आर्मिनिया र अजरबैजान पुन: युद्ध !



यरेवान / बाकु

युरोप र एसियाको मध्यस्थित दुई देश आर्मिनिया र अजरबैजानबीच तनाव उत्कर्षमा पुगेको छ । विगत केही दिन यता भएका संघर्षमा अजरबैजानका जनरल सहित दुई देशका १६ सैनिकको मृत्यु भएको थियो । यस घटनाले दुई देशबीचको ३ दशक देखिको विवाद झन गहिरिएको छ ।

यसबीच टर्कीले अजरबैजानको समर्थन गरेको छ । टर्कीका रक्षा मन्त्रीले आर्मिनियालाई उक्त हमलाको मुल्य चुकाउनु पर्ने चेतावनी दिएको छ ।

आर्मिनियाका सेनाले देशको उत्तर पश्चिमी सीमामा अजरबैजानको सैन्य चौकीहरुमाथि गोलाबारी गर्दै भिषण आक्रमण गरेको अजरबैजानले जनाएको छ । यसको जवाफमा अजरबैजानका सेनाले पनि जवाफी कारवाही गरेको हो । यसमा दुबै देशका १६ सैनिकको मृत्यु भएको हो । दुई पक्षबीचको यस भिषण संघर्षबाट पुर्व इलाकाको स्थिति अत्यन्त तनावपुर्ण बनेको छ ।

सन् १९९० को दशकसम्म यी दुबै देश सोवियत संघको हिस्सा थियो । त्यतिबेला नै यी दुई देशबीच पहाडी इलाामा युद्ध पनि भइसकेको छ तर अहिलेसम्म यस विवादका समाधान हुन सकेको छैन । नागार्नो काराबाख इलाका अन्तराष्ट्रिय रुपले अजरबैजानको हिस्सा हो तर त्यसमा आर्मिनियाका जातिय समुहको कब्जा रहेको छ । यद्यपी यो संघर्ष उक्त विवादित इलाकाको उत्तरमा भएको हो । अजरबैजान अनुसार तोवुज जिलामा भिषण संघर्ष भइरहेको छ ।

अमेरिका, रुस सहित विश्वभरीका देशले यस संघर्षलाई लिएर गहिरो चिन्ता ब्यक्त गरिरहेका छन् । दुबै पक्ष सीमामा एक अर्का माथि नागरिक ठेगानालाई निसाना बनाएको आरोप लगाइरहेका छन् । आर्मिनियाको गोलाबारीमा कयौं नागरिक र सैनिक मारिएको अजरबैजानले आरोप लगाएको छ । यो संघर्ष त्यतिबेला भएको हो जब अजरबैजानका राष्ट्रपति अलियेवले केही दिन अघि अन्तराष्ट्रिय मध्यस्तकर्ताहरुको आलोचना गरेका थिए ।

३० बर्ष पछि पनि मध्यस्थकर्ता विवाद समाधान गर्न सफल नभएकोमा अजरबैजानले असन्तुष्टि ब्यक्त गरेको हो । दुबै पक्षले एक अर्कालाई विवाद भडकाइरकेको आरोप प्रत्यारोप लगाइरहेका छन् । यस संघर्षलाई लिएर सबैले रुसको कदमलाई ध्यान दिइरहेका छन् । सन् २०१६ मा दुबै देशबीचको संघर्ष विराम रुसकै पहलमा भएको थियो । सन् २०१६ मा भएको अप्रिल वारमा २ सय सैनिक तथा आम नागरिक मारिएका थिए । सन् १९९० को दशकमा अजरबैजान र आर्मिनियाबीच भिषण युद्ध भएको थियो ।

यस क्रममा आर्मिनियाले नागार्नो काराबाखमा बहुमतमा रहेको जातिय आर्मिनियाली समुहको समर्थन गरेको थियो । उक्त युद्धपछि सन् १९९४ मा दुबैबीच युद्धविराम भएको थियो । यसबीच नागार्नो काराबाखमा एक जनमत संग्रह गराइएको थियो जसमा धेरैले अजरबैजानलाई अस्विकार गरेको थियो ।

स्थानिय जनताले दुई देशमा आवद्ध हुनु सट्टा स्वतन्त्र हुने पक्षको समर्थन गरेको थियो । त्यसपछि सन् २०१६ मा दुई देशबीच चनाव पुन बढ्यो र ४ दिनसम्म भिषण संघर्ष भएको थियो । द अर्गनाइजेसन फर सेक्युरिटी एन्ड कोपरेसन इन युरोप दुई देशबीच मध्यस्थताको प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्