सिलाइ बुनाइ मार्फत स्वरोजगार बन्न थालेपछि महिलाहरुको सो सीप तर्फ आकर्षण बढ्दै गएको हो ।

अभियानलाइ सफल पार्न पालिकाले महिला विकास समिति तथा गठन कार्यविधि ०७५ पास गरी पालिका क्षेत्रभित्र रहेका महिलाहलाइ उद्यमशीलता तर्फ जोडनलाइ अभियान ल्याएको छ । ढाकाको धागोबाट विभिन्न सामग्री वनाउन शुरु गरिएको पालिकाले जनाएको छ ।

आर्थिक वर्ष ०७४/७५ मा ३० जना महिलालाइ ढाकाको तालिम प्रदान गरिसकेको पालिकाले जनाएको छ । उद्यमशीलता तर्फ उन्मुख भएका महिला घरमा नै बसेर उत्पादन शुरु गरिसकेको अवस्था छ । गत आर्थिक वर्ष ०७५/७६ मा १५ जना महिलाले तालिम लिइसकेका छन् ।

स्थानीय महिलाहरुलाइ नै स्वरोजगार वनाउने पहिलो लक्ष्य भएको महिला विकास परिषद संयोजक शान्ता गौतमले बताउँनुभयो । तालिम केन्द्रको रुपमा लगेर उद्योगमा परिणत गर्ने गाउँपालिकाको उद्देश्य रहेको उहाँको भनाइ छ । एक गाउँ एक नमुना उद्योग सञ्चालन अन्र्तगतको वडाले छुट्टाएको १० लाख बजेटबाट ६ लाख रुपैयाँको ढाका र ब्याग सिलाइ बुनाइको तालिम दिइरहेको उहाँले बताउँनुभयो ।

वडालाइ अझै प्रविधिमैत्री वनाउन चार लाख रुपैयाँकोे रकमबाट निर्माणका लागि दुइ थान मिक्चर मेसिन समेत खरिद गरि नियमअनुसार सञ्चालनमा ल्याइएको उहाँले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्