डब्ल्युएचओ भन्छ- खोप नबन्न पनि सक्छ



लन्डन (एजेन्सी)

विश्वभरी कोरोना भाइरस विरुद्ध १ सय भन्दा बडी खोपको प्रिक्लिनिकल परिक्षण भइरहेको छ र ती मध्य केही मानवमा पनि प्रयोग शुरु भइसकेको छ । यस बीच वरिष्ठ स्वास्थ्य विज्ञले भाइरसको खतरा प्रति सचेत गराउँदै विश्वमा कोविड १९ को खोप नै बन्न नसक्ने सम्भावना ब्यक्त गरेका छन् ।

वास्तवमा यसतो आशंका किन पनि गरिएको हो भने, एचआईभी र डुेंगुको खोप कयौं बर्षपछि पनि बन्न सकेको छैन । विश्व स्वास्थ्य संगठनमा कोविड १९ का विशेष दुत डाक्टर डेविड नेबोरोले भने- ‘यहाँ केही भाइरस छन्, जसको कुनै खोप छैन । हामी खोप आउला भनेर अगाडी बढ्न सक्दैन । यदि यो आयो भने पनि सबै प्रकारका सुरक्षा र क्षमताका मानकमा यो खरो उत्रिन सक्ला ।’

यसअघि डब्ल्युएचओ प्रमुखले पनि कोरोना भाइरसलाई लिएर भयाव भविष्यवाणी गर्दै आइरहेको हो र अहिले विज्ञहरुको यस आशंकाले मानिसहरुमा थप चिन्ता बढाएको छ ।

सीएएनको समाचारमा नेबोरोले भनेका छन् ( सबैभन्दा नराम्रो स्थिति यो हुन सक्छ कि कहिल्यै कुनै खोप नै बन्न सक्दैन ।
अन्तिम कठिनाई अघि नै समाधानका प्रयासहरु असफल भइरहेकोले बढीरहेको मानिसहरुको अपेक्षा पनि फेरी अन्त्य भइरहेको उनले बताए ।

उल्लेखनिय कुरा भनेको विगत चार दशकमा एचआइभीले ३ करोड २० लाखको मृत्यु भइसकेको छ । तर विश्वले यसको कुनै खोप खोज्न सकेको छैन । त्यसैगरी डेंगुको कुरा गर्ने हो भने हरेक बर्ष ४ लाख मान्छे प्रभावित हुन्छ । केही देशमा ९ देखि ४५ बर्षका उमेर समुहका लागि डेंगु खोप बनेको छ ।

प्रतिक्रिया दिनुहोस्