कतार निर्यात भएको करेलामा अज्ञात रोग



सीताराम अधिकारी,धादिङ ।

बजारमा विक्रि गर्नु पर्ने बेलाको करेलाको झाल धमाधम पहेँलो भएर मर्न थालेको छ । आम्दानी लिन तयार हुनुपर्ने बेलामा किसानहरु बारीको करेलाको बोट हेरेर बस्न बाध्य छन् । हरेक बोटबाट यतिखेर ५/६ किलोग्राम करेला उत्पादन भइसकेको हुन्थ्यो तर लगाएको सबै करेलामा रोग लागेपछि गाउँबासी चिन्तामा परेका छन्

धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ११ बालुवाफाँटका किसानले लगाएको करेलामा यस्तो समस्या आएको हो ।सरकारले सिफारिस गरेको पाली एफ १ जातको करेला पहेँलो भएर झाल मर्न थालेको छ । ७२ जना किसानले २ सय ६ रोपनी जग्गामा करेला, घिरौँला र लौका लगाइएकाले आम्दानी लिन नसक्ने अवस्थामा पुगेको करेला किसान राजेन्द्र रुपाखेतीले गुनासो गर्नु भएको छ.।

अहिले करेला टिपेर बजारमा विक्रि गर्नु पर्ने बेला हो । तर बालुवाफाँटमा भने करेला फल्न थालेको छैन । साना साना दुई चार ओटामात्र फलेको बोट देखिन्छ । हरेक बोटबाट ५÷६ केजी करेला उत्पादन हुने ठाउँका करेला पात समेत पहेँलो भएर समस्या आएको स्थानीिय कृषि प्राविधिक सागर विडारीको भनाइ छ । माटो र रोग लागेको विरुवाको परिक्षण पछि मात्र के भएको भन्न सकिने अवस्था रहेकोले स्थानीय सरकारले समेत यस विषयमा ध्इान दिनु पर्ने प्राविधिक विडारकिो भनाइ छ ।

यहाँको करेला गत वर्ष कतार निर्यात भएको थियो । यहाँ करेला उत्पादन राम्रो हुने भएकोले यसलाई विदेश पठाइएको हो । उत्पादन मात्र होइन हावा पानी र किसानको मेहनतले लोभलाग्दो करेला विदेश विक्रि भएपछि किसानहरु लोभिएका थिए । अहिले किसानहरुले बारीमा अन्य बाली समेत नलगाइ करेला घिरौँला खेती गरेको भएपनि आम्दानी लिदन नसक्ने अवस्थामा पुगेको केशव रुपाखेतीको भनाइ छ । उहाँको साझेदारी रुपमा करेला खेती गर्दै आउनुभएको छ ।

करेलाको बजार राम्रो मुल्य आउने गरेको हो । चक्रिय बालीप्रणाली अनुसार करेला लगाए पनि महामारीको रुपमा रोग फैलिए पछि बाली सखाप हुने अवस्थामा पुगेको छ । दुई हप्ताको विचमा एकै पटक रोग सबै किसानको बारीमा फैलिएको हो । आम्दानीको श्रोतको रुपमा रहेको तकारी बाली करेलामा रोगले सताएपनि सरकारी प्राविधिक ल्याउनै समस्या छ । यहाँ कसरी करेला मरेको छ त ? करेला किसान देबराज पौडेल करेला लगायतका तरकारी बालीको क्षतिपूर्ति दिनु पर्नेमा जोड दिनुहुन्छ ।

आफ्नो वडाले केहि सहयोग उपलब्ध गराएको भएता पनि समस्या समाधान गर्न स्थानिय निकाएले मात्र सम्भव नहुने भएकाले सरकारी निकायबाट नै पहल गर्नु पर्ने वडा अध्यक्ष रबि प्रकाश ओझाको भनाइ छ । गाउँपालिकाले यस क्षेत्रका केही किसानलाई ५० प्रतिशत अनुदानमा विउ वितरण गरिए पनि बाली बिमा र किसानको समस्या समाधानका लागि काम गर्न नसकेको किसानहरुले आरोप लगाएका छन् । गाउँपालिका अध्यक्ष रामकुमार आचार्य किसानहरुको समस्या समाधानका लागि लाग्ने बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्