लगानी सम्मेलनको ‘शो–केश’मा राखिएका आयोजनामा आवेदन दिने म्याद थप



नेपाल समाचारपत्र, काठमाडौं
अघिल्लो महिना सम्पन्न लगानी सम्मेलनका क्रममा ‘शो–केश’मा राखिएका आयोजनामा लगानी गर्न आवेदन दिने म्याद एक महिना थप भएको छ । शो–केशमा राखिएका आयोजनामा लगानी गर्ने प्रतिबद्धताका लागि अप्रिल २० तारिखसम्म म्याद तोकिएको थियो ।

नेपाल लगानी बोर्डको ३७औं बैठकले आवेदन दिने म्याद एक महिना थप गरेको हो। सरकारी क्षेत्रबाट ५० आयोजना र निजी क्षेत्रबाट २७ वटा आयोजना शोकेसमा राखिएका थिए। जसमध्ये १५ वटा आयोजनामा सम्मेलनकै क्रममा सम्झौता भएका थियो । त्यतिखेरै १७ वटा आयोजनामा वैदेशिक लगानीकर्ताले चासो देखाएका छन् । विदेशी लगानीकर्ताले शुल्क तिरेरै आयोजनाप्रति चासो राखेका थिए ।

लगानी बोर्ड स्रोतका अनुसार विदेशी लगानीकर्ताको चासो बढ्दै गएका कारण आवेदन दिने म्याद बढाइएको हो । ऊर्जा, पूर्वाधारलगायतका क्षेत्रमा लगानीकर्ताको चासो देखिएको छ ।

सम्मेलनका क्रममा चौधरी ग्रुप र भारतको सर्राफ ग्रुपबीच लजिस्टिक पार्क बनाउन सम्झौता भएको छ भने ६ सय मेगावाट सोलार प्लान्ट स्थापन गर्न चौधरी ग्रुप र क्यानडाको स्काई पावरबीच समझदारी भएको थियो ।
त्यस्तै सौर्य ऊर्जाको प्लान्ट राख्नका निम्ति चौधरी इन्फ्रास्टक्चर कम्पनी र प्रदेश नम्बर २ का सरकारबीच शनिबार नै सम्झौता भएको थियो । ५ जी नेटवर्क विस्तारको लागि सिजी ग्रुप र टर्कीको लाइफ सेलबीच सम्झौता भएको थियो ।

२६० मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाका निर्माणका लागि कोरियाली कम्पनी कोसेव पावर कम्पनी र विश्व बैंकअन्र्तगतको अन्तर्राष्ट्रिय वित्त कोष (आईएफसी) ले ६५० मिलियन डलर लगानी सहमति गरेका छन् ।
यसैगरी ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा स्टेट बैंक अफ इण्डियाले ६ हजार ५६० करोड, एभरेष्ट बैंकले ८१२ दशमलव ६१ करोड र नबिल बैंकले ४८७ दशमलव ५८ करोड रुपिया“ ऋण लगानी गर्ने भएका छन् ।१६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाका लागि नेपालको हाइड्रो सोलुसन र चाइना न्युकिलियर पावर कम्पनीबीच समझदारी भएको छ । बाराको सिमरा विशेष आर्थिक क्षेत्र (सेज) निर्माणका निम्ति सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा लगानी बोर्ड, आईएफसी र सेज प्राधिकरणबीच समझदारी भएको छ ।

बनेपामा बुटिक होटल निर्माण गर्नका निम्ति सिन्सियर कन्सल्टेन्ट, हिमालयन बुटिक रिसोर्ट, हर्बल डिडक्सिकेसनबीच समझदारी भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा पूर्वाधार विकासमा लगानी गर्न १० अर्ब रुपिया“ लगानी गर्ने प्रतिबद्धता जनाइएको छ ।

