दरबन्दीका स्वास्थ्यकर्मी नहुदाँ ५० शैयाको अस्पताल आफै विरामी



बासुदेव शर्मा,जाजरकोट ।

जाजरकोट जिल्ला अस्पतालमा नबौ तहको स्वास्थ्य सेवा ब्यवस्थापनको दरबन्दी सिर्जन गरिएको पाँच वर्ष वितिसक्दा पनि कन्सल्टेन्ट पेडियाट्रिसियन,कल्सेल्टेन्ट अक्ट्रिस गाइनोकोलोजिष्ट, कनसल्टेण्ट सर्जन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सलटेन्ट एनेस्थेसियोलोजिस्ट र कन्सलटेन्ट जनरल फिजिसियन पदको दरवन्दी सिर्जना भएको पाँच बर्ष विति सक्दा पनि उक्त पदका विशेषज्ञ चिकित्सकको पदपुर्ती हुन सकेको छौ ।

आयुर्वेद चिकित्सक नबौ तहका पाँच जना मेडिकल अधिकृत, डेन्टल सर्जन, फिजियोथेरापी सहायक मेडिकल ल्याव असिष्टेन्ट तिन जना अहेव लगाएत ५० वटा पद स्थापना कालदेखी पदपुर्ती हुन सकेका छैन्न् । जाजरकोट अस्पतालमा ६५ जनाको दरवन्दी रहेकोमा १५ पद मात्र पदपुर्ती छन् ।

१५ जना मध्यका मेडिकल अधिकृत डाक्टर कृष्ण जंग शाह, मेडिकल अधिकृत डाक्टर धर्मराज रेग्मी र स्टाफ नर्स विष्णु शाह तलवी अध्ययन विदा र स्वास्थ्य सहायक दिप बहादुर वली बेतलबी अध्ययन बिदामा छन् । अधिकाश पदहरु पदपुर्ती नभएको र भएका स्वास्थ्यकर्मीहरु काज तथा विदामा बसेपछि करार सेवामा नियुक्त स्वास्थ्यकर्मीको भरमा ५० शैयाको जिल्ला अस्पताल झिगा हाक्दै संचालन भएको छ । नागरिकलाई स्वास्थ्य सेवा दिने अस्पताल आफैले प्रयाप्त स्वास्थ्यकर्मी र उपकरण अभावले थला परेको छ ।

अस्पताल विकास समिति कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र संघिय सरकार स्वास्थ्य मन्त्रालयले करार सेवामा नियुक्त गरि पठाएका कार्यालय सहयोगी सहित ४३ जना स्वास्थ्यकर्मीले अस्पताल खोल्ने र वन्द गर्ने गरेका छन् ।१५ शैयाको जिल्ला अस्पताललाई ०७२ सालमा स्तरोन्नती गरि ५० शैयाको वनाउने निर्णयसगै विषेशज्ञ सेवाका लागी चिकित्सकको दरवन्दी सिर्जना गरिएकोमा हाल सम्म पदपुर्ती हुन नसक्दा स्तरोन्नती कागजमै सिमित भएको छ ।

अस्पतालको पुर्वाधार विकास गरि दरवन्दी अनुसारका चिकित्सकको पदपुर्तीका लागी पटक पटक माग गरेपनि सुनुवाई हुदैन अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला वस्नेतले भन्नु भयो । पुर्वाधार अभाव, आवश्यक उपकरण र स्वास्थ्यकर्मीको अभावले आएका चिकित्सक पनि वस्न मान्दैन्न, पुर्वाधार विकासका लागी पहल भईरहेको भएपनि काम हुन नसकेको वताउनु भयो ।

सामान्य रोग लगाएत सामान्य सर्जरी र जटिल खालको प्रसूति सेवाको उपचार नागरिकले पाउन सकेका छैन्न । सामान्य रोगको उपचारको लागी जिल्ला वाहिर जानु पर्ने वाध्यता रहेको बताउदै ५० शैयाको जिल्ला अस्पतालले रेफर सेन्टर र शवको पोष्टमार्टम बाहेक अरु स्वास्थ्य सम्वन्धि सेवा दिन नसकेको भेरी नगरपालिका ४ का बल वहादुर विकले वताउनु भयो ।

छात्रबृद्धी करारमा नियुक्त भएका मेडिकल अधिकृत कार्यरत छन आवश्यक उपकरण, पुर्वाधार अभावमा काम गर्न सकेका छैन्न । भिडियो एक्सरे विग्रिएको लामो समय भयो अझै मर्मत हुन सकेको छैन । एक्सरे सेवा नहुदाँ विरामी पश्चिम रुकुमको चौरजाहारी अस्पताल जान बाध्य छन् ।

खुट्टामा चोट लागेर एक्सरेको लागी अस्पताल पुगेकी भेरी नगरपालिका २ की कमला वली एक्सेर मेसिन विग्रिएको जानकारी पाएपछि अस्पताल आफै विरामी भएको रहेछ हामीलाई के उपचार गर्न सक्ला भन्दै औषधि उपचारको लागी चौरजहारी अस्पताल जानु परेको वताउनु भयो ।

पुर्वाधार, आवश्यक उपकरण र प्रयाप्त जनशक्तिको अभावले सेवा प्रवाहमा समस्या भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक डाक्टर सुनिल पुनले वताउनु भयो । पाँच बर्ष अघि ५० शैयामा स्तरउन्नती हुदाँ जिल्लाबासी सवै प्रकारका स्वास्थ्य सेवा पाउने आशामा निकै खुसी भएका थिए । पाँच बर्ष वितिसक्दा पनि अस्पतालको अवस्था जस्ताको त्यस्तै भएपछि स्थानियहरु निराश छन् ।

प्रतिक्रिया दिनुहोस्