कोरोना खोप विकास दौडमा अक्सफोर्ड सबैभन्दा अगाडी: डब्ल्युएचओ



लन्डन (एजेन्सी)
विश्वका धरै देश र त्यहाँका कयौं स्वास्थ्य तथा अनुसन्धान केन्द्र कोरोना भाइरस खोपको खोजमा लागेका छन् । यसबीच विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले अक्सफोर्ड युनिभर्सिटीले जुन खोपमा काम गरिरहेको छ, त्यो भाइरस विरुद्धको दौडमा सबैभन्दा अगाडी रहेको जनाएको छ ।

डब्ल्युएचओका प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले भने – त्यो जुन चरणमा पुगेको छ र जति आधुनिक छ, मलाई लाग्छ यो सबैभन्दा अगाडी छ ।

अक्सफोर्ड र अस्ट्राजेनका फर्मास्ुयुटिकलको खोप सीएचएडअक्स एनकोव १९ क्लिनिकल परिक्षणको अन्तिम चरणमा छ । यो चरणमा पुगेको विश्वको यो पहिलो खोप अव १० हजार २ सस ६० जनालाई दिइनेछ । यसको परीक्षण बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा पनि भइरहको छ ।

स्वामिनाथले भने – हामीलाई थाहा छ, मोडेर्नाको खोप पनि तेस्रो चरणको क्लिनिकल परीक्षणमा पुग्न लागेको छ । सम्भवता जुलाइमा हुन सक्छ, त्यसैले यो पनि धेरै पछाडी छैन ।

यद्यपी मोडेर्नाले परीक्षणको योजना कहाँ गरिरहेको छ र कहाँ गर्ने हो भन्ने टुंगो लगाउने काम भइरहेकोले एस्ट्राजेनेकाको विश्वमा स्काप धेरै भएको उनले बताए । यो खोप सीएचडअक्स १ भाइरसले बनाइएको हो । जुन सामान्य रुघा लगाउने भाइरसको एक कमजोर रुप हो । यसलाई आणुवंशिक रुपमा परिवर्तन गरिएको हो, त्यसैले यसले मानवमा संक्रमण हुँदैन ।

मोडेर्ना पछाडी छैन

अमेरिकाको मोडेर्ना इन्क आफ्नो खोप एमआरएनए–१२७३ को दोस्रो चरणको परीक्षण शुरु गरिसकेको छ । कम्पनीले औषधी बनाउने क्याटालेन्ट इन्कसँग मिलेर सन् २०२० को पहिलो तीन महिना सम्ममा १० करोड डोज बनाउने प्रयासमा छ । मोडेर्ना जुलाइमा ३० हजारलाई अन्तिम चरणको परीक्षणका लागि तयार छ र यो बर्षको नोभेम्बर सम्ममा यसको आंकडा आउने अपेक्षा गरिएको छ ।

सानोफीको परीक्षण तयारी

फ्रान्सको फर्मास्युटिकल कम्पनी सोनोफीले आफनो खोपको परीक्षण योजना अनुसारको डिसेम्बर भन्दा अघि सेप्टेम्बरमै गर्ने तयारी शुरु गरिसकेको जनाएको छ । कम्पनीले कयौं क्यान्डिडेट्समा काम गरिरहेको छ र यो बर्षको अन्तिम चौमासिकमा मानवमा परीक्षण शुरु गर्ने दावी गरेको छ । सानोफीले अमेरिकाको स्टार्टफ ट्रान्सलेट बायोसँग खोप विकासमा आफ्नो विस्तारका लागि ४२ करोड ५० लाख डलर लगानी पनि गर्ने घोषणा गरेको छ ।

थाइल्यान्ड पनि दौडमा

थाइल्यान्डमा सात कोविड–१९ खोपमा काम भइरहेको छ । फरक फरक तरिकाले खोप बनाउने प्रयासमा लागेको थाइल्यान्डले त्यहाँको एक प्रतिस्पर्धी मानवमा परीक्षणका लागि अक्टोबरमा तयार हुन सक्ने जनाएको छ । ब्लुमबर्गका अनुसार बाँदरमा खोपबाट एन्टिबडी बनेको पाइएको छ । कयौं बाँदरमा भाइरसलाई कोषमा प्रवेश गर्न र नोक्सान पुर्याउन रोक लगाउन सक्ने एन्डिवडीज बनेको वैज्ञानिकहरुले बताएका छन् । यसमा एमआरएनए खोप प्रविधिको प्रयोग गरिएको छ र जनावरमा परीक्षणको अन्तिम नतिजा दुई हप्तामा आउन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्