चर्चित राइफल एके ४७ कसरी बन्यो ? हेर्नुहाेस सबै नालिबेली



नेपाल समाचापत्र, काठमाडौं ।

एके४७ विश्वकै सबैभन्दा चर्चित राइफल कसरी बन्यो ?

कलास्निकोव स्वचालित राइफल नामले चिनिने एके ४७ सन् १९४७ को मोडल हो । यसको विशेष प्रहार क्षमता ग्यासबाट परिचालित हुने ७.६२ ह ३९ एमएम एसल्ट राइफल हो ।
यो सन् १९४७ मा बनेको हो र आजसम्म पनि यो त्यतिकै लोकप्रिय छ । केहीले यसको कारण राइफलको विश्वनियता भएको बताउँछन् ।

 

उत्पादनका क्रममा कडा परिक्षण
ठुलो परिमाणमा उत्पादन हुने यो हतियारले कडा परीक्षण पार गर्छ । प्रत्यक राइफलले सुन्य भन्दा कम तापक्रमको परीक्षणमा सफल हुनु पर्नेछ । यसका लागि माइनस ५० डिग्री सेल्सियसको फ्रिजरमा यसलाई राखिन्छ ।

धुलो लाग्नाले हुन सक्ने खराबीको चुनौतीलाई पनि पार गर्नु पर्छ । धुलो परीक्षणका लागि बालुवाका ससाना कणले भरिएको कोठामा यसलाई राखिन्छ ।

अर्को चरणमा पानीका फोहरा भएको कोठामा यो राइफलको परीक्षण हुन्छ । त्यसपछि यसलाई समसितोष्ण मौसमको वातावरणमा परीक्षण पठाइन्छ।

भियटनाम युद्धमा प्रयोग
भियतनाममा अमेरिकी नौसेनाले पनि एके ४७ नै प्रयोग गरेका थिए । भियतनामको आद्रता युक्त मौसममा अमेरिकी स्वचालित राइफल एम १६ ले काम दिन सकेको थिएन ।
मिखाइल कलास्निकोव स्वप्रशिक्षित बन्दुक डिजाइनर हुन् र उनले २२ बर्षको उमेरमै ससाना हतियारको नमुना तयार गर्न थालेका थिए ।

कलास्निकोवले भने ( यसको विकास र ठुलो परिमाणमा उत्पादन गर्न मैले यसको हरेक पार्टलाई प्राविधिक रुपमा अनुकुल बनाउन त्यतिकै ध्यान पुर्याएको थिएँ । यो सँगै उक्त बन्दुक संरचना विश्वसनिय र टिकाउ हुनु पर्ने सुनिश्चितामा पनि ध्यान दिनु आवश्यक थियो ।

शित युद्धपछि कलास्निकोव अमेरिका पुगे र एम १६ डिजाइनरहरुसँग उनको भेट भयो । भेटरान क्लबका सदस्यहरु अझै पनि उक्त भेटघातलाई सम्झिन्छन् ।

भियतनाम युद्धपछि एके ४७ ले विश्वब्यापी ख्याती कमायो । यो सोभियत संघले सैन्य सहायताका रुपमा भियतनामलाई उपलब्ध गराएको थियो । शित युद्धकालमा मोजाम्बिक जस्ता धेरै देशमा स्वतन्त्रता युद्धमा यसको ब्यापक प्रयोग भयो ।

दुरुप्रयोग प्रति निरास
एके ४७ राष्ट्र्यि प्रतिक बनिरहँदा राइफलका आविस्कारक भने एके ४७ को बढ्दो लोकप्रियतालाई लिएर चिन्ता ब्यक्त गरिरहेका छन् ।

मैले डिजाइन गरेको हतियार ब्यापक रुपमा आफनै दाजुभाइको हत्याका लागि प्रयोग होस भन्ने मैले चाहेको थिएन , मिखाइल कलास्निकोवले भने । मैले त मेरो देशको सीमा रक्षा होस भन्ने मात्र चाहेको थिएँ ।

लोकप्रियता
एके ४७ हतियार बजारमा लोकप्रिय हुनु यसको सरलता र प्रहार गर्ने क्षमता हो । राइफलको मर्मतमा सहज, उपयोगमा सहज र विश्वसनियता नै हो । यो तुलनात्मक रुपमा टाढाको भन्दा नजिकको दुरीका द्वन्दमा अझ प्रभावकारी मानिन्छ ।

