स्वाब परीक्षण गर्न रोबोटको विकास



कोपेनहेगन (एजेन्सी) ।

विश्वभरी ५९ लाख मानिस कोरोना भाइरसको चेपेटामा आइसकेको छ । यसको संक्रमणका कारण साढे तीन लाख भन्दा धेरैले ज्यान गुमाइसकेको छ । यसको रोकथामका लागि विश्व नै ठप्प भइरहको ।

यसबीच डेनमार्कका वैज्ञानिकहरुले एक रोबोट विकास गरेको छ जसले टेस्टका लागि स्वाब –घाँटीमा टाँस्सिएको खकार) लिएर सुरक्षित गर्ने काम गर्न सक्छ । यस रोबोटको विकासले स्वास्थ्यकर्मीहरुलाई संक्रमणबाट बचाउन सकिने छ । रोबोट युनिभर्सिटी अफ सदर्न डेनमार्कले बनाएको हो । यो कोरोना परीक्षणका लागि विश्वको पहिलो अटोमेटिक रोबोट हो ।

यसलाई बनाउने प्रोफेसर थियुसियुस रजित सवारीमथूले भन्छदन् – सबैभन्दा पहिला आफनो परिक्षण गरे । अचम्म लाग्यो, राबोटले सजिलै घाँटीको त्यो स्थानमा स्वाब पुर्यायो जहा त्यसलाई पुर्याउनु थियो । यो ठूलो सफलता हो ।

उनी करिब १ महिना देखि १० जनाको टोलीसँग रोबोट विकसित गर्नमा लागेका थिए । अहिले नमुना लिने क्रममा स्वास्थ्यकर्मिहरु पीपीइ किट लगाउन पर्ने हुन्छ । यसलाई पुन प्रयोग गर्न सकिन्दैन । त्यसैले स्वास्थ्यकमितहरु त्यसलाई ८ दखि ९ घन्टासम्म लगाइरहुन भन्ने अपेक्षा गरिन्छ । यसतोमा यो रोबोट अत्यन्तै मद्दतगार सावित हुने देखिएको छ ।

विरामीले यो रोबोटको अगाडी बसेर मुख खोल्छ र रोबोटले मुखमा स्वाब पुर्याउँछ । फेरी नमुना संकलनपछि रोबोटले उक्त स्वाबलाई टेस्ट ट्युबमा राखेर प्याक गर्छ । कोरोना संक्रमण परीक्षणमा स्वाब टेस्ट सबैभन्दा सटिक मानिन्छ । तर यसमा नमुना लिन ब्यक्री नै संक्रमित हुने खतरा रहन्छ । रोबोटका कारण यो जोखिम समाप्त हुन्छ । थ्रीडी प्रिन्टरबाट बनेको यो रोबोटको प्रयोग जुनबाट शुरु हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्