त्यस्तै नेसनल कोल्याटरल म्यानेजमेन्ट सर्भिसेस इन्डिया र नेशनल वेयर हाउस कम्पनी हाउसिङ लिमिटेड समझदारी पनि सम्झदारी भएको छ ।
भारतको मुतुथ फाइनान्सले नेपालको युनाइटेड फाइनान्स ३९ दशमलव ९० करोड रुपिया“ लगानी गर्ने सम्झौताअनुसार हाल लगानी आइसकेको छ । अपी पावर कम्पनी र क“डेल ग्रुप अफ कम्पनीबीच सोलार (१८ मेगावाट), जलविद्युत् (९८ मेगावाट) र वायु ऊर्जा (१० मेगावाट) उत्पादन गर्नका निम्ति सम्झौता भएको छ ।

नेपालको लगानी बोर्ड र दक्षिण अफ्रिकाको लगानी बोर्डबीच आयोजनाहरुको अध्ययन र लगानी साझेदारीका लागि सम्झौता भएको छ भने वायर हाउस निर्माणका लागि जोईन्ट भेन्चरमा ग्रीन हाउस फेम्ली र निम्बस गु्रपको सम्झौता भएको छ।

सम्मेलनकै क्रममा विश्व बैकअन्र्तगतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले १ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको थियो ।
सम्मेलनमा ¥यापिड पब्लिक ट्रान्सपोर्ट अन रामग्राम–तिलौराकोट (बुद्धिस्ट सर्किट) मेनोरेल २ अर्ब ३० करोड, बस ¥यापिड ट्रान्जिट २० करोड २० लाख, काठमाडौं बाहिरी चक्रपथ विकास १ अर्ब ८७ करोड १० लाख, सामाखुसी–टोखा–छहरे सडक स्तरोन्नति २६ करोड ५० लाख डलरका आयोजना शो–केशमा राखिएका थिए ।

त्यस्तै शो–केशमा राखिएका आयोजनामा हेटौंडा स्मार्ट सिटी ३० करोड, एकीकृत फोहोर व्यवस्थापन धुलिखेल ४३ लाख, एकीकृत फोहोर व्यवस्थापन जितपुर–सिमरा ८३ लाख, एकीकृत फोहोर व्यवस्थापन रत्ननगर ५५ लाख, एकीकृत फोहोर व्यवस्थापन बुटवल ८५ लाख, एकीकृत फोहोर व्यवस्थापन जनकपुर ६४ लाख, नेपाल इन्टरनेसनल कन्भेन्सन एन्ड एक्स्पो सेन्टर मध्यपुर ठिमी १ करोड ६० लाख डलरका परियोजना रहेका छन् ।

विराटनगर क्षेत्रीय अन्तर्राष्ट्रि«य विमानस्थल विराटनगर ३६ करोड ४० लाख, काठमाडौं चक्रपथमा बस ¥यापिड ट्रान्जिट १४ करोड ९५ लाख, पूर्व–पश्चिम विद्युतीय रेल ३ अर्ब, इन्टरस्टेट एन्ड इन्ट्रास्टेट पब्लिक ट्रान्सपोटेसन प्रोजेक्ट सुदूरपश्चिम ४ करोेड ३० लाख डलर, काठमाडौं–पोखरा–लुम्बिनी रेल्वे २ अर्ब ८३ करोड, काठमाडौं भ्याली मेट्रो काठमाडौं ५ अर्ब ४७ करोड, निजगढ अन्तर्राष्ट्रि«य विमानस्थल बारा ६ अर्ब ५६ करोड ५० लाख डलरको परियोजना रहेका छन् ।

शो–केशमा राखिएका परियोजनामध्ये दमौली मल्टिपर्पोज प्रोजेक्ट ५ करोड ५० लाख, दोलखा माउन्टेन एकेडेमी दोलखा ४ करोड ५० लाख डलर, ड्रिमल्यान्ड धुलिखेल ४ करोड ३० लाख, फिल्म सिटी दोलखा २ करोड ५० लाख डलर, गौतम बुद्ध अन्तर्राष्ट्रि«य प्रसुति अस्पताल लुम्बिनी ३ करोड ९० लाख डलरको परियोजना, धुलिखेल मेडिसिटी ७ करोड ४० लाख, एजुकेसन, हेल्थ एन्ड स्पोर्टस् सिटी १० लाख, गण्डकी टेक्निकल युनिभर्सिटी ६ करोड १० डलरको आयोजना राखिएको थियो ।

