कोरोना भाइरस प्रयोगशालामा बनाइएको खुलासा



  • ओस्लो,(एजेन्सी)

नर्वेका बैज्ञानिकले बर्जर सोरेन्सेनले नोभल कोरोना भाइरस सार्स सिओभि – २ प्राकृतिक रुपमा उत्पति भएको नभई प्रयोगशालामा तयार भएको पाइएको दाबी गरेका छन् । चीनको हुवेइ प्रान्तको उहान शहरको मध्य भागमा रहेको प्रयोगशालालाई वेलायती तथा नर्वेली अध्ययनले बायोफिजिक्समा प्रकाशित त्रैमासिक समिक्षामा उल्लेख गरिएको छ ।

सारेन्सेन र वेलायती प्राध्यापक एन्गस डाल्ग्लेइसको यस अध्ययनलाई वेलायतको एमआइ ६ का पुर्व अध्यक्ष सर रिचर्ड डियरलभले पनि सहयोग र समर्थन गरेका छन् ।तिनीहरुको अध्ययनले कोरोना भाइरसको स्पाइक प्रोटिनमा रहेका सिक्वेन्सहरु क्रितिम रुपमा छिराइएको देखाएको छ ।

साथै तिनीहरुले भाइरस भेटिए यता त्यको स्वरुपमा परिवर्तन नआएकाले यसलाइृ पहिल्यै मानवमाथि प्रवेश
गराउने उद्देश्यले निर्माण गरिएको हुनुपर्ने बताएका छन् ।

कोभिड १९ विरुद्ध विकास हुँदै गरेको खोप बायोभ्याक –१९ आधारशिला प्रकाश पार्ने क्रममा यो तथ्य बाहिर आएको हो । सोरेन्सेनले कोरोना भाइरसको गुणहरु सार्सको भन्दा निकै भिन्न रहेको पनि बताएका छन् । साथै यस्ता गुण्हरु प्रकृतिमा कहिल्यै नभेटिएको बताइएको छ । उनले चीन र संयुक्त राज्य अमेरिकाले वर्षौंदेखि कोरोना भाइरस माथि अनुसन्धान गदै आएको बताएका छन् ।

उनले ति दुवै मुलुकले ति भाइरसकोबारे थप विस्तृत जानकारी लिन तिनीहरुलाई फैलाउन सकिनेबारे पन अध्ययन गरेको बताएका छन् । महिनौं सम्म उहान स्थित भाइरोलोजि ल्यावमा यो भाइरस तयार भएको हलला चलेको थियो ।
तर ल्यावका मालिकहरुले चिनियाँ सरकारी टेलिभिजनलाई सो दावी निराधार हल्ला मात्र भएको तथा ल्यावमा कहिले पनि सार्स –कोभ –२ को अनुसन्धान नभएको बताएका थिए ।

सोरेन्सेनका अनुसार भाइरसका सिक्वेन्स तयार पार्ने पहिला व्यक्ति चिनिया बैज्ञानिक हुन् । पछि वेलायती र नर्वेली अध्ययनले तिनका उत्पति अप्राकृतिक रहेको दावी गरेका हुन् । उनले भाइरस फैलिन थालेदेखि चीनले यसका अन्य अध्ययन बन्द गरेको पनि बताएका छन् ।

त्यसैगरी सर डियरलभले जैविक सुरक्षा असफलताका कारण चमेरो माथि कोरोना भाइरसको प्रयोग हुनेक्रममा भाइरस बाहिर गएको हुनसक्ने बताएका छन् । तर डियरलभले नियतवश कोरोना भाइरस फैलाएको हुन नसक्ने पनि बताएका छन् ।

चीनले कोरोना भाइरस प्रसारबारे तथ्यहरु लुकाउने प्रयास गरेकाले चीनले यसको जिम्मेवारी लिएर क्षतिपुर्ति दिनु पर्ने हो की भन्ने प्रश्नहरु पनि उठ्न थालेका छन् । साथै डियरलभले चीन रिसाउला भन्ने पिरले थुप्रै बैज्ञानिक प्रकाशन संस्थाले यो अध्ययन प्रतिवेदन अस्विकार गरेको पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्