चिनियाँ सामाजिक सञ्जालमा अर्थपूर्ण भिडियो भाइरल



बेइजिङ, (एजेन्सी)।एकजना चिनियाँकेटीले निकै चलाखीपूर्वक आफूलाई सहयोगको आवश्यक रहेको भनी गरेको संकेतसहितको भिडियो अत्यन्तै लोकप्रिय सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको छ।

यो देखेर सरकारी निकायसमेत अलमलमा परेको छ। सो भिडियोमा ती केटीलाई एउटा विमानस्थलमा एक अपरिचित व्यक्तिले नियन्त्रणमा लिएर लाँदै गरेको र मद्दतका लागि चिच्याउन पनि नसक्ने स्थितिमा रहेकी उनले हातले ‘ओके’ को संकेत दिएको देखिन्छ।

उनको सो संकेतको भेउ पाएपछि तत्कालै एकजना बटुवाले ती पुरुषसंग वादविवाद गर्छन् र तत्कालै ती केटीलाई उनको इच्छाविरुद्ध कतै लान खोजिएको भन्दै उनी भिड जम्मा गर्न सफल हुन्छन्। ती पुरुषबाट छुटाएर तिनीहरूले अन्ततः केटीलाई उनका अभिभावकको जिम्मा लगाइदिन्छन्।

तर स्थानीय सरकारी निकायलाई नै दिक्क पार्ने गरी यस भिडियोप्रति चिनियाँसामाजिक सञ्जालमा यति धेरै प्रतिक्रिया किन आए भन्ने रहस्य अर्कै रहेको छ।‘ओके’ को संकेत सकारात्मक हो भन्ने कुरा विश्वभरि नै परिचित छ। तर चीनमा भने हातले देखाइने ओकेको संकेतको अर्थ निकै गम्भीर मानिन्छ।

यदि हातका दई औंला जोड्ने हो भने त्यो अंक ‘११०’ जस्तै देखिन्छ। चीनमा यो अंक आपतकालिन अवस्थामा प्रहरीलाई गुहार्ने फोन नम्बर हो। त्यसैले भिडियोमा ती केटी पात्रले देखाएको संकेतले बालबालिकालाई आपत परेकोबेला के गर्ने भन्ने राम्रो सन्देश दिएको छ।

सो भिडियोको अन्त्यमा यदि जीवनमा कहिल्ैय खतरा महशुस भएमा वा अपहरणमा परेको खण्डमा यो संकेत प्रयोग गर्नु भनेर सकेजति धेरैलाई यो सन्देश पुर्याउन आह्वान पनि गरिएको छ। तर अज्ञात व्यक्तिले खिचेको यो भिडियोका लागि प्रहरीलाई श्रेय दिइएको दी चेँगदु इकोनोमिक डेलीले बताएको छ।

अहिले औपचारिक सञ्चार निकायले चीनको आधिकारिक गलत सूचना नियन्त्रण निकाय पियाओको सन्देश फैलाइरहेको छ।पियाओले सो भिडियोले भ्रम फैलाइरहेको र यसको निर्माणमा प्रहरीको कुनै संलग्नता नरहेको जनाएको छ। साथै पियाओले त्यो संकेत अर्थहिन रहेको तथा यस्तो संकेत प्रयोग गराएर कसैलाई मद्दतका लागि गुहार्न लगाउनु प्रत्युत्पादक हुन सक्ने चेतावनी पनि दिएको छ।

साथै यसले कुनै पनि मर्का पर्दा सो भिडियोमा देखाइएजस्तो संकेतमा असर नपरी पुरानै प्रचलित तरिकाले प्रहरीलाई खबर गर्न पनि सर्वसाधारणलाई आह्वान गरिएको छ। टिकटकमा राखिएको यो भिडियो संकेत साँच्चै मर्का परेको बेला काम लाग्ने हो की होइन भन्ने बारे जनतामाझ पनि बहश शुरु भएको छ।

चीनको अर्को निकै चर्चित सामाजिक सञ्जाल साइना वेयवो माइक्रोबल्गमा केही प्रयोगकर्ताले यस्ता संकेतभन्दा समस्या पर्दा चिच्याउनु नै बढी व्यवहारिक हुने लेखेका छन्।चीनको सामाजिक सञ्जालमा यस अघि पनि विभिन्न घटना तथा व्यक्तिलाई जनाउन सांकेतिक अंक वा अक्षरहरू प्रयोग हुने गरेको पाइएको छ।

उदाहरणका लागि सरकारी सञ्चार माध्यमद्वारा निकै सेन्सर गर्ने गरेको सन् १९८९ को तियानमेन चोकको सैनिक बलबाट दमन गरिएको प्रजातान्त्रिक आन्दोलनलाई सम्झन धेरैले ४६ (४ जुन), ६४ (जुन ४) वा १९८९ प्रयोग गर्ने गरेका छन्। त्यसैगरी हङकङका वर्तमान प्रशासकीय प्रमुख क्यार्री लामका लागि पनि प्रदर्शनकारीहरूले संकेत नम्बर ‘७७७’ प्रयोग गर्ने गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्