जी–७ शिखर सम्मेलन सम्पन्न, अमेजोन जंगलको डढेलो र इरानी मुद्दाको छायामा सम्मेलन



वियारित्ज (एजेन्सी)।  फ्रान्सको तटिय सहर बियारित्जमा सोमबार जी ७ शिखर सम्मेलन सम्पन्न भयो। सम्मेलनमा सदस्य देशबीच अमेजनको घना जंगलमा लागेको भिषण ढडेलो सहित विश्व समक्ष आइरहेका समस्याहरूका विषयमा छलफल भयो।

तर सम्मेलनको प्राय अवधी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘ब्यापार युद्ध‘, अमेजन आगलागी र इरानको परमाणु कार्यक्रम विवाद जस्ता मुद्दाको छायामा परे। सम्मेलनमा यस समुहको एकतामा पनि प्रश्न उठेकोछ।

यसैबीच अमेरिकी राष्ट्रपतिले जी–७ शिखर सम्मेलनमा ‘ब्रेक्जिट‘का लागि सही ब्यक्तीका रुपमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई समर्थन गरेका थिए।
यसैबीच ट्रम्पले शनिबारको रात्रीभोजमा जी–७ मा रुसलाई पुन प्रवेश गराउनु पर्ने विषय उठाएका थिए।

यस विषयलाई लिएर उनको अन्य सदस्य नेताहरूसँग विवाद भएको बताइएको छ। सन् २०१४ मा क्रिमियामाथि रुसले कब्जा गरेपछि जी–८ बाट मस्कोको सदस्यतालाई हटाएर जी–७ बनाइएको थियो।

विश्वका ७ प्रमुख औद्योगिक राष्ट्र बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिका जी–७ समुहका सदस्य हुन्। अमेजन जंगलको आगलागीलाई लिएर सम्मेलनको अन्तिम दिन विशेष छलफल भयो र उक्त घटनाक्रमलाई विश्वको ‘ग्रिन लंग्स‘मा भएको हमला बताएको छ।

यद्यपी ट्रम्पले यसमुद्दामा धेरै कुरा गरेको छैन। उनी आफना नयाँ मित्र तथा ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोलाई लिएर बाकी सदस्यबाट अलग बसेका थिए। बोल्सोनारोको निति अमेजन जंगलमा आगलागीका लागि जिम्मेवार ठहर्याए।

 

जरिफको उपस्थितिमा रुहानीको समर्थन

शनिबार इरानका विदेशमन्त्री मोहम्मद जवाद जरिफ तेहरानको विवादास्पद परमाणु कार्यक्रमलाई लिएर उत्पनन राजनितिक गतिरोधका सम्बन्धमा चर्चा गर्न बियारित्ज पुगेपछि सम्मेलनले नाटकिय मोड लिएको थियो। जरिफको उपस्थिति अप्रत्यासित थियो र यो इरान र अमेरिकाबीच जारी तनाव कम गर्ने फ्रान्सको प्रयासमा भएको हो।

इरानका विदेश मन्त्रीले ट्रम्पसँग नभेटेको फ्रान्सका राजनितिज्ञहरूले बताए। तर एकै ठाउँमा दुई नेताको उपस्थितिले उनीहरूबीच लचकता आउन सक्ने अपेक्षा गरिएको थियो।

अमेरिकाका राष्ट्रपति ट्रम्पले सोमबार इरानका शिर्ष राजनितिज्ञसँग भेटावार्ता गर्नु हतार हुने बताए। इरानमा सत्ता परिवर्तनका बारेमा वासिङटनले नसोचेको उनले जोड दिए।

यसैबीच इरानका राष्ट्रपति हसन रुहानीले विदेशमन्त्री जरिफ जी–७ शिखर सम्मेलनको इतर बैठकका लागि फ्रान्सको बियारित्ज जानु राष्ट्रको हितमा भएको बताउँदै समर्थन गरेका छन्। तर इरानका सन्चार माध्यमले जरिफको उक्त यात्रालाई लिएर निसाना बनाइएको थियो।

टेलिभिजन प्रसारित आफनो सम्बोधनमा रुहानीले भने– देशको हितका लागि हामीले हरेक स्रोतको प्रयोग गुर्न पर्छ भन्ने मेरो मान्यता छ। कसैसँग भेट्नुले देशले समृद्धी पाउँछ र जनताको समस्या समाधान हुन्छ भने आफुले त्यसतोमा संकोच नगर्ने उनले बतए।

जरिफलाई फ्रान्सका राष्टपति म्याक्रोंले आमन्त्रित गरेका थिए। उनी अमेरिका र इरानबीच तनाव कम गर्ने प्रयासरत छन्।यसैबर्ष जुलाईमा अमेरिकी सरकारले जरिफको यात्रामाथि रोक लगाउने उद्देस्यले कडा प्रतिबन्ध लगाएको थियो।

अमेरिकामा शिक्षा हासिल गरेका इरानी विदेशमन्त्री जरिफले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों र विदेशमन्त्री जँ यीव ला ड्रयांसँग भेटवार्ता गरेका थिए। उनले बेलायत र जर्मनीका प्रतिनिधिहरूसँग पनि भेटवार्ता गरेका थिए। त्यसपछि उनले ट्विटमा भनेका थिए– अगाडीको मार्ग अत्यन्त कठिन छ तर कोशिस गर्न योग्य छ।

अमेरिकी राष्टपतिलाइ इरानका विदेशमन्त्री त्यहाँ पूग्ने जानकारी रहेको फ्रान्सका अधिकारीहरूले बताए।जरिफको यात्राका विषयमा ट्रम्प र म्याक्रोंबीच शनिबार अपरान्हको भोजनका क्रममा छलफल भएको सुत्रहरूले बताएका छन्।

नाम उल्लेख नगर्ने सर्तमा एक कुटनितिज्ञले भने– हामी अमेरिकासँग पुरै पारदर्शिताका साथ काम गरिरहेका छौं। तर अमेरिकी सन्चार माध्यमहरूमा जरिफको यात्रालाई लिएर ह्वाइट हाउस अचम्मित रहेको समाचार आएका थिए। ट्रम्पले सोमबार वासिंगटन फर्कनु अगाडी एक पत्रकार सम्मेलन गर्ने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्