जलमार्ग र थप नयाँ बन्दरगाह प्रयोगबारे भारतसँग छलफल



kf/jxg ;GwL k’g/fjnf]]sg j}7s sf7df8f}F, !) dªl;/ -/f;;_ M dªunaf/ af6 sf7df8f}Fdf ;’? g]kfn–ef/t kf/jxg ;GwL k’g/fjnf]]sg ;DaGwL l4kIfLo j}7s . t:jL/ M gjLg kf}8]n, /f;;

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक काठमाडांैमा शुरू भएको छ। बैठकमा नेपाली १० सदस्यीय टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिव नवराज ढकालले तथा भारतीय ८ सदस्यीय टोलीको नेतृत्व भारतको वाणिज्य विभागका एडिसनल सेक्रेटेरी भुपेन्दरसिंह भल्लाले गरिरहनुभएको छ।

नेपालको १० सदस्यीय नेपाली टोलीमा वाणिज्य सहसचिव ढकालसहित परराष्ट्र, कानुन, यातायात मन्त्रालयका सहसचिव तथा भन्सार विभागका महानिर्देशकलगायत सहभागी छन्। नेपाललाई तेस्रो मुलुकसँग व्यापारका लागि पहँच विस्तार तथा दुई देशबीचको व्यापारमा सहजीकरणका लागि मंगलबारबाट काठमाडौंमा बैठक शुरू भएको हो।

जलमार्ग र थप नयाँ बन्दरगाह प्रयोगबारे सन्धिमा समावेश हुने विषयलाई बैठकले अन्तिम रुप दिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिनुभयो। बैठकमा पारवहन सन्धिका विविध विषयमा छलफल हुने पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

बैठकमा हल्दिया–साहिवगञ्ज–कालुघाट जलमार्ग तथा गुजरातको मुन्द्रा र उडिसाको धाम्रा बन्दरगाह प्रयोगको विषयमा पनि विस्तृत छलफल हुने सहसचिव ढकालले बताउनुभयो। त्यसैगरी बैठकमा दुवै पक्षबीच विद्युतीय कार्गो निगरानी प्रणाली (ईटीएस) सम्बन्धमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ।

बुधबारसम्म चल्ने सहसचिवस्तरीय बैठकमा टोलीले बुधबार पारवाहन सन्धि पुनरावलोकनसम्बन्धी समझदारीमा हस्ताक्षर गर्नेछ। दुई देशबीच समझदारी भए नेपालले भारतको जलमार्ग तथा थप नयँँ बन्दरगाह प्रयोग गर्न पाउनेछ भने नेपालका थप दुई नाकासम्म बल्क कार्गो ढुवानी सम्भव हुनेछ।

नेपालले आफ्नै पानी जहाज चलाउन पाउने गरी पारवाहन सन्धि सम्झौताका लागि समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी गरेको छ। समझदारीपछि तेस्रो मुलुकसँगको व्यापारका लागि नेपाली पानी जहाज चलाउन तीनवटा रुट प्राप्त हुनेछन्।

नेपाली पानी जहाजले कलकत्ता–कालुघाट, कलकत्ता–साहिबगञ्ज र कलकत्ता–बनारससम्म सञ्चालनको अनुमति पाउनेछन्। यसअघि गंगा जलमार्गमा नेपाली पानीजहाज चलाउनेसम्बन्धी लेटर अफ एक्सचेन्ज (एलओई) मा भारतीय पक्षले सहमति जनाइसकेको छ।

सहमतीअनुसार नेपाली ध्वजावाहक पानीजहाज कोलकातादेखि बनारस, कोलकातादेखि साहिबगञ्ज र कोलकातादेखि कालुघाटसम्म जलमार्गबाट आउने छ भने त्यसयता सडकमार्ग हुँदै रेल वा ट्रकको माध्यमबाट सामान नेपाल ल्याइनेछ।

यसैगरी पारवाहन सन्धि पुनरावलोकन प्राविधिक कमिटी बैठकले बल्क कार्गाे सेवाका लागि जोगवनी नाका र नौतनवा नाका खुलाउने समझदारी गर्दैछ। हालसम्म वीरगन्ज नाकाले मात्रै बल्क कार्गाेको सुविधा पाएको छ। ठूलो परिमाणमा तेस्रो मुलुकबाट नेपाल आयात गरिने सामान मुख्यगरी कोइला, मल, स्टिल, फलाम र औद्योगिक कच्चा पदार्थ बल्क कार्गोमार्फत ल्याइन्छ।

 

प्रतिक्रिया दिनुहोस्