यसै गरी नलसिङगाड हाइड्रोपावर ७३ करोड ९३ लाख, एसआरट स्टोरेज हाइड्रोपावर १ अर्ब १७ करोड ५० लाख, सुनकोसी–दोस्रो स्टोरेज हाइड्रोपावर १ अर्ब २ करोड ७० लाख, सुनकोसी–तेस्रो स्टोरेज हाइड्रोपावर ५८ करोड २० लाख, तमोर स्टोरेज हाइड्रोपावर १ अर्ब २१ करोड ७४ लाख , पश्चिम सेती र एसआर ६ ज्वाइन्ट स्टोरेज हाइड्रोपावर १ अर्ब ९ करोड ७७ लाख, पश्चिम सेती स्टोरेज हाइड्रोपावर १ अर्ब करोड ९ करोड ७७ लाख डलरका परियोजना पनि छन् ।

लगानी बोर्डका अनुसार जानकी हेरिटेज होटेल एन्ड कल्चरल भिलेज धनुषा २ करोड, लक्जरी रिसोर्ट, से–फोक्सुन्डो १० करोड, स्की रिसोर्ट मनाङ १० करोड, तालतलैया थिम पार्क विथ होटेल इटहरी ४१ लाख , दी खप्तड टुरिजम, खप्तड नेसनल पार्क १८ करोड ७० लाख, केमिकल फर्टिलाइजर प्लान्ट ६५ करोड, इन्टिग्रेटेड एग्रिकल्चर, वीरेन्द्रनगर सुर्खेत ३१ लख, इन्टिग्रेटेड एग्रिकल्चर चितवन र बनेपा ४४ लाख, इन्टिग्रेटेड एग्रिकल्चर गोदावरी–अत्तरिया ३१ लाख, इन्टिग्रेटेड एग्रिकल्चर हेम्जा,पोखरा ५६ लाख, इन्टिग्रेटेड एग्रिकल्चर पर्सा ६१ लाख, इन्टिग्रेटेड एग्रिकल्चर तिलोत्तमा मणिग्राम ६५ लाख, इन्टिग्रेटेड एग्रिकल्चर उर्लाबारी मोरङ ५४ लाख, औद्योगिक पार्क मोतीपुर ८ करोड २७ लाख, औद्योगिक पार्क, नौवास्ता बा“के ७ करोड ७६ लाख डलर, विशेष आर्थिक क्षेत्र सिमरा ४ करोड ४८ लाख, त्रिशूली–गल्छी जलविद्युत् परियोजना ९३० मेगावाट ५ करोड ३० लाख डलरका परियोजना विदेशी लगानीकर्तासमक्ष पेश गरिएका थिए ।

यसैगरी मध्यकालिगण्डकी जलविद्युत् परियोजना ९ करोड ६० लाख, इन्गवा खोला जलविद्युत् परियोजना ३ करोड, माथिल्लो चमेलिया ७ करोड डलर, म्याग्दीखोला जलविद्युत् परियोजना १० करोड, गरुड सिमेन्ट १३ करोड, आइएमई सिमेन्ट १५ करोड, जालपादेवी केबलकार १ करोड ६० लाख, अन्नपूर्ण सिक्लेस केबलकार तथा पर्यटन परियोजना ३ करोड १० लाख, स्वर्गद्वारी केबलकार १ करोड ६० लाख, रिसोर्स हिमालय बुटिक रिसोर्ट ५ करोड ६० लाख, तल्लो वरुणखोला जलविद्युत् परियोजना २५ करोड, कालिगण्डकी गर्ज जलविद्युत् परियोजना २६ करोड ९० लाख, माथिल्लो बलेफी जलविद्युत् परियोजना ७ करोड २५ लाख, माथिल्लो बलेफी जलविद्युत् परियोजना ‘ए’ ५ करोड ५५ लाख, नाम्लान खोला जलविद्युत् परियोजना ३५ करोड, तारप खोला जलविद्युत् परियोजना ७ करोड ७० लाख डलरका आयोजना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्