किसानको बारीमै पुुगेर तरकारी उठाउँदै ज्ञानकेन्द्र प्रमुख



दयाराम पण्डित,बाजुरा ।

जिल्लाका स्थानीय स्तरमा किषानले उत्पादन गरेको तरकारी बारीमै कुहिन थालेपछि कृषि ज्ञानकेन्द्र बाजुराका प्रमुख गोविन्द सिजापती किसानको बारीमै पुुगेर तरकारी ढुवानी गर्न थालेका छन् । विश्व महामारीका रुपमा फैलिएको नोभेल कोरोना(कोभिड ९) को संक्रमणबाट बन्दावन्दीका कारण किषानको तरकारी बारीमा कुहिन थालेपछि ज्ञानकेन्द्र प्रमुख सिजापरित किषानको घर–घर पुुगेर तरकारी खरिद तथा ढुवानी गर्न थालेका हुन् ।

“ हप्तामा चार दिन अर्थात एक दिन विराएर किषानको बारीमा पुुग्छौं, किषन र तरकारी संगै उठाएर बजारसम्म ल्याईदिन्छौं उँछौं ज्ञान केन्द्र प्रमुख सिजापतिले भने । किषनलाई अप्ठठेरोपरेको वेला सहजिकरण हो निरन्तरता भने नहुन सक्छ।” ज्ञानकेन्द प्रमुख सिजापतिले थपे । “बजारमा तरकारी ल्याउँन कोही तयार छैनन् कृषकको हिउँदभरीको मेहनत खेरजाने भएपछि मैले कार्यालयको भ्यान लिएर कृषकको तरकारी बजारसम्म ल्याउँन सहयोग गरेको हुँ ।”कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गाविन्द्र सिजापतीले भने ।

‘आफैँ किसानको घरमा पुगेर तरकारी संकलन गरी बजारमा पुर्‍याउने काम गरेका छौँ’ उनले थपे, ’यसले किसानलाई केही राहत भएको छ । कोरोना भाइरसका कारण भएको लकडाउनले बाजुरा जिल्लाका तरकारी उत्पादक किसानहरू मर्कामा परेको बेला कृषी ज्ञानकेन्द्रले यो अभियान सञ्चालन गरेको हो । ’

‘लकडाउनका कारण करोडौंको तरकारी बारीमै कुहीने अबस्था थियो , सडक सञ्जालले छोएको पक्की सडक सम्म कृषि ज्ञान केन्द्रले आफ्नै गाडी ल्याएर बजारसम्म तरकारी पठाउँदा केही राहात भएको बडिमालिका नगरपालिका ६ का किषान महेन्द्र धामीले भने । तर सडक सञ्जाल नपुुगेको कृषीफर्मको तरकारी बारीमै कुहीने अवस्था छ। गाउँमा तरकारी खपत हुंदैन ,बजारमा जान पाईदैन कसरी तरकारी खपत गर्ने भन्ने चिन्ता ब्यक्त गर्छन पन्तालीकी कृषक सरस्वती बुढा ।

कृषी ज्ञानकेन्द्र बाजुराले तरकारी ढुवानी अनुदान गरिदिदा बजारमा प्रतिकिलो ४० रुपैंयामा पाउने आलुगोभी हिजो आज प्रति किलो ३० रुपैंया , धनीया मुठाको १० रुपैंयामा किन्न पाएको उपभोक्त भिमबहादुर रोकायले बताए ।

सरकारले अत्यावश्यकीय वस्तुको निर्वाध आपूर्ति गर्ने व्यवस्था गर्ने भने पनि लकडाउनको प्रत्यक्ष प्रभाव बाजुराका तरकारी उत्पादन गर्ने किसानमा परेको छ । जिल्ला बाहिरबाट आउने तरकारी तथा फलफुले लकडाउन संगै रोकिएको छ । जिल्लामै उत्पादन हुने तरकारीले जिल्लाका मुख्य बजार मार्तडी, कोल्टी र फासैनलाई धान्न सकेको छैन ।

जिल्लाका ग्रामीण क्षेत्रमा सडक सञ्जाल पहुंच भए बाजुराको स्थानीय उत्पादन तरकारीको अभाव नहुने कृषी ज्ञानकेन्द्र बाजुराका अधिकृत मिनप्रसाद जैशीले बताए । सडक सञ्जाल भए सिजनल तरकारीले स्थानीय उत्पादनले पुुग्छ । तर, बेमौसमी तरकारीको समस्या हो ।

त्यो लकडाउन नखोलेर सम्भव छैन अभिधृत जैशीले भने । स्थानइि तहले दुुइचार किलोचामल दिनुुभन्दा किषानको बारीमा उत्पादित तरकारी तथा फलफुलको वजारीकरण गर्न तर्फ ध्यान जानुपर्ने सुुझाब दिन्छन् अधिकृत जैशी । ज्ञानकेन्द्रको पकेट क्षेत्रमानिने तराकारीबारीवाट सहजरुपमा तरकारी ल्याउन र किषानको दुध सहजरुपमा बजार सम्म पुु¥याउन सम्बद्ध निकाएको ध्यान जान जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्