कोरोना भाइरस विरुद्ध अक्सफोर्डको खोप सफल



लन्डन (एजेन्सी)

कोरोना भाइरस खोपको दौडमा रहेका अक्सफोर्ड युनिभर्सिटीले मानवमा गरिएको पहिलो परीक्षणको नतिजा सोमबार द लान्सेन्ट पत्रिकामा प्रकाशित गरेको छ । भाइरल वेक्टरले बनेको कोरोना भाइरस खोप सीएचएडीअक्स १ एनकोव– १९ लगाएपछि भाइरस विरुद्ध प्रतिरोधक क्षमता देखिएको छ ।

सार्थ यो सुरक्षित पनि बताइएको छ । यो सफलतासँगै अब यसलाई अर्को चरणको परीक्षणका लागि स्विकृत गरिएको छ । अक्सफोर्डको खोप अन्य खोप भन्दा अगाडी रहेको मानिएको थियो किनभने यसले भाइरसबाट दोहोरो सुरक्षा दिन्छ ।

खोपमा जुन भाइरल वेक्टरको प्रयोग गरिएको हो, त्यसमा सार्स–कोव–२ को स्पाइक प्रोटिन रहेको शोध पत्रमा बताइएको छ । दोस्रो चरणमा ५ स्थानमा १८ देखि ५५ बर्ष उमेर समुहका ब्यक्तीहरुमा खोपको परीक्षण गरिएको थियो ।

जम्मा ५६ दिन सम्म चलेको परीक्षणमा २३ अप्रिलदेखि मे २१ बीच खोप लगाइएका ब्यक्तीहरुमा टाउको दुख्ने, ज्वरो आउने तथा शरीर दुख्ने जस्ता समस्या पारासिटामोलबाट ठीक भएको शोधपत्रमा उल्लेख गरिएको छ । यसको धेरै गम्भिर साइड इफेक्टस देखिएको छैन ।

शोधपत्रमा १४ दिनपछि स्पाइक प्रोटिनलाई पहिचान गर्ने टी सेल देखिएको उल्लेख छ । २८ दिनमा उक्त प्रोटिनसँग लड्ने एन्टिबडी पनि देखिएको र यो दोस्रो डोज दिएपछि बढेको पाइयो । ९० प्रतिशतमा भाइरस विरुद्ध काम गर्ने एन्टिबडी पहिलो डोजपछि नै देखिएको थियो ।

दोस्रो डोज दिएपछि सबै स्वयंसेवकमा न्युट्रिलाइज गर्ने एन्टिबडी देखिएको शोधपत्रमा उल्लेख गरिएको छ । यी दुबै मिलेर नै शरीरलाई सुरक्षा दिन्छ । पहिलेका अध्ययनमा एन्टिबडी केही महिनामा समाप्त हुन पनि सक्ने तथ्य आएको तर टी सेल्स बर्षौसम्म शरीरमा रहन सक्ने सोधमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्