लकडाउनको असर कृषिमा, खेतमै सुके हिउँदे बाली



सरोज यादव, मोरङ।

अहिले दिउँदे बाली भित्र्याउने समय हो । तर, लकडाउनका कारण मजदुर नपाउँदा गहुँ, आलस, बदामलगायतका हिउँदे बाली खेतमै सुक्न थालेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आह्वान गरिएको लकडाउनको प्रत्यक्ष मारमा किसानहरु परेका छन् । लकडाउनका कारण मजदुर नपाउँदा उनीहरुले लगाएका उत्पादन भित्र्याउन समस्या भएको छ ।

उत्पादित तरकारीहरु बजारसम्म पु¥याउन नसक्दा खेतमै कुहिन थालेको छ । गहँु, आलस, बदामलगायतका हिउँदेबाली काट्न मजुदर नपाएकाले खेतमै सुकेर नष्ट हुने अवस्थामा पुगेको छ । सरकारले बालीको बिमा नगर्दा किसानहरु मर्कामा परेका छन् । लकडाउन भएदेखि मजदुर नपाएर काटी सकिएका गहुँ, आलसलगायतका हिउँदेबाली खेतमा नै सुकेर छरपष्ट भएको छ ।

खेतमा गहँु काट्न, आलस उखेल्न जनमजदुर नपाउँदा समस्या भएको मोरङको कटहरी–५ का किसान वसन्त मुडियारीले बताउनुभयो । कटहरी क्षेत्रका किसानले व्यावसायिक गहुँ खेती गर्दै आएका छन् । किसान मुडियारीले गहुँ खेतमै झर्न थालेकाले लगानीसमेत नउठ्ने अवस्था देखिएको बताउनुभयो । भित्र्याउने बेला देशमा लकडाउन भएर मजदुर नपाएर खेतमा नै सबै बाली सुकेर समस्या भएको कटहरी–१ जमटोकीकी हेमन्ता पौडेल बताउनु हुन्छ ।

कटहरी गाउँपालिकाका किसानले मात्रै ५ हजार ४५ हेक्टरभन्दा बढी क्षेत्रफलमा हिउँदे बाली लगाएका छन् । पाकिसकेको बाली भित्र्याउन मजदुर नपाउँदा निकै समस्या भएको अर्का किसान प्रकाश निरौला दुखेसो पोख्नुहुन्छ । कृषि क्षेत्रमा लकडाउन खुकुलो नहुँदा निकै समस्या भएको गुनासोको गुनासो छ । मजदुर अभावकै कारण बाली भित्र्याउन नपाएको किसानको भनाइ छ । लकडाउनको त्रासले काममा बोलाउँदा पनि मजदुर नआएको कृषक सुशीला थापाले गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्