आविस्कारकारककै नाममा न्वारन
यो राइफलको नाम यसको आविस्कारकबाट लिइएको हो । मिखाइल कलास्निकोव दक्षिण रुसमा १९१९ मा एक कृषक परिवारमा भएको हो । सानोमा उनी कवि बन्न चाहन्थे । तर त्यतिबेला अन्य रुसी किशोरहरु जस्तै सेना मै उनी पनि भास्सिए । कलास्निकोव सेनामा ट्यांक कमान्डर सम्म पुगे । सन् १९४१ मा नाजीसँगको ब्य्र्रान्स्क युद्धमा घाइते भएका थिए ।

जब उनी ठीक भए उनले ससना हतियार डिजाइनमा लागे । उनका मित्र सैनिकहरु कलास्निकोवलाई नाजी जो हरेक सँग आफनो स्वचालित राइफल हुन्थ्यो, जस्तो रुसीसँग किन राम्रो हतियार नहुनुको कारण सोध्थे ।
त्यसपछि कलास्निकोवले उनको देशको रक्षालाई सहयोग हुने स्वचालित राइफल डिजाइन गर्न थालेको हो । सन् १९४७ मा उनले आफनो डिजाइनलाई पुर्णता दिए । उक्त राइफलको आधिकारिक नाम एब्टोमाट कलास्निकोव (अटोमेटिक कलास्निकोव) र निर्माण पुरा भएको बर्ष ४७ जोडेर राखिएको हो ।

४ गाईको मुल्य
सैन्य प्रयोजनमा यसको उच्च माग भएपनि विश्व भरीका आतंकवादी, लागु पदार्थ तस्कर तथा ठगहरुका लागि यो अत्यन्त सस्तोमा आपुर्ति भइरहेको छ । केही ठाउँमा २५ बर्ष अघिको भन्दा आज एक ४७ वास्तव मै सस्तो छ । सन् २००५ को एक अन्तरवार्तामा फरेन पोलिसीका सम्पादक माइजेज नेइमले सन् १९८६ मा केन्याका गाउँमा एके ४७ को मुल्य १५ गाईको बराबर रहेको बताएका थिए ।

१९ बर्षपछि यो मात्र ४ गाईको मुल्यमा झरेको छ । ४७ को विश्वब्यापी तस्करी हुने गरेको छ । फरक फरक देशमा यसको मुल्य पनि फरक नै हुने गरेको छ । अफगानिस्तानमा यो राइफलको मुल्य करिब ६ सय डलर रहेको छ भने मेक्सिकोको उत्तरी सीमामा यसको मुल्य बढेर १ हजार २ सय डलर पर्न आउँछ ।
अहिलेको धरै जसो एके ४७ वास्तवमा १९५९ एकेएम मोडल हुन् । एके ७४ सन् १९७४ मा विकास भएको एकेएमको अपडेट संस्करण हो ।

आविस्कारकलाई रोयल्टी सुन्य
अहिले करिब २ सय फरक प्रकारको कलास्निकोव कम्तिमा ३० देशमा उत्पादन भइरहेको छ । कलास्निकोवको उत्पादन र विक्रीलाई लिएर यसका आविस्कारकले एक पैसा पनि रोयल्टी पाएका छैनन् । रोयल्टी दिने सवालमा रुसी सरकार सुरु देखि नै कलास्निकोव प्रति त्यति उदार देखिएन । उनी आफनो जीवन यापन सरकारले सेवा पुरा गरे वापट दिँदै आएको पेन्सनबाटै गर्दै आइरहेका छन् ।

आविवस्कारक प्रति सन्देह
केहीले एके ४७ कलास्निकोवले नै डिजाइन गरेको हो भन्ने कुरामा संदेह गर्छन् । यो ब्यक्ती ब्यालिस्टक विशेषज्ञ हुन् र उनले ओरिजनल डिजाइन कसैबाट सापटी लिएको दावी गरेका छन् । यो कुनै सामान्य सर्जेन्टले बनाएको दावी गर्दै यो पुर्ण रुपमा पुर्ववर्ती भएको बताउँछन् ।
के एके ४७ कुनै अज्ञात डिजाइनरले आविस्कार गरेको हुनसक्छ त ?

प्रतिक्रिया दिनुहोस्