सेती नदीको कटानले डोटीका अधिकांस बस्ती जोखिममा



SONY DSC

विमल विष्ट, डोटी ।

वर्षेनी हुने सेती नदीको कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारिदाङका बस्तिहरु उच्च जोखिममा परेको छन ।

नदीले वर्षेनी धार परिर्वतन गर्दै स्थानीयका बस्ती भएर बग्न थालेका कारण यहाँका गाउँघर नदीले बगाउने भन्दै स्थानीय बासीमा त्रास फैलिएको छ ।

वर्षातको समय सुरु भएसँगै सेती नदीमा पानीको बहाब पनि निकै बढेकाले यहाँका स्थानीयबासीलाई कतीबेला कहाँ बाढीले बगाउने हो भन्ने चिन्ताले पिरोल्ने गरेको शिखर नगरपालिका–११ बारपाटाका स्थानीयबासी गणेश विष्टले बतउनुहुन्छ । उहाँले भन्नुहुन्छ–गाउँका बस्तिहरु कही नदीले कटान गर्दैछ त कहि बाढी र पहिरोको उच्च जोखिममा छन्, राती ठुलोपानी पर्दा कहाँ के हुने हो भनेर हामीलाई निन्द्रा सम्म पर्दैन ।

जिल्लाको सबैभन्दा बढी शिखर नगरपालिकाको १० बनलेग र वडा नं ११ बारपाटामा वर्षैनी वर्षातको समयमा बाढी पहिरोले निकै दुःख दिने गरेको छ ।

सेती नदीमा पानीको बहाव बढेसँगै वारपाटा गाउँका बासिन्दाले रातभर जाग्राम बस्नु पर्ने बाध्यता कायमै रहेको स्थानीयवासीहरु बताउछन् । सेतीनदी किनारमा रहेका यहाँका दिपायल, बानीडुग्रीसैन, सिरखोलीसैन, कालागाढ, रामपुर, गेरुपानी, दिपायल, घोलतडा नारिदाङ लगायतका अधिकाँस बस्तीका खेतहरु नदीले कटान गर्न थालेको भएपनि समयमै सम्बन्धित निकायले रोकथामका लागि पहल नगरेका कारण समस्या हुन थालेको अर्का स्थानीय देबहादुर धामीले बताउनुभयो ।

यहाँका ग्रमिण बस्ति बाढी तथा पहिरोको उच्च जोखिममा भएका कारण यहाँका स्थानीयबासीलाई चिन्ता बढ्न थालेको छ । त्यस्तै यहाँका ग्रामीण क्षेत्रमा वर्षातको मौसम शुरु भएसँगै जिल्लाको सायल गाउँपालिका ४ बावनसैनका बासिन्दालाई पाँचवर्ष अगाडी घटेको कहाली लाग्दो रातको सम्झनाले तर्साउने गर्दछ ।

बिसं २०७२ साउन २३ गते आएको भीषण वर्षातसँगैको पहिरोका कारण सायल गाउँपालिका–४ बावनसेनमा एकै परिवारका ५ जना सहित ६ जनाको ज्यान जानुका साथै उक्त क्षेत्रका सयौ रोपनी खेतीयोग्य जमिन, पशुचौपाया बाढीले बगाएको थियो ।

त्यस्तै सायल गाउँपालिका– ४ मात्रै होईन यस अगाडीका वर्षहरुमा भएका प्रकोपका घटनाहरुका आधारमा यस वर्ष मनसुन शुरु हुनु अगावै जिल्लामा दैबी प्रकोप पूर्व तयारीलाई पूर्णता दिईएको छ । सम्भावित दैवी प्रकोपका घटनाहरुलाई मध्यनजर गर्दै जिल्लामा विपत पूर्व तयारीका विभिन्न कार्यहरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाको बिपत प्रतिकार्य योजना अध्यावधिक गरिनुका साथै स्थानीय, समुदाय, सेना, प्रहरी, शसस्त्र प्रहरी तथा बिभिन्न संघ संस्थालाई सम्भावित प्रकोप भईहाले उद्दारमा जुट्नका लागि तयारी अवस्थामा राखिएको डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराइले बताउनुभयो ।

जिल्लाको कति प्रतिशत भू–भाग पहिरोको उच्च जोखिममा छ भन्ने एकिन तथ्यांङ्क कसै सँगपनि छैन् ।
उच्च पहाडी भाग तथा यस अघि हुदै आएका दैबी प्रकोपका घटनाहरुको आधारमा जोखिम युक्त स्थानको पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराइले बताउनुभयो । डोटीमा बाढी पहिरोमा परी चालु आर्थिक वर्षमा एक जना ६ महिने बालकको ज्यान गईसकेको छ । लगातारको वर्षातका कारण यहाँका दजनौं ग्र्रमीण सडक अवरुद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्