चीनमा कोविड १९ विरुद्धको खोप विकास दोस्रो चरणमा, सयौं स्वयंसेवकमा परीक्षण



बेइजिंग (एजेन्सी)

चीनको वुहान सहरमा कोरोना भाइरस संक्रमणको पहिलो घटना अगाडी आएको थियो । त्यसपछि चीनमा भयावह बन्दै विश्व महामारी बनेको कोरोनो भाइरस संक्रमणले युरोप र अमेरिकामा वितन्डा मच्चाइरहेको छ ।

विश्वभरी फैलिसकेको यो महामारीलाई रोक्ने अहिलेसम्म कुनै प्रभावकारी औषधी र खोप विकास हुन सकेको छैन । यद्यपी विश्वभरी कै अनुसन्धानकर्ता यो संकटको समाधान छिटो भन्दा छिटो निकाल्ने प्रयासमा छन् ।

यसबीच चीनमा कोविड १९ को खोपको परीक्षण भइरहेको छ । यो परीक्षणको दोस्रो चरण बताइएको छ । यो खोप चीनको इन्स्टिच्युट अफ बायोटेक्नोलोजी, एकेडी अफ मिलिटरी मेडिकल साइन्सेज अफ चाइनाले विकास गरेको हो । मानव शरीरमा यसको दोस्रो परीक्षण शुरु गरिएको छ । यसमा ५ सय स्वयंसेवकलाई खोप दिने काम भएको छ ।

स्वयंसेवकमा सबैभन्दा बढी उमेर ८४ बर्षका बृद्ध वुहानको भएको सरकारी सन्चार माध्यम चाइना डेलीले जनाएको छ । उनलाई सोमबार उक्त खोप लगाइएको थियो । यो खोप जेनेटिक इन्जिनियरिंग पद्धतिबाट बनाइएको समाचारमा उल्लेख गरिएको छ ।

यो खोपले कोरोना भाइरस संक्रमणबाट निम्त्याउने रोगलाई रोक्नेछ । पहिलो चरणमा खोप परीक्षणमा यसको सुरक्षामा ध्यान दिइएको थियो भने अबको दोस्रो चरणमा यसको क्षमतामा केन्द्रित गरिएको छ । पहिलो चरणको भन्दा फरक दोस्रो चरणमा धेरै जनालाई यसमा संलग्न गराइएको छ ।

स्वयंसेवकहरुलाई जोड्ने यो अभियान विहिबारबाटै थालिएको थियो । खोपको पहिलो चरण मार्चमा पुरा भएको थियो ।

अमेरिकाको सिएटल र वासिंगटनमा केसर पर्मानेट रिसर्च फेसिलिटीमा खोपको काम शुरु भएको समाचार बाहिर आएपछि चीनले पनि औषधी खोजको काममा तिब्रता दिएको हो ।

अहिले यस महामारीले सबैतिर भयावहको स्थिति बनाइसकेको स्थितिमा औषधी विकास गर्न पनि विश्वब्यापी होडबाजी सुरु भएको हो । यस भाइरसको निदान खोज्न अष्ट्रेलिया, बेलायत, फ्रान्स, रुस र भारतमा पनि खोप विकासका लागि काम भइरहेको छ ।

चीनले खोप विकासमा सम्भवत प्रारम्भिक अग्रता लिइसकेको अनुमान गरिएको छ । किनभने नोवेल कोरोना भाइरसको जिनोम सिक्वेन्सको म्यापिंग चीनले गरिसकेको छ ।

यो हुनुमा भाइरसको पहिलो संक्रमण चिनियाँ सहर वुहानमा पत्ता लागेकोले पनि हो । त्यसपछि चीनले डब्ल्युएचओ, अमेरिका र अन्य देशसँग पनि यसेको जिनोम सिक्वेन्स साझा गरेको थियो ।

यसबीच चिनियाँ सरकारले दशभरी कोविड १९ का सम्बन्धमा शोध प्रकाशनमा प्रतिबन्द लगाएको छ । यस सम्बन्धि कुनै पनि शोध प्रकाशित गर्न त्यसले कयौं स्तरको जाँचको सामना गर्नु पर्नेछ ।

चीनमा कोरोना भाइरसको उत्पतीलाई लिए भइरहेका शोधमाथि पनि नियन्त्रण गरिएको छ । शिक्षा विभागले विश्व विद्यालयहरुलाई अन्तराष्ट्रिय अखबारमा कुने शोध प्रकासन गर्नु अघि उसको अनुमतिलाई अनिवार्य भएको निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्