बेल्ट एन्ड रोड फोरममा सय देशको सहभागीता रहने



बेइजिङ (एजेन्सी)
चीनले अर्को महिना शुरु हुने बेल्ट एन्ड रोड फोरमको कार्यक्रममा १ सय देशको सहभागिता रहने जनाएको छ । सम्मेलनमा ४० देशका सरकार प्रतिनिधि सहित १ सय देशका प्रतिनिधिमण्डलले सहभागिता जनाउने बताइएको छ ।

चीनका राष्ट्रपति सी जिनपिंगले सोमाबार दास्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोपरेसनको आयाजना गर्ने घोषणा गरेको हो ।

यस सममेलनमा सहभागी हुने राष्ट्र तथा सरकार प्रमुखमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र पाकिस्तानका प्रधानमन्त्री इमरान खान लगायत ४० देश सरकारी प्रतिनिधि रहने बताइएको छ । यद्यपी भारतले पुन एक पटक बेल्ट एन्ड रोड फोरमलाई बहिस्कार गर्ने संकेत दिएको छ । भारतले सन् २०१७ मा आयोजित पहिलो सम्मेलनमा पनि सहभागिता जनाउन अस्विकार गरेको थियो ।

चीनको बेल्ट एन्ड रोड प्रोजेक्ट अन्तरगत निर्माण भइरहेको चीन–पाकिस्तान इकोनोमिक कारिडोर पाकिस्तान अधिकृत जम्मु काश्मिर भएर गएको छ, जसमा भारतले आपत्ती जनाउँदै आइरहेको छ ।

भारतिय राजदुत विक्रम मिसरीले चिनियाँ अखबार ग्लोबल टाइम्सलाई दिएको अन्तरवार्तामा बेल्ट एन्ड रोड परियोजनालाई लिएर भारतले आफनो स्पष्ट धारणा राख्दै आएको र अहिले पनि त्यसमा स्थिर रहेको बताए । भारतले यस विषयमा आफनो चिन्ता प्रष्ट पारेको र सम्बन्धित पक्षलाई अवगत गराइसकेको उनले बताए ।


यस बीच चीनका एक वरिष्ठ अधिकारीले परियोजना फोरममा ४० सरकारका प्रतिनिधिले भाग लिने जानकारी दिएका छन् ।

चीनले सन् २०१७ मा फोरमको पहिलो सम्मेलन आयोजना गरी ब्यापारिक मार्गको विस्तारबाट समग्र क्षेत्रको विकासका पुर्वाधार तयार गर्ने प्रतिवद्धता ब्यक्त गरेको थियो । तर केही देशहरुले यसलाई सम्पुर्ण देशमा प्रारुप परियोजना मार्फत चीन आफनो प्रभाव बढाउन चाहेको आसंका ब्यक्त गरिरहेका छन् । यो परियोजनामा चिनियाँ लगानी हुनेछ ।

राज्य पार्षद यांग जेइचीले आयोजक देशका रुपमा चीन सहयोगी देशसँग यस परियोजनाका विषयमा विस्तृत छलफल गर्ने र अहिले सम्म कति काम भइसकेको हो र बाँकी कामको ब्लुप्रिन्ट केहो भन्ने कुराको जानकारी उनीहरुलाई दिने योजना रहेको बताए ।

चिनियाँ राष्टपति सी जिनपिंगले ल्याएको यस महत्वाकांक्षी योजनामा अमेरिका सहित कयौं देशले चिन्ता ब्यक्त गरेका छन् । अमेरिकाले यस परियोजनाका कारण कयौं साना देश ठुलो ऋणको बोझमा दब्न सक्ने आसंका ब्यक्त गरेका छन् । अमेरिकाका सहयोगी पश्चिम देशले भने यसलाई तत्काल अस्विकार गरिहालेको छैन । हालै मात्र जी ७ का सदस्य इटलीले आफु चीनको यस परियोजनामा सहभागी हुने सहमति दिएको छ । यसलाई चीनको ठुलो सफलताका रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्