बलिउड अभिनेता अभिषेक बच्चनलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी । बलिउड अभिनेता अभिषेक बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनका बुबा अमिताभ बच्चनको कोरोना परीक्षण रिपोर्ट पोजिटि आएको केही समयपछि अभिषेकको रिपोर्ट पनि पोजिटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, ऐश्वर्या राई बच्चनसहित परिवारका अन्य सदस्य रिपोर्टको पर्खाइमा रहेका छन् ।