अक्सफोर्डको कोरोना खोप संकटमा



लन्डन,एजेन्सी ।

विश्वमा कोरोनासँग लड्नका लागि एक साथ ८ खोपको विकासमा तिब्र काम भइरहेको छ । यसबीच सोमबार मात्रै अमेरिकाको मोर्डन कम्पनीको खोप मान परीक्षणमा सफल भएको खबर आएको थियो । तर बेलायतमा अक्सफोर्डको खोपमा भने समस्या देखिएको छ । सबैभन्दा चर्चामा रहेको उक्र खोपले बाँदरमा भएको परीक्षणमा राम्रो नतिजा दिन सकेन ।

यी खोप तयार गर्नमा चिम्पाजीबाट प्राप्त एडिनोभाइरसको प्रयोग गरिएको हो । पहिलो चरणमा रिसस मकाउ बांदरबाट राम्रा नतिजा प्राप्त भएपछि यसको मानव परीक्षण पनि शुरु गरिएको हो । तर यसबीच बांदरमा कोरोना पोजिटिभ देखिएपछि चिन्ता बढेको हो ।

कम क्षमताका जुन एडिनो भाइरसबाट यो खोप बनाइएको हो त्यसले साधारण रुघालाई राक्न सफल भएको छ तर कोरोना भाइरस संक्रमणमा त्यति धेरै प्रभावकारी देखिएन । यो खोपलाई लिएर शुरु देखि नै आशंका गरिरहेका आर्भर्ड युनिभर्सिटीका प्रोफेसरका डाक्टर विलियम हेसलटाइनले यस विषयमा जानकारी दिँदै भने , जुन ६ रिसस बांदरमा यो खोपको परीक्षण गरिएको थियो उनीहरुको नाकमा त्यति नै मात्रामा भाइरस भेटियो जति अन्य खोप नदिएका बांदरको नाकमा थियो ।

खोपमा काम गरिरहेका युनिभर्सिटीका जेनर इन्स्टिच्युटले सेप्टेम्बर सम्ममा खोप तयार हुने र यो एक सुरक्षित औषधी साबित हुने बताए । यो खोपको दावीको पछाडी त्यही प्रविधि हो, जसको प्रयोग वैज्ञानिकहरुले मर्स र इबोला जस्ता महामारीमा गरेका थिए ।

मे १३ सम्ममा करिब १ हजार १ सय जनालाई यो खोप दिइसकेकोछ । शोधकर्ताहरुले आगामी एक महिनामा स्पष्ट नतिजा आउने अपेक्षा गरेका छन् । लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका डाक्टर स्टिफन इवान्सले बांदरमा देखिएको नतिजा प्रारम्भिक भएको र भाइरस कतिसम्म रुप परिवर्तन म्युटेट हुन्छ र महामारीले कस्तो रुप लिन्छ अगाडी पनि नतिजा हेर्दै जानु पर्ने बताए ।

मे ११ मा बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अक्सफोर्डको कोरोना खोपलाई लिएर असमन्जस्यमा देखिएका थिए । अक्सफोर्ड युनिभर्सिटीमा खोप तयार गरिएको बारेमा उत्साहित कुरा आफुले सुनेको तर यसको कुनै ग्यारेन्टी नभएको उनले प्रतिक्रिया दिएका थिए । १८ बर्ष पछिपनि हामीसँग सार्स भाइरसको खोप नहुनुले म सही छु भन्ने मलाई यकिन छ , जोनसनले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्