भोलिदेखि नयाँ सर्किट ब्रेकर प्रणाली, नेप्सेद्वारा मार्जिन कारोबार योग्य कम्पनीको सूची तयार



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले भोलिदेखि नया“ सर्किट ब्रेकर प्रणाली लागू गर्ने भएको छ । उच्चस्तरीय सरकारी समितिको सुझाव अनुसार नया“ प्रणाली लागू गरिएको हो ।

नया“ प्रणाली लागू भएपछि नेप्सेमा कारोबार शुरुभएको पहिलो एक घण्टामा चार प्रतिशतभन्दा बढी घटबढ भएमा १५ मिनेटका लागि कारोबार स्थगित हुनेछ, स्थगित कारोबार पुनः खुलेपछि ५ प्रतिशत परिवर्तन भएमा ३० मिनेटका लागि कारोबार स्थगित गर्ने र स्थगितपछि खुलेको कारोबारमा ६ प्रतिशत परिवर्तन भएमा उक्त दिनको बा“की समयको पूरै कारोबार स्थगित हुने व्यवस्था लागू गर्न लागेको हो ।

हाल सर्किट ब्रेकर प्रणालीमा भएको व्यवस्थाअनुसार नेप्सेमा कारोबार खुलेको पहिलो एक घण्टामा ३ प्रतिशत घटबढ भएमा १५ मिनेटका लागि कारोबार स्थगित गर्ने, स्थगित भएको कारोबार पुनः खुलेपछि ४ प्रतिशतले परिवर्तन भएमा अर्को ३० मिनेटका लागि कारोबार स्थगित गर्ने र उक्त स्थगनपछि कारोबार पुनः खुले पनि परिसूचकमा ५ प्रतिशत परिवर्तन भएमा उक्त दिन बा“की समयको पूरै कारोबार स्थगित हुन्छ । नेप्सेले अन्तर्राष्ट्रिय अभ्यासलाई समेत अध्ययन गरेर सर्किट ब्रेक प्रणालीमा नया“ व्यवस्था लागू गर्न लागेको जानकारी दिएको छ ।

नेप्सेका अनुसार स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आएपछि ३५ सय ५७ लगानीकर्ता समावेश भएका छन् । दैनिक अनलाइन कारोबारमा सक्रिय लगानीकर्ताको संख््या ५९६ रहेको छ ।

त्यस्तै नेप्सेले शेयर खरिदका लागि ऋण दिन मिल्ने कम्पनीको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृतिमा ‘मार्जिन कारोबार’ सुविधा उपलब्ध गराउने सूची सार्वजनिक गरेको हो ।

कम्तीमा १० हजार शेयरधनी भएको, कम्पनीको खूद सम्पत्ति चुक्ता पु“जीभन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तीमा ८० प्रतिशत कारोबार दिनमा शेयर कारोबार भएको तथा आर्थिक वर्षको पहिलो ६ महिनामा वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनीले मार्जिन कारोबार सुविधा दिन योग्य हुनेछ ।

नेप्सेले सार्वजनिक गरेको मार्जिन कारोबारका लागि योग्य कम्पनीहरूमा
एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ«े बैंक, नेपाल बंगलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, हिमायलन बैंक रहेका छन् र
त्यस्तै गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, कैलाश विकास बैंक, पूर्णिमा विकास बैंक, तिनाउ डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंक छन् ।

साथै आरएसडीसी लघुवित्त, विजय लघुवित्त, वोमी माइक्रोफाइनान्स, आरएमडिसी, एनएमबी माइक्रोफाइनान्स, फर्वार्ड कम्युनिटी, लक्ष्मी लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, नेशनल माइक्रोफाइनान्स, चिलिमे जलविद्युत् कम्पनी, बुटवल पावर कम्पनी, ङादी ग्रुप पावर, ओरियन्टल होटल र नेपाल टेलिकम रहेका छन् ।

यसैबीच आइतबार नेप्से परिसूचक शूून्य दशमलव ९१ विन्दुले घटेर ११४३ दशमलव ५९ विन्दुमा झरेको छ । यस दिन कुल १६५ कम्पनीको ९ लाख ५० हजार ६४३ कित्ता शेयर २६ करोड ६६ लाख छ हजार ८१० मूल्यमा कारोबार भयो ।

आइतबार बैंकिङ समूह शून्य दशमलव २२, उत्पादन समूह ३२ दशमलव ७ र अन्य समूह २ दशमलव ८९ विन्दुले बढेको छ । भने होटल समूह २ दशमलव ७१, विकास बैंक समूह १ दशमलव ३२, जलविद्युत् २ दशमलव ५८, वित्त समूह १ दशमलव ५८, निर्जीवन बीमा समूह ४४ दशमलव ६५, लघुवित्त समूह ५ दशमलव २४ र जीवन बीमा समूह ५२ दशमलव ९३ विन्दुले घटेको छ ।

समग्र परिसूचक घटे पनि अरुण कावेली पावरका लगानीकर्ताले ४ दशमलव ५५ प्रतिशत, मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले ४ दशमलव ३२, सिटी एक्सप्रेस फाइनान्स कम्पनीका लगानीकर्ताले ३ दशमलव १३, सिनर्जी पावरका लगानीकर्ताले २ दशमलव ९७ प्रतिशतले कमाएका छन् ।

तर, युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ४९, राधी विद्युत् कम्पनी ५ दशमलव ६१, मिर्मिरे लघुवित्त वित्तीय संस्था ३ दशमलव ६३, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३ दशमलव १२ प्रतिशतले गुमाएका छन् । यस दिन ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत शून्य दशमलव१२ विन्दुले घटेर २४३ दशमलव ३६ विन्दुमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्