मस्तिष्क कोष आजीवन बन्ने गरेको खुलासा



म्याड्रिड,(एजेन्सी)
मानव मस्तिष्क माथि गरिएको एक गहन अध्ययनले मानिसहरु आफ्नो जीवनकाल भरि ( कम्तिमा ९७ वर्ष को उमेरसम्म ) मस्तिष्कको नयाँ कोषहरु बनाउने गरेको तथ्य पत्ता लगाएको छ ।

यो विषय निकै विवादित रहँद ैआएको थियो । विगतमा हामीले संँधैभरि बोक्ने मस्तिष्क कोषहरु जन्मिँदै लिएर आएको हुनुपर्ने सोच्ने गर्दथ्यौं । युनिभर्सिटी अफ म्याड्रिडका अनुसनधानकर्ताहरुले उमेर चढ्दै जाादा मानिसका मस्तिष्कमा थुप्रै नयाँकोष बन्ने गरेको पत्ता लगाएका छन् ।

तर स्मरण शक्ति गुम्ने रोग अल्झिमेरको प्रारम्भिक चरण देखि नै मस्तिष्कमा नयाँ कोष बन्ने प्रmित्रया नाटकिय ढंगले कम हुन थाल्छ । बिद्युतिय संकेतहरु पठाउने अधिकांश हाम्रो मस्तिष्क कोष अर्थात न्युरोनहरु वास्तवमा हामीले जन्मिँद ैबोकेर आएका हुन्छौं । अन्य स्तनधारी जीवहरुमा गरिएको अध्ययनले जीवनको उत्तरार्ध खण्डमा पनि नयाँ मस्तिष्क कोषहरु बन्ने गरेको पाइएका छन् ।

तर मानव मस्तिष्कमा ‘ न्युरोजेनेसिस ’ को विस्तार अझै पनि विवादको विाय नै रहेको छ । ४३ देखि ९७ वर्षको उमेरमा मरेका मानिसहरुको मस्तिष्कमा गरिएको अध्ययन ‘ नेचर मेडिसिन ’ प्रकासित गरिएको हो । अनुसन्धान मरण शक्ति र भावनासंग सम्बन्धित मस्तिष्कको एक भाग हिप्पोक्याम्पुसमा केन्दि«त गरिएको हो । यसै भागले तपाईंले कुन चिज आफुले कहाँ राखेँ भन्ने सम्झाउने गर्दछ ।

न्यरोनहरु मस्तिष्कमा पूर्णत विकसित अवस्थामा देखा पर्दैनन् । तिनीहरु हुर्कने र परिपक्व हुने प्रक्रिया रहन्छन् । त्यसेले पनि अनुसनधानकर्ताहरुले मस्तिष्कमा सजिलैसंग नयाँ तथा अपरिपक्व न्येरोनहरु पहिचान गर्न सक्छन् ।
अनुसन्धानकर्ता डाक्टर मारिया लोरेन्स – मार्टिनले मानिसले नयाँ कुराहरु सिक्ने इच्छा गरुन्जेल नयाा न्युरोनहरु बन्ने विशवास गरिएको विविसि न्युजलाई बताएकीछिन् । उनले अल्झिमेर जस्तो रोगको शुरुवातमै न्युरोनको संख्यामा ३० प्रतिशत सम्म कमि आउने पनि बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्