नौ महिनामै बैंकको नाफा अर्बभन्दा माथि



राजु श्रेष्ठ, काठमाडौं
वाणिज्य बैंकहरूको चुक्ता पु“जी वृद्धिस“गै नाफामा पनि उल्लेख्य वृद्धि हु“दा सबै बैंक अर्बपति क्लबमा प्रवेश गरेका छन् । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका सबै वाणिज्य बैंकहरूले अर्ब रुपिया“भन्दा बढी नाफा गरी अर्बपति क्लबमा प्रवेश गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको चुक्ता पु“जी ८ अर्ब रुपिया“ पु¥याएपछि पु“जी वृद्धिस“गै व्यापार विस्तारमा आक्रामक देखिएका बैंकहरूको नाफा उकालो लागेको छ । हाल सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकमध्ये २२ वटाले चालू आर्थिक वर्षको नौ महिना अर्थात चैत मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । नौ महिनाको वित्तीय विवरणमा नै बैंकहरूको खुद नाफा अर्ब रुपिया“भन्दा बढी पुगेको छ ।

तुलनात्मक रूपमा प्रतिस्पर्धी बैंकभन्दा केही कमजोर देखिएका बैंकहरुले पनि नाफा अर्ब रुपिया“ कटाएका छन् । अब वित्तीय विवरण प्रकाशित गर्न बा“की रहेका एक दुई वटा बैंकबाहेक सबैको स्थिति राम्रो छ । चालू आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्न एनआईसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, जनता बैंक नेपाल, सेञ्चुरी कमर्सियल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।
चालू आर्थिक वर्षको नौ महिनामा सबैभन्दा बढी कमाउनेमा नबिल बैंक रहेको छ । यस अवधिमा नबिल बैंकले ३ अर्ब १९ करोड १० लाख रुपिया“ नाफा गरेको छ । यद्यपि, अघिल्लो वर्षको तुलनामा यस बैंकले जम्मा ३ दशमलव १७ प्रतिशतले नाफा वृद्धि गरेको छ ।

त्यस्तै २ अर्ब रुपिया“भन्दा बढी नाफा गर्नेमा नेपाल बैंक, कृषि विकास बैंक, हिमालयन बैंक र एभरेष्ट बैंक रहेका छन् । उनीहरुले क्रमशः२ अर्ब २४ करोड ५५ लाख, २ अर्ब २१ करोड २१ लख, २ अर्ब १ करोड ४० लाख, २ अर्ब २१ करोड ६० लाख रुपिया“ नाफा गरेका छन् ।

ा सबैभन्दा कम नाफा कमाउनेमा सिटिजन्स बैंक रहेको यस बैंकले १ अर्ब ६ करोड ९६ लाख रुपिया“ कमाएको छ ।

त्यस्तै अघिल्लो वर्षको तुलनामा अत्याधिक नाफा बढाउनेमा मेगा बैंक नेपाल रहेको छ । यसले १३१ दशमलव ३३ प्रतिशतले नाफा वृद्धि गरी १ अर्ब २१ करोड ४२ लाख रुपिया“ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५२ करोड ४९ लाख रुपिया“मात्रै नाफा कमाएको थियो ।

नाफा वृद्धि गर्नेमा प्रभु बैंक पनि रहेको छ । यस बैंकले ५८ दशमलव ३५ प्रतिशतले नाफा वृद्धि गर्दै १ अर्ब ४५ करोड २१ लख रुपिया“ नाफा गरेको छ । यस बैंकले अघिल्लो वर्षको सोही अवधिमा ९१ करोड ७० लाख रुपिया“ गरेको थियो । त्यस्तै उच्च अंकमा नाफा वृद्धि गर्नेमा नेपाल बंगलादेश बैंकले ५४ दशमलप ६५ प्रतिशत वृद्धि गरी १ अर्ब १४ करोड १४ लाख रुपिया“ पु¥याएको छ । अघिल्लो वर्षको सोही अवधिमा ७३ करोड ८० लाख रुपिया“ गरेका थियो र माछापुच्छे« बैंक ४५ दशमलव २९ प्रतिशत नाफा बढाएर १ अर्ब २४ करोड ८ लाख रुपिया“ पु¥याएको छ । गत आवको सोही अवधिमा ८५ करोड ४० लाख रुपिया“मात्रै नाफा गरेको थियो ।

नेपाल बैंकले मात्रै नाफा घटाएको छ । जसले १२ दशमलव ५५ प्रतिशतले नाफा घटाएर २ अर्ब २४ करोड रुपिया“मात्रै कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा २ अर्ब ५६ करोड ७७ लाख रुपिया“ रहेको थियो । ‘बैंकिङ प्रणालीमा तरलता रहेको भनिएको स्थितिमा त बैंकहरुको नाफा उच्च गतिमा बढेको छ । अझ आर्थिक वर्षको अन्त्यतिर बजारमा आर्थिक गतिविधि तीव्ररूपमा हुने भएकाले बैंकहरूमा निक्षेप र कर्जा लगानी पनि वृद्धि हुन सक्छ । यो स्थितिमा बैंकहरूले अहिलेको रेसियोमा अझै बढी नाफा हुने निश्चित छ ।’ एक बैंकर नेपाल समाचारपत्रस“ग भने

प्रतिक्रिया दिनुहोस्