हुरीले छोराछोरीसँगै अभिभावकहरुको सपना पनि उढायो



गोकुल घोरसाइने, बारा
कलैया उपमहानगरपालिका ११ भोगलडियाकी ३५ बर्षिय कलमुनेसा खातुन ८ बर्षिय छोरी रुक्सरालाई शिक्षिका बनाउन चाहान्थिन । गाउँमा पढाउने राम्र्रो विद्यालय थिएन । त्यसैले उनले छोरीलाइ्र्र पढाउन भनेर फेटा गाउँपालिका ६ पुरैनियास्थित माइतिघरमा राखेकी थिइन । तर गत चैत्र गते आएको हुरीले छोरी रुक्सराको ज्यान लिएपछि कलमुनेसाको सपना पनि उडेको छ । हुर्कदै गरेकी एक्ली छोरी गुमाउनु परेपछि कलमुनेसा यतिबेला खपिनसक्नुको पिडा बोकेर माइति घरमा बस्दै आएकी छिन ।

डेढ साता आएको हुरीले बालबच्चा गुमेका अभिभावकहरु यतिबेला कलमुनेसा जस्तै शोकमा छन । पढाएर हुर्काएपछि बुढेसकालमा रेखदेख गर्लान कि भन्ने आश राखेका छोराछारीको हुरीले ज्यान लिएपछि उनीहरु बेसाहारा जस्तै महशुस गर्न थालेका हुन । हुरीले बारा जिल्लामा १० बर्षमुनिका ६ बालबालिकाको मृत्यु भएको थियो ।

हुरीमा ६ बर्षे छोरा गुमाएका पुरैनियाकै फिरोज आलम भन्छन–आशाको त्यान्द्रो थियो, त्यो पनि दैवले चुडेर लग्यो ।’ फैजाल पनि स्थानीय विद्यालयमा कक्षा दुईमा पढदै थिए । ‘पढेर ठुलो होला जागिर खाला र बुढेसकालमा परिवारको पनि हेरचाह गर्ला भन्ने आशा थियो, उनले भने, अब हुरीले सबै आसा सपना जस्तै बनायोे ।’ हुरीमा भत्किाएको घरको पर्खालले थिचेर फिरोजका घाइते छोराको उपचारको क्र्रममा ३ दिनपछि वीरगंजस्थित अस्पतालमा मृत्यु भएको थियो । आलमका बुबा र ४ दिने सुत्केरी श्रीमति रेक्मा पनि घाइते अवस्थामा छिन । छोराको ज्यान गयो, बुबा र श्रीमति पनि घाइते छन, उनले भने, अब बाकी जिवन कसरी अघि बढाउने सम्झदा पनि कहाली लागेर आउछ ।’ उनले भरोसा गरेको छोराको ज्यान गएपछि भविष्यको चिन्ताले सताउन थालेको बताए ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ की लालमुनेसा पनि शोकमा स्तव्ध देखिन्छिन । पुरैनियास्थित माइति घरमा पढाउन भनेर राखेकी उनकी ६ बर्षिय छोरी सलमा खातुनको मृत्युपछि उनी शोकमा डुबेकी हुन । छोरीलाई पढाएर सरकारी जागिर खुवाउने सपना साँधेर उनले पनि छोरीलाई माइतिघरमा राखेर पढाउदै आएकी थिइन । ‘घटनापछि सलमाको मुहारमा रौनक नै हराएको छ, छिमेकी तेजामुल मिया ठकुराईले भने, ओठमा हासो छैन, आफन्तस्रंग पनि राम्र्ररी बोल्दिनन ।’

बुढेसकालमा साहराको रुपमा हेरिएका सन्तान हुरीमा गुमाउनु परेपछि आफन्तजनले पिडा महशुस गरेको वीरगंज ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक फेटा गापा १ भोर्बोलियका वीरेन्द्रप्रसाद साह बताउछन । उनले पिडितहरुमा धनसम्पति भन्दा पनि परिवारका सदस्य गुमाउनु परेकोमा बेचैनी र निराशा बढेको पनि सुनाए । साह भन्छन– हरीले ल्याएको बिपत्तिले धनजनको क्षेतिसंगै धेरैलाई मानसिक रुपमा पनि कमजोर पारेको छ, उनले भने, आगामी दिन झन कष्टप्रद पो हुने हो कि चिन्ताले धेरै निराश देखिन्छन ।’ उनले परिवारका अन्य सदस्य गुमेका र भौतिक क्ष््रोति बेहोरेकाहरुको मनमा पनि त्यस्तै निराशा र भय छाएको बताए । ‘हुरी प्रभावित वस्तिका बासिन्दामा हाँसो र खुसीयाली हराएको छ, उनले भने, सबैको मनमा अदृश्य त्रास देखिन्छ, ।’

प्राथमिक स्वास्थ केन्द्र हर्दियाका चिकित्सक राजिव सिन्हा पनि आफन्त गुमेका र भौतिक क्षेति बेहोरेकाहरुको मनमा निशारा र बेचैनी बढेने बताउछन । उनले यो एक किसिमको मानसिक समस्या भएको र समय मै उचित उपचार हुन नपाए पिडितहरुमा डिप्रेशनको समस्या पनि उत्पन्न हुनसक्ने बताए । ‘त्रासदीपुर्ण घटनापछि यस्तो समस्या देखिनु स्वभाविक पनि हो, उनले भने, समयमै सही उपचार गरेर पिडितलाई सामान्य आस्थामा फर्का्रउन मद्दत गर्नुपर्छ ।’ त्रासदीपुर्ण र आपदविपदको सामना गर्नुपर्दा यस्ता खालका मानसिक समस्या देखा पर्न सक्ने उनको भनाई छ । उनले पिडितलाई मनोपरामर्श जरुरी भएको पनि बताए । चिकित्सक सिन्हाले पिडितलाई पुरानो घटना बिर्साएर भावी जिवनप्रति आशावादी बनाउन सके यो समस्याबाट मुक्त पार्न सकिने बताउछन ।

प्रतिक्रिया दिनुहोस्