प्रधानमन्त्रीेको लगानी रहेको हाइड्रो ३५ प्रतिशत पूरा



नेपाल समाचारपत्र, काठमाडौं  ।
प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जा, जलस्रोत तथा सि“चाइमन्त्री वर्षमान पुनलगायतको शेयर लगानी रहेकोे माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत आयोजनाको काम तीव्रगतिमा अगाडि बढेको छ । २०७७ फागुन २९ गतेभित्र निर्माण पूरा गर्ने लक्ष्य लिएको आयोजना गत चैतबाट निर्माण शुरु भएको हो ।
‘जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट क्षमताो आयोजनाको काम अहिलेसम्म ३५ प्रतिशत काम सकिएको बताइएको छ । आयोजनाको ३ दशमलव ८ किलोमिटर मुख्य सुरुङमध्ये ७२४ मिटर खनिएको छ । मुख्य सुरुङ चार ठाउ“बाट खन्ने काम भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको क्यास्केड भएकाले बा“ध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनुपर्ने छैन । थ्री एको विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान भइसकेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक एवम् आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा अध्यक्ष कुलमान घिसिङले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सर्वसाधारणबाट पैसा उठाएर निर्माण अगाडि बढाएको यस आयोजनामा प्रधानमन्त्री, ऊर्जा मन्त्री लगायत सबैको निर्माण कहिले सकिन्छ भन्नेमा चासो छ, त्यसैले सबै पक्ष निर्माणमा गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, ऊर्जामन्त्री वर्षमान पुन लगायतको आयोजनामा २०÷२० कित्ता शेयर छ । कम्पनीले सर्वसाधारणका ३७ लाख ५ हजार कित्ता शेयर निश्कासन गर्दा सो शेयर परेको हो । वर्खायाम सकिएपछि विद्युत् गृह, सर्ज ट्याङ , पेनस्टकलगायतका संरचनाको निर्माण शुरु हुने त्रिशूली जलविद्युत कम्पनीका प्रबन्ध–संचालक मोहनप्रसाद गौतमले बताउनुभयो ।‘पेन स्टक पाइप, गेटलगायतका हाइड्रोमेकानिकल र टर्वाइन, रनर, जेनरेटरलगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरुको उत्पादन शुरु भइसकेको छ,’ गौतमले भन्नुभयो । इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी ) मोडेलमा आयोजना निर्माणका लागि चिनिया“ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङले १ अर्ब ९१ करोड ४६ लाख रुपिया“मा ठेक्का लिएको छ ।

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत संस्थापक शेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउ“पालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत शेयर संरचना छ ।

विद्युत् बिक्रीबाट वार्षिक करिब १ अर्ब ८९ करोड रुपिया“ आम्दानी हुने लक्ष्य राखिको आयोजनाको अनुमानित लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपिया“ रहेको छ । आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड) बाट